Followers

5. यौन दुर्ब्यबहार र सम्बन्धित कानुनको बारेमा चर्चा BY © डा. सूर्य पराजुली


परिचय 
यौन मानवजीवनको आवश्यकता हो । यौनविनाको संसारको परिकल्पना गर्न सकिन्न ।          वंश निरन्तरता र आपसी प्रेमलाई गाढा बनाउने काम यौनले गर्दछ । इच्छाविपरीत गरिएको यौन सम्पर्क बलात्कार हो । आज हामी यौन दुर्ब्यबहार र सम्बन्धित कानुनको बारेमा चर्चा गर्दैछौं । 

यौन दुर्ब्यबहारका प्रकारहरु
क)  प्राकृतिक यौन दुर्ब्यबहार
यसअन्तर्गत जबर्जस्ती करणी (Rape), हाडनाता करणी (Incest) र अडल्ट्री आदि पर्दछन् । 
ख)    अप्राकृतिक यौन दुर्ब्यबहार
यसअन्तर्गत सोडोमी, बेस्टियालिटी, बकल कोइट,लेस्बियानिजम आदि पर्दछन् ।
ग)    चरम् अप्राकृतिक यौन दुर्ब्यबहार
यसअन्तर्गत फेटिसिजम ,ट्रान्सभेस्टिजम, सेक्सुअल स्याडिजम, एक्जीविसोनिजम, पेडोफिलिया आदि पर्दछन् ।
घ)  अन्य
नेक्रोफिलिया र नेक्रोफयाजिया आदि पर्दछन् ।

हामीले माथि सामान्यतः यौन दुर्ब्यबहारका प्रकारका बारेमा जानकारी प्रस्तुत गर्यौ

अब हामी केही यौन दुर्ब्यबहारलाई अझ प्रष्ट पार्ने कोशिस गर्छौ  

जबर्जस्ती करणी (Rape)
रेपलाई साधारण भाषामा भन्दा नियमकानुनबाहिर गएर पुरुष र महिलाबीचमा हुने यौन सम्बन्ध भन्न सकिन्छ । रेपका लागि निम्न अवस्था हुनुपर्दछ । 
क)महिलाको स्वीकृति (consent) विना,
ख)महिलाको इच्छा (will) विना,
ग) महिलाको स्वीकृति र इच्छा भए वा नभए पनि उमेर १६ वर्षभन्दा कम भएमा
घ) डर, धम्की देखाएर गरिने यौन सम्पर्क ,
ङ) झुक्याएर वा ललाइ फकाइ गरेर
नेपालको मुलुकी ऐनको जबर्जस्ती करणीको महल अनुसार निम्न कानुनी सजाय रहेको छ ।
नं १  १६ वर्षभन्दा कम उमेरकी महिला केटी, विधवा या विवाहित भई मन्जुरीनामा दिए पनि या नदिए पनि, १६ वर्षभन्दा माथि उमेर भएर मन्जुरीनामा नदिएमा या डर, धम्की र जबर्जस्ती मन्जुर गराएमा ।
नं ३   यदि पीडित महिला १० वर्षभन्दा कम भएमा पीडकलाई १०१५ वर्षसम्मको जेल सजाय हुनेछ ।पीडित महिला १०१६ वर्षभित्रको उमेर समूहमा भएमा पीडकलाई ७१० वर्षसम्मको जेल सजायको व्यवस्था छ ।१६ वर्षभन्दा माथि भएमा ५७ वर्षसम्म जेल सजायको व्यवस्था छ ।
नं ३ (क)   समूहगत रुपमा, गर्भवती महिला, अशक्त महिलालाई रेप गरिएमा थप ५ वर्ष जेल सजाय उमेरअनुसार नं ३ बमोजिम हुने व्यवस्था छ ।
नं ५  बलात्कारको प्रयास हुदा करणी नभए पनि माथि उल्लेखित धाराहरुअनुसार आधा सजाय हुने व्यवस्था छ ।

हाडनाता करणी (Incest)
पुरुष र महिलाबीच हुने प्राकृतिक यौन सम्बन्ध, जसमा कानुनी रुपमा वैवाहिक सम्बन्ध रहँदैन । हाडनाता करणी निम्न प्रकारका छन्
क) बाबु र छोरीबीचको यौनसम्बन्ध, जसलाई इलेक्ट्रा कम्प्लेक्स भनिन्छ ।
ख) आमा र छोराबीचको यौनसम्बन्ध, जसलाई ओइडिपस कम्प्लेक्स भनिन्छ ।
ग) दाजु र बहिनीबीचको यौनसम्बन्धलाई प्यारोनिक इनसेस्ट भनिन्छ ।
नेपालको मुलुकी ऐनको हाडनाता करणी गर्नेको महलअनुसार निम्न कानुनी सजाय छ ।
नं  आमासँग यौन सम्बन्ध राखेमा आजीवन जेल सजाय हुनेछ भने छोरी वा बहिनीसँग यौन सम्बन्ध राखेमा १० वर्ष जेल सजाय हुने व्यवस्था गरिएको पाइन्छ ।
नं सातौं पुस्तासम्म रगतको सम्बन्ध रहेमा २ देखि ६ वर्षसम्मको जेल सजाय रहने व्यवस्था गरिएको पाइन्छ ।
नं१० तर यस धारामा साँस्कृतिक तथा जातीय चालचलनअनुसार गरिएको विवाहमा सजाय नहुने व्यवस्था छ ।

अडल्ट्री (Adultery)
श्रीमान् र श्रीमतीबाहेक अरुसँग राखिने यौन सम्बन्ध अडल्ट्री हो । नेपालमा यसलाई अवैध मानिन्छ । कतिपय देशमा यसलाई सामान्य र सहज मानिन्छ । यसमा विवाहित पुरुषले अरुको श्रीमतीसँग यौन सम्बन्ध राख्ने गरेको पाइन्छ । हिजोआज हाम्रो देशमा पनि अडल्ट्रीको संख्या बढ्दै गएको पाइन्छ । यो एउटा बहसको विषय बनेको छ ।

 सोडोमी (Sodomy)
यो अप्राकृतिक यौन दुर्ब्यबहार हो । यसमा प्राकृतिक रुपमा गरिने लिङ्गयोनी मैथुनभन्दा बेग्लै लिङ्गगुदद्वार मैथुन पुरुषपुरुषबीचमा गरिन्छ ।पुरुष र महिलाबीचमा यस प्रकारको यौन सम्पर्क भएमा यसलाई बुगरी (Buggery) भनिन्छ । कहिले बालबालिकाको प्रयोग भएमा यसलाई पेडेट्यास्टी(Pediastry) भन्ने गरेको पाइन्छ ।

लेस्बियानिजम(Leishbianism)
यो एक अप्राकृतिक यौन सम्पर्क हो, जसमा महिलामहिलाबीचमा यौन दुर्ब्यबहार हुने गर्दछ । जस्तो, संयुक्त रुपमा हस्तमैथुन गरिनु, निस्क्रिय (Passive) र सक्रिय (Active) सदस्य भई यौन आनन्द प्राप्त गर्नु । भङ्गाकुरको घर्षण, औंलाको प्रयोग, जिब्रोको प्रयोग तथा सेक्स टोएजहरुको प्रयोग आदि ।

बेस्टियालिटी (Bestiality)
यो एक प्रकारको अप्राकृतिक यौन सम्पर्क हो । यसमा जनावरहरुसँग यौन सम्पर्क राखिन्छ । जस्तो बाख्रा, भेडा, गाई, कुकुर आदि ।नेपालको मुलुकी ऐन पशु करणीको महलअनुसार निम्नानुसार दण्ड सजायको व्यवस्था रहेको पाइन्छ ।
नं  कसैलाई पनि जनावरहरुसँग यौन सम्पर्क गर्न र गराउन पाउने अधिकार छैन ।
नं गाईसँग करणी गरेमा २ वर्ष जेल सजाय तथा अन्य जनावरणसँग करणी गरेमा १ वर्ष जेल सजाय वा ५०० रुपैयाँ असुलउपर गरिने व्यवस्था छ ।
नं कुनै महिलाले जनावरबाट यौन सम्पर्क गराएमा १ वर्ष जेल सजाय वा ५०० रुपैयाँ असुलउपर गरिने व्यवस्था छ ।

ट्रान्सभेस्टिजम (Transvestism)
यो एक प्रकारको यौन उत्साहित हुने तरिका हो, जसमा मानिसले आफुभन्दा भिन्न लिङ्गले लगाउने कपडाहरुको प्रयोग गर्दछन् । जस्तो महिलाका कपडा पुरुषले, पुरुषका कपडा महिलाले, तर यसमा अहिले आधुनिक रुपमा प्रयोग गरिने कपडा भने पर्दैनन् । यो एक मानसिक यौन विकृति हो ।

एक्जिबिसोनिजम(Exhibitionism)
यो एक मानसिक यौन विकृति हो, जसमा व्यक्तिले बारम्बार आनो यौन अङ्ग नचिनेका, नजानेका व्यक्तिहरुलाई देखाउने गर्दछन् । कहिलेकाहीँ बाटोमा हिँड्दा यस्ता मानिसहरुको अनुभव तपाईंले पनि गर्नुभएको हुन सक्दछ । 

 भोइरिजम(Voyeurism)  
यो पनि एक प्रकारको मानसिक यौन विकृति हो, जसमा व्यक्तिले बारम्बार अरुले नुहाएको, लुगा फेरेको, यौन सम्पर्क राखेको लुकेर हेर्ने गर्दछन् । पुरुष भएमा यसलाई पिपिङ टोम भनिन्छ भने महिला भएमा यसलाई पिपिङ डोरा भनिन्छ । 

नेक्रोफिलिया(Necrophilia)
यो अत्यन्तै कडा प्रकारको मानसिक यौन विकृति हो, जसमा बिरामीले मरेको मान्छेसँग यौन सम्पर्क राखी इच्छा पूरा गर्ने गरेको पाइन्छ । 

नेक्रोफयागिया (Necrophagia)
यो पनि अत्यन्तै कडा प्रकारको मानसिक यौन विकृति हो, जसमा बिरामीले मरेको मानिसको यौनाङ्ग निकालेर खाने गर्दछ, जसबाट यौन सन्तुष्टि प्राप्त गर्दछ ।

सारांश
माथिका विभिन्न मानसिक यौन विकृतिहरु, यौन दुर्ब्यबहारहरु हाम्रो सामाजमा पाइन्छ ।
तपाईं हामीले सुनेका, भोगेका यस्ता समस्यालाई मनोवैज्ञानिक, सामाजिक, शारीरिक रुपमा सबै मिलेर समाधान गर्न सक्दछौं ।
नयाँ नेपाल यी र यस्ता समस्याबाट मुक्त होस्, हाम्रो शुभकामना ।

1 comment: