Followers

50. WHAT IS CONSTIPATION ( कब्जियत के हो ? ) बच्न यसो गर्नुहोस !!! BY DR. SURYA B. PARAJULI, NEPAL


© डा. सूर्य पराजुली               
 वी. पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान, नेपाल
    



परिचय
समयमै दिसा नहुनु वा दिसा हुँदा गाह्रो हुनु कडा प्रकारको दिसा आउनुलाई कब्जियत वा दिसा गोटा पर्नु भनिन्छ यस समयमा आउने कडा प्रकारको दिसामा साधारणतया भन्दा पानीको मात्रा कम पनि हुन्छ कब्जियत वा दिसा गोटा पर्नु भनेको रोग होइन तर लक्षण हो सामान्यतय  शरीरको अन्य समस्याहरु जस्तो  पाचन प्रणाली पाचन प्रक्रियाको सम्बन्धमा मानिसको कम ध्यानाकर्षण हुने भएकोले नियमित रुपमा दिसा भएको वा छैन भनेर पनि थाहा नहुने अवस्था हुन्छ यदि कुनै व्यक्तिले दिनसम्म लगातार दिसा गरेको छैन अथवा दिसा गर्ने समयमा दुखेको वा गाह्रो भएको अनुभव गरेको   भने त्यसलाई कब्जियत भएको बुझिन्छ


कारणहरु
अनियमित रुपममा दिसा गर्ने बानी, कडा प्रकारका खानाहरु खानु, रेसादारयूक्त खानाहरु रोटी, मकै, ढिडो, सागसब्जी तथा फलफुलहरु कम खानु, गर्भावस्था, झोल पदार्थ कम खानु, लामो समयसम्म औषधीको सेवन गर्नु, व्यायामको कमी, लामो समयको पखालाको कारणले शरीरमा पानी सकिनु वा कम हुनु, इन्टेस्टाइनल अब्सट्रक्सन तथा पेट आन्द्रा सम्बन्धि कुनै रोग हुनु, मानसिक तनाब, आन्द्राको क्षयरोग तथा क्यान्सर हुँदा दीर्घकालीन रुपमा कब्जियत हुन सक्ने हुन्छ


लक्षण तथा चिन्हहरु
दुईतीन दिनमा एकपटक दिसा हुनु वा सो भन्दा बढी समयपछि दिसा हुनु, दिसा बस्दा मलद्वार  दुख्नु, दिसा गर्दा मलद्वारमा रगत आउनु, पेट दुख्नु फुल्नु, कपाल दुख्नु, दिसा बस्न गाह्रो हुनु, खान मन नलाग्नु पछि गएर पाईल्स पनि हुन सक्छ


उपचार तथा रोकथाम
प्रशस्त मात्रामा पानी एवं झोल खानेकुराहरु खाने कम्तिमा पनि दिनमा ग्लास पानी पिउनु पर्छ खाना खाँदा रेशादारयुक्त खानेकुराहरु खाने गर्नुपर्छ जस्तै  फलफुलहरु, हरियो सागपात, रोटी,  गेडागुडी आदि नियमित रुपमा शारिरिक ब्यायाम गर्ने ।नियमित रुपमा एउटै समयमा दिसा गर्ने बानी बसाल्नुपर्छ जाँड, रक्सी तथा चुरोटको सेवन कम गर्ने  वा गर्दै नगर्ने लामो समयसम्म  सेवन गरिने औषधीको मात्रा कम गर्ने ।गर्भावस्थामा बढ्दै गइरहेको बच्चाको चापले तथा अन्य हर्मोनहरुको कारणले गर्दा पनि कब्जियत हुन सक्दछ तसर्थ यस समयमा सामान्य हिड्डुल गर्ने तथा खानापानमा उचित ध्यान दिनु पर्दछ ।बृद्धावस्थामा पनि शारिरिक रुपमा कमजोरी हुनु, सरसफाई कम हुनु, व्यायामको कमी तथा खानापानमा त्यति रुचि नहुनु तथा अन्य विविध कारणले गर्दा कब्जियत हुने गर्दछ यी समस्याहरुको समयमै पहिचान गरी रोकथाम गर्नु पर्दछ यदि अन्य कारणहरु छन् माथि उल्लेखित विधिहरुले समस्या समाधान हुन नसकेमा डाक्टर कहाँ गई जाँच गराउनु पर्दछ