एक
दिन कामविशेषले
एक शहर
नजिकैको गाउँ
गएको थिएँ
। चिया
पसलमा चिया
पिउन एकैछिन
रोकिएको थिएँ
। त्यहाँ
मैले २०–२२ वर्ष
जस्ती देखिने
एक गर्भवती
महिलालाई देखें
। गर्भवती
महिलाहरु भेटिनु
खासै नौलो
कुरा होइन
तर उनको
अनुहारमा नीलडामहरु
देखिनु भनेको
अलिक नौलो
कुरा नै
थियो ।
म उहाँसँग
कुरा गर्न
थाले ।
उहाँको भनाइअनुसार
उहाँको पाठेघरमा
रहेको बच्चा
८ महिना
पुगिसकेछ ।
अनुहारमा रहेका
नीलडामहरु श्रीमानको
कुटाइबाट भएको
रहेछ ।
उहाँको श्रीमान
सधैं रक्सी
पिएर कुट्ने
गर्दा रहेछन्
। एकदिन
त आफ्नो पुरुषार्थ
श्रीमतीको पेटमा
लात बजारेर
पनि देखाएका
रहेछन् ।
अझैँ उहाँसँग
थप कुराहरु
गर्न थालें। ‘हजुर
यो मेरो
दोलो बच्चा
हो, यसअघि
पनि बच्चा
तुहिएर खेर
गएको थियो
। घरमा
पोषिला खानेकुरा
केही छैनन्
। मैले
आजसम्म स्वास्थ्य
संस्था जाने,
औषधी खाने
गरेकै छैन
।’ यी
कुराहरुले मलाई
मर्माहत बनायो
।
परिचय
गर्भावस्था
एक विशेष
स्वास्थ्य अवस्था
हो, जुन
बेला गर्भवती
महिलालाई अरु
बेलाभन्दा एकदमै
स्याहारको खाँचो
पर्दछ ।
यो अवस्थामा
हुने हेल्चेक्राइँले आमा
र बच्चा
दुवैको ज्यान
जोखिममा पार्ने
गर्दछ ।
गर्भवती अवस्थामा
स्वस्थ्य रहनु,
सुरक्षित बानी–
व्यवहार अपनाउनु,
स्वस्थ आहार–
बिहार गर्नु,
स्वस्थ शिशु
जन्माउनुका लागि
यस विशेष
अवस्थामा परिवारको
हर–हमेशा
स्याहार चाहिने
गर्दछ ।
नियमित
शारीरिक सम्पर्क
हुने महिलाको
नियमित महिनाबारी
रोकिने, बिहान–बिहान वाक्–वाक् लाग्ने,
बान्ता हुने,
छिटो छिटो
पिसाब लाग्ने,
स्तनको आकार
बढ्दै जाने,
अमिलो–पीरो
बढी खान
मन लाग्ने
लक्षणहरु गर्भ
रहेको लक्षणहरु
हुन् ।
पिसाब तथा
रगतमा गर्भावस्था
जाँच गरेर
गर्भ रहेको
प्रमाणित गर्न
सकिन्छ ।
पछिल्ला दिनमा
अल्ट्रासाउण्डको मद्दत
पनि लिन
सकिन्छ ।
नियमित परीक्षण
एउटी
महिलाले गर्भ
रहेदेखि बच्चा
नपाएसम्म कम्तिमा
४ पटक
नजिकको स्वास्थ्य
संस्थामा गएर
स्वास्थ्य जाँच
गराउनु पर्दछ
। जाँच
गराउँदा गर्भवती
महिलाको स्वास्थ्यको
अवस्था र
पाठेघरमा हुर्कंदै
गरेको शिशुको
अवस्था बारेमा
जानकारी प्राप्त
हुने गर्दछ
। कम्तिमा
चारपटक गर्भावस्थाको
जाँच गराउनै
पर्दछ ।
पहिलोपटक गर्भवती
भएको शंका
लाग्नेबित्तिकै, दोस्रोपटक
गर्भवती भएको
५ देखि
७ महिनामा,
तेस्रोपटक गर्भवती
भएको ८
महिनामा र
अन्तिमपटक गर्भवती
भएको ९
महिनाभित्र स्वास्थ्य
परीक्षण गराउनै
पर्दछ ।
नियमित परीक्षणसँगै
फोलिक एसिड
नामक औषधीको
सेवन गर्ने,
धनुष्टङ्कार विरुद्धमा
लगाइने टिटानस
टक्सोइडको सुई
लगाउने, आइरन,
क्याल्सियम लगायतका
औषधीहरु नियमितरुपमा
खाने गर्नु
पर्दछ ।
आइरन, क्याल्सियम
औषधीहरु सुत्केरी
भएको ६
हप्तासम्म नियमित
सेवन गर्नु
पर्दछ ।
गर्भवती भएको
३ महिना
पूरा भएपछि
एक चोटी
जुकाको औषधी
पनि प्रयोग
गर्नु पर्दछ
। आवश्यकताअनुसार अल्ट्रासाउण्ड
परीक्षण, जसले
तपाईको पाठेघरमा
बढ्दै गएको
शिशुको अवस्था,
वृद्धि विकास,
पाठेघरमा रहने
पानीको अवस्था
आदि बारेमा
थाहा दिने
गर्दछ ।
आवश्यकताअनुसार रगतको
ग्रुप, हेमोग्लोविन,
रगतमा चिनीको
मात्रा, पिसाबको
परीक्षण, उच्च
रक्तचापको जाँच
आदि पनि
गरिन्छ ।
नेपालको अवस्था
नेपालको
अन्तरिम राष्ट्रिय
योजना (सन्
२००७–१०)
अनुसार प्रति
लाख महिलामा
२ सय
२९ जनाको
मृत्यु हुने
तथ्याङ्क छ
। केही
समयअघि दशौं
पञ्चवर्षीय योजनासम्म
यो २
सय ८१
रहेको थियो
। सन्
२०१५ को
सहस्राब्दि विकास
लक्ष्यको उद्देश्य
२१३ पु¥याउने लक्ष्य
उपलब्धिमूलक देखिन्छ
। यसैगरी
महिलाले आप्mनो जीवनकालमा
मुख्यतः १५–४९ वर्षभित्रमा
बच्चा जन्माउने
संख्या २
दशमलव ६
पुगेको छ,
जुन दशौं
राष्ट्रिय योजनामा
३ दशमलव
१ रहेको
थियो ।
यसो हेर्दा
महिलाले बच्चा
जन्माउने संख्या
घट्दै गएको
पाइन्छ, जुन
सकारात्मक सुधार
हो ।
प्रतिहजार जन्ममा
एक महिनाअगावै
मृत्यु हुने
शिशुको संख्या
दशौं योजनामा
३३ रहेकोमा
अन्तरिम योजनामा
२० पुग्नु
एकदमै सकारात्मक
उपलब्धि हो
। दक्ष
स्वास्थ्यकर्मीहरुबाट प्रसुती
गराउनेको संख्या
१९ प्रतिशतबाट
बढेर २९
प्रतिशत पुगेको
छ भनेत्रिवर्षीय
योजना (२०६७/६८– २०६९/७०) को
लक्ष्य ६०%
रहेको छ
। नेपाल
डेमोग्राफिक एण्ड
हेल्थसर्भे २०११
अनुसार ३६
प्रतिशत प्रसुती
दक्ष स्वास्थ्यकर्मीहरुबाट हुनु
सकारात्मक उपलब्धि
हो ।
दशौं योजनाको
अन्त्यसम्ममा ४
चोटी पूर्णरुपमा
गर्भावस्था जाँच
गराउनेको संख्या
केवल २९
दशमलव ४
प्रतिशत रहनु
र टी.टी. सुई
लगाउनेको संख्या
६३ प्रतिशत
हुनु दुःखद्
कुरा हो
।
बच्चा जन्म अवधि
अन्तिम
महिनाबारी भएको
पहिलो दिनबाट
९ महिना
७ दिन
जोडेर साधारणतया
बच्चा जन्मने
दिन अड्कल
गर्न सकिन्छ
। नेइगेली
सूत्रअनुसार ४
प्रतिशत जन्म
त्यही दिनमा,
५०% प्रतिशत
जन्म भए
हप्ता अगाडि
वा पछाडि,
८० प्रतिशत
२ हप्ता
अगाडि वा
हप्ता पछाडि
१० प्रतिशत
जन्म ४२
औं हप्तामा
र ४
प्रतिशत जन्म
४३ औं
हप्ता हुने
आँकलन गर्न
सकिन्छ ।
बच्चा जन्मदाको
न्यूनतम तौल
२ दशमलव
५ केजी
हो ।
साधारणतया शिशुको
जन्म तौल
२ दशमलव
५ केजीभन्दा
बढी नै
हुन्छ ।
गर्भावस्थामा हुनसक्ने खतराहरु
गर्भावस्थामा
साधारण शारीरिक
तथा मानसिक
परिवर्तन हुनु
स्वाभाविक नै
हो ।
साधारण गर्भमा
महिलाको तौल
११ किलोग्रामले
बढ्ने हुन्छ
। गर्भावस्थामा
हुने खतराका केही
लक्षणहरुमा आँखा
तिर्मिराएर धमिलो
देख्ने भएमा
वा हात
र मुख
सुन्निएमा, टाउको
साह्रै दुखेमा,
कडासित तल्लो
पेट दुखेमा,
हातखुट्टा अररो
भई काप
छुटेमावा मूर्छा
परेमा, योनीबाट अलिकति
पनि रगत
बगेमा आदि
हुन् ।
बच्चा जन्माउने
बेलामा देखा
पर्नसक्ने खतराका
लक्षणहरुमा ८
घण्टाभन्दा लामो
सुत्केरी व्यथा
लागेमा, पहिले
हातखुट्टा वा
नाल निस्केमा,
हातखुट्टा अररो
भई काँप
छुटेमा वा
मूर्छा परेमा,
बच्चा जन्माउनुअघि
अथवा बच्चा
जन्मिसकेपछि पनि
धेरै रगत
बगेमा आदि
हुन् ।
सुत्केरी अवस्थामा
देखिने खतराका
लक्षणहरुमा ज्वरो
आउने, योनीबाट
गन्हाउने पानी
बग्ने वा
तल्लो पेट(पाठेघर) दुख्ने,
धेरै रगत
बग्ने, टाउको
साह्रै दुख्ने,
हातखुट्टा अररो
भई मूर्छा
पर्ने आदि
हुन् ।
यस्ता खतराका
चिह्नहरु देखिनेबित्तिकै स्वास्थ्य
संस्थामा गई
स्वास्थ्य परीक्षण
गराउनै पर्दछ
।
गर्भावस्थामा गर्नुपर्ने केही तयारीहरु
स्वास्थ्य
संस्थामा गई
न्यूनतम् ४
वा सोभन्दा
बढी जँचाउनै
पर्दछ ।
जुकाको औषधी
खाने, टिटी
लगाउने, आइरन,
क्याल्सियम चक्की
खाने गर्नुपर्दछ
। गर्भावस्थामा
नियमितरुपमा पोषिला
खानेकुराखानु पर्दछ
भने चुरोट,
जाँडरक्सी तथा
जथाभावी औषधीको
सेवन गर्नु
हुँदैन ।
मुख, हातखुट्टा,
नङ, गुप्ताङ्गलगायत सम्पूर्ण
शरीरसरसफाइ गर्नु
पर्दछ । गर्भावस्थामामहिलाले बढी
आराम गर्नु
पर्दछ ।
गर्भावस्थामा गह्रौं
सामानहरु बोक्ने
गर्नुहुँदैन ।
गर्भावस्थामा सकारात्मक
सोच्नु नितान्त
आवश्यक छ
। आफुलाई पायक
पर्ने स्वास्थ्य
संस्थाको छनोट
र पैसाको
जोहो गर्न
पनि बिर्सनु
हुँदैन ।
गर्भावस्था र यौन सम्पर्क
पहिलो र अन्तिम तिन महिनामा यौन सम्पर्क राख्न हुदैन, दोश्रो तिन महिनामा भने राख्न सकिने भनेर बिज्ञहरुको सुझाव छ तर पनि ख्याल राख्नु जरुरि छ. चिकित्सकको राय लिनु आवश्यक छ /
उपसंहार
नेपालको स्वास्थ्यसम्बन्धी सूचकहरुमा सकारात्मक परिवर्तन देखिनु आपैंmमा राम्रो हो । हिजोआज स्वास्थ्य संस्थामा प्रसुती गराउनेको संख्या बढ्नु राम्रो कुरा हो । कुनै पनि ठाउँ, देशको मातृ मृत्युदर, नवजात शिशु मृत्युदरले त्यहाँको स्वास्थ्यस्थितिको अवस्था जनाउँछ । यी तथ्याङ्क दर कम हुनु भनेको स्वास्थ्यको विकास हुनु हो । विभिन्न नीति नियमहरुबाट स्वास्थ्य संस्थामा प्रसुती गराउनेको संख्या बढ्नु सकारात्मक हो । तर अभै पनि महिला परिवारको अरु सामाजिक, शैक्षिक, आर्थिक, न्यायिक पक्षमा वकालत हुनु जरुरी छ । हैन भने मैले यात्रामा भेटेको शहरछेउकै गाउँको युवतीको वास्तविकता नबनोस् । नेपालमा मातृ मृत्युदर घटाउन तपाई–हामी सबै मिलेरअघि बढ्न हातेमालो गरौं ।