Followers

8. What is Hepatitis ? हेपाटाइटिस: नयाँ नेपालको बहस भइरहेको बेलामा हेपाटाइटिसमुक्त स्वस्थ्य नेपाल बनाउन पनि आजैबाट आवाज बुलन्द गरौं ।_© Dr. Surya Parajuli



पृष्ठभूमिः
आज विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले विश्व हेपाइटाइटिस दिवस मनाइरहेको छ । नेपाल पनि हेपाटाइटिसको उच्च जोखिममा रहेको देश हो । हिजोआज यसको संक्रमण पनि ह्वात्तै बढेको छ ।विश्व स्वास्थ्य संगठन स्वास्थ्य क्षेत्रको सर्वाधिकार सम्पन्न निकाय हो, जसले स्वास्थ्यका विविध नीतिनियम बनाउने,कार्यान्वयन गर्ने र मूल्याङ्कन गर्ने गर्दछ । एड्सको बारेमा काम गर्ने संघसंस्था धेरै छन् र जनचेतनामूलक कार्यक्रमहरु  धेरै गरिएका छन् तर हेपाटाइटिसको सन्दर्भमा त्यति धेरै चासो लिइएको पाइँदैन ।सरकारी संयन्त्र पनि एचआईभी÷एड्सका बारेमा जति लागेको छ, त्यति नै हेपाटाइटिसको बारेमा लाग्नुपर्ने देखिन्छ । सन् २०११ मा पहिलोपल्ट विश्व स्वास्थ्य संगठनले आजकै दिन यो दिवस मनाएको थियो । हुन त त्यसअघि पनि नागरिक समाज र विभिन्न संघसंस्थाले यो दिवस मनाउँदै आएका थिए । ढिलै भए पनि विश्व स्वास्थ्य संगठनले महसुस गर्नु राम्रो संकेत हो । विश्वभरि नै हेपाटाइटिसको संक्रमण बढ्दै छ । यसका लागि विभिन्न देशका सरकारहरु,राष्ट्रियअन्तर्राष्ट्रिय संघसंस्थाहरु, नागरिक समाज, व्यापारी प्रतिष्ठान र स्वयं व्यक्ति पनि सचेत भएर सहकार्य गर्नु जरुरी भइसकेको छ ।
आजको दिनः
हेपाटाइटिस बी पत्ता लगाउने प्रोफेसर बारुच ब्लम वर्गको जन्म दिन सम्झनामा २८ जुलाईलाई हेपाटाइटिस दिवसको रुपमा मनाइएको छ । सन् २०१२ को नारा Its Closer than you think अर्थात् तपाईंको सोचभन्दा यो नजिक छ रहेको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार यो नाराका विभिन्न अर्थ हुन सक्छन् । जुनसुकै ठाउँका व्यक्तिले हेपाटाइटिसबारे सोच्नुपर्दछ किनभने यो जुनसुकै व्यक्तिमा जुनसुकै बेला सर्न सक्छ ।सर्तकता अपनाउनुपर्दछ किनभने जुनसुकै तरिकाबाट यसले तपाईंलाई आक्रमण गर्न सक्दछ । यो रोग लाग्नेबित्तिकै यसका बाहिरी लक्षण र चिह्नहरु देखिनु जरुरी छैन । त्यसैले रोग पत्ता लगाउन विभिन्न जाँचपड्ताल गर्नुपर्दछ । धेरैभन्दा धेरै जनचेतनामूलक कार्यक्रम गरेर हेपाटाइटिससम्बन्धी अन्धविश्वासलाई हटाउनुपर्दछ ।हेपाटाइटिससम्बन्धी भेला, गोष्ठी, ¥याली आदिमा धेरैभन्दा धेरैलाई सहभागी गराएर उनीहरुलाई हेपाटाइटिसबारे प्रयोगात्मक प्राविधिक ज्ञान दिनुपर्दछ । हेपाटाइटिस प्राणघातक हुन सक्दछ । यसले कुनै लक्षणविना प्रत्येक १२ मानिसमा एकलाई संक्रमण गरेको तथ्याङ्क छ । संसारभरमा करिब ५ करोड व्यक्तिलाई यसको संक्रमण भएको देखिन्छ । हेपाटाइटिस जुनसुकै उमेर, जात, समूह, पेशाका व्यक्तिलाई हुन सक्दछ ।
परिचय
मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रुपमा हेपाटाइटिस भाइरस ए.बी, सी, डी र ई पर्दछन् । संसारमा १४ लाख व्यक्तिलाई प्रत्येक वर्ष हेपाटाइटिस ले आक्रमण गर्दछ भने २ करोड हेपाटाइटिस बी को शिकार भएको पाइन्छ । हेपाटाइटिस सी ले भने १५ करोडलाई आक्रमण गरिसकेको छ । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।
हेपाटाइटिस ए र ई
दिसाको माध्यमबाट सर्ने यस रोगले विद्यालय जाने बालबालिका, जवान, वृद्धवृद्धा सबैलाई आक्रमण गरेको पाइन्छ । यी दुई महामारीमूलक हेपाटाइटिस गर्मी मौसममा बढी देखिन्छन् । ढलनलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव, अशुद्ध खाना, स्वास्थ्य चेतनाको अभाव आदि यसका प्रमुख कारण हुन् । शरीरमा हेपाटाइटिस ए विषाणु प्रवेश गरेको २४ हप्तामा र हेपाटाइटिस ई विषाणु प्रवेश गरेको २८ हप्तामा जन्डिसलगायतका लक्षण तथा चिह्नहरुदेखिन थाल्दछ । सरसफाइ राम्रो नभएको विकासोन्मुख देशका ९० प्रतिशत बालबालिका दश वर्षको उमेर नपुग्दै संक्रमित भएको पाइन्छ ।
लक्षणहरु तथा चिह्नहरु
पहिलो अवस्था (१ देखि २ हप्ता)ः खानामा रुचि घट्दै जानु, वाकवाकी लाग्न थाल्नु, ज्वरो आउनु, दिसा तारन्तार हुनु,पेटको दायाँ कोखा दुख्नु आदि पर्दछन् । दोस्रो अवस्थाः पहिलो अवस्था देखिएको एक हप्तापछि यो अवस्था देखिएको पाइन्छ ।यसका प्रमुख लक्षणमा दिसा तथा पिसाबमा पहेंलोपना, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेंलोपना बढ्दै जान्छ ।तेस्रो अवस्थाः दोस्रो अवस्थाका लक्षणहरु हराएर जान्छन्, बिरामी कमजोर हुन्छ तर सन्चो महसुस गर्दछ ।
उपचार तथा सजगता
बिरामीले प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खानुपर्छ, बिरामीलाई आराम अत्यन्तै आवश्यक हुन्छ, जथाभावी जडीबुटी तथा एलोपेथीका औषधिले ज्यान जानसक्छ किनकि कमजोर कलेजो थप कमजोर भई काम गर्न नसक्ने हुन सक्दछ । तपार्इंहरुलाई यो अवगत नै छ कि हामीले प्रयोग गर्ने प्रायः औषधिहरु कलोजोको माध्यमबाट पच्ने हुन्छ । व्यक्तिगत शुद्धता र सरसफाइ विशेष गरी खाना खानुअघि र खाना खाएपछि साबुनपानीले राम्ररी हात धुनुपर्दछ । उमालेर र जीवाणुनाशक औषधि प्रयोग गरेर पानी खानुपर्दछ । राम्ररी पकाएको खानेकुरा खानुपर्दछ । बिरामीले प्रयोग गरेका कपडाहरु राम्ररी घाममा सुकाएरमात्र प्रयोग गर्नुपर्दछ । सबैले चर्पीमा दिसापिसाब गर्ने बानी बसाल्ने र बालबच्चाको दिसा पनि चर्पीमा विसर्जन गर्ने गर्नुपर्दछ । घरवरिपरिको ढल निकासलाई व्यवस्थित पार्दै जानुपर्दछ । बिरामी शिथिल हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा लानुपर्दछ । गाउँघरमा जन्डिस झार्ने भनेर टाउकोमा काँसको बटुका राखी अण्डा घोलेर मन्त्र पढेजस्तो गर्ने अनि घोलिएको अण्डा देखाएर जन्डिस झ¥यो भन्ने कुसँस्कार एकदमै गलत हो ।
हेपाटाइटिस बी
हेपाटाइटिस बी भाइरसले कलेजोमा संक्रमण गर्दछ । संसारभर करिब २ करोड जनसंख्यालाई यसले आक्रमण गरिसकेको छ भने यसका विभिन्न असरबाट प्रत्येक वर्ष ६ लाखले ज्यान गुमाइरहेको विकराल अवस्था छ । एउटा मननयोग्य कुरा के छ भने एचआईभीभन्दा ५० देखि सय गुणा बढी खतरनाक यो भाइरसको संक्रमण सुरक्षित व्यवहार, सचेतना र भ्याक्सीनबाट रोक्न सकिन्छ । संक्रमित व्यक्तिको रगत तथा रगतजन्य पदार्थ ग्रहण गर्दा, असुरक्षित यौन सम्पर्कको माध्यमबाट अङ्गग प्रत्यारोपण गर्दा, आमाबाट बच्चा जन्मँदा, लागूऔषधको लागि सुईको असुरक्षित प्रयोग आदिबाट यो सर्दछ । स्वास्थ्यकर्मीहरु जस्तैः सर्जन, ल्याबमा काम गर्ने व्यक्तिहरु उच्च जोखिममा पर्दछन् । खाना तथा पानीको माध्यमबाट हेपाटाइटिस बी सरेको पाइएको छैन । शरीरमा विषाणु पसेको करिब ३० देखि १ सय ८० दिनमा यसले लक्षण तथा चिह्नहरु देखाउन थाल्दछ ।
लक्षण तथा चिह्नहरु
प्रायः व्यक्तिमा पहिलो चरणमा कुनै लक्षण तथा चिह्नहरु देखिँदैन । कसैकसैले जन्डिस, वाकवाकी लाग्ने, खाना मन नलाग्ने, पेट दुख्ने, उल्टी गर्ने आदि लक्षणहरु देखाउँछन् तर केही व्यक्तिमा भने दीर्घ रुपमा कलेजोको संक्रमण भई कलेजोको सिरोशिस तथा क्यान्सर हुन्छ । मुख्यतः ९० प्रतिशत दीर्घ संक्रमण चाहिँ नवजात शिशुमा देखिएको छ । हेपाटाइटिस बी बाट संक्रमित ९० प्रतिशत स्वस्थ्य जवान व्यक्ति छ महिनामा आपैंm निको हुन्छ ।
उपचार
हेपाटाइटिस बी को उपचार यही हो भनेर भन्न नसकिए पनि पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थ्यकर आनीबानी अपनाउनुपर्दछ । हेपाटाइटिस बी बाट संक्रमित दीर्घरोगीहरुलाई इन्टरफेरोन, एन्टीभाइरल औषधिहरु प्रयोग गरिन्छ । अल्पविकसित देशहरुमा यो रोग पत्ता लाग्दा कलेजोको क्यान्सर भइसकेको पाइन्छ, जसले गर्दा रोग पहिचान गरेको केही महिनामै बिरामीको मृत्यु हुने गर्दछ । विकसित देशहरुमा अप्रेशन तथा केमोथेरापीबाट केही वर्ष बढी बाँच्न सक्ने उपचारहरु गरिन्छ । कहिलेकाहीँ कलेजो प्रत्यारोपणबाट नयाँ जीवन प्राप्त गर्न पनि सकिन्छ ।
सजगता
हेपाटाइटिस बी को भ्याक्सिन प्रयोग गर्नु उपयुक्त हुन्छ । हिजोआज नेपाल सरकारले आप्mनो खोप कार्यक्रममै यो भ्याक्सिन समावेश गरेको छ । सन् १९८२ देखि १ करोडभन्दा बढी हेपाटाइटिस बी भ्याक्सिन प्रयोग भइसकेको पाइन्छ ।
हेपाटाइटिस सी
झन्डैझन्डै हेपाटाइटिस बी को जस्तै अवस्था देखाउँदछ । यो संक्रमण सामान्यभन्दा अत्यन्तै खतरनाक हुन्छ । करिब १ करोड मानिस हेपाटाइटिस सी को शिकार भइसकेका छन् भने ३ लाख ५० हजार प्रत्येक वर्ष मर्ने गर्दछन् यसको रोकथामको लागि अहिले कुनै भ्याक्सिन प्रयोग नभए पनि यसको उपचार सम्भव छ । रगत तथा रगतजन्य पदार्थको प्रयोग, अङ्ग प्रत्यारोपण र सुईमार्पmत् लागूऔषध प्रयोगबाट तथा जन्मिको क्रममा आमाबाट बच्चामायो भाइरस सर्न सक्दछ । यो खाना तथापानीबाट सर्दैन ।
लक्षण तथा चिह्नहरु
शरीरमा विषाणु प्रवेश गरेको करिब २ हप्तादेखि ६ महिनामा लक्षणहरु देखिन्छन् ।करिब ८० प्रतिशतमा भने लक्षणहरु नै देखिँदैनन् । जस्तोः ज्वरो आउनु, थकान महसुस हुनु, खान मन नलाग्नु, वाकवाक लाग्नु, उल्टी हुनु, पेट दुख्नु, गाढा रङ्गको पिसाब हुनु, खैरो रङ्गको दिसा हुनु, जोर्नी दुख्नु र जन्डिस देखिनु आदि पर्दछन् ।
उपचार तथा सजकता
सबै हेपाटाइटिस सी को उपचार नचाहिन पनि सक्दछ । इन्टरफेरोन र रिवाभिरिन नामक एन्टीभाइरल ओषधिको प्रयोग गरिन्छ । नयाँ औषधि टेलाप्रिभिर र बोसीप्रभिर आदि प्रयोग हुन थालेका छन् तर सबैको उपचार सम्भव नहुन सक्दछ किनकि यी औषधिहरु सहजै र सहजै प्राप्त गर्न कठिन हुन्छ भने कतिपय अवस्थामा विरामीमा प्रयोग गर्न सकिन्न । यसको आप्mनो भ्याक्सिन नभएकोले सचेतना अपनाउनुपर्दछ । आवश्यकताविना र असुरक्षित रुपमा सुई प्रयोग गर्नु हुँदैन । हेपाटाइटिस सी जन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्दछ । लागूऔषध प्रयोग त्याग्नुपर्दछ । असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन । असुरक्षित रगत तथा रगतजन्य पदार्थहरुको प्रयोग गर्नु हुँदैन । ट्याटु खोप्ने,एक्युपन्चर, नाककान छेंड्नेमा विशेष ध्यान पु¥याउनुपर्दछ ।
नेपाल
नेपालको सन्दर्भमा कुरा गर्दा सरकारी तवरबाट हेपाटाइटिस सम्बन्धमा गरिएका खोजअनुसन्धान न्यून छन् । आवश्यक जनचेतनामूलक कार्यक्रम पनि कम छन् । हेपाटाइटिसको संक्रमण बढ्दो क्रममा रहेको कलेजो रोग विशेषज्ञ डाक्टर एके सिंह बताउनुहुन्छ । हेपाटाइटिस बि को खोप हान्ने नाममा ठगीका घटनाहरु पनि भएका छन् ।यसको उचित तरिका र मात्राको जानकारी आवश्यक देखिन्छ । हुन त नेपाल सरकारले आप्mनो खोप कार्यक्रममा हेपाटाइटिस बी लाई राखेर सराहनीय काम गरेको छ तर अभैm अपुग छ ।
सारांश
आज विश्व हेपाटाइटिस दिवसको दिन तपाईंहामी सबै मिलेर स्वस्थ्य नेपाल बनाउन कम्मर कसौं । सरकारी, गैरसरकारी संस्था, सहकारी, क्लब, विद्यालय, क्याम्पस, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति सबै मिलेर अघि बढ्नैपर्दछ । नयाँ नेपालको बहस भइरहेको बेलामा हेपाटाइटिसमुक्त स्वस्थ्य नेपाल बनाउन पनि आजैबाट आवाज बुलन्द गरौं ।
धन्यवाद

सन्दर्भः विश्व हेपाटाइटिस दिवस
२८ जुलाई २०१२ शनिबार