Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

175. NEPAL MARTYRS' DAY 2070_GAZAL BY DR SURYA PARAJULI_सहिद दिवस २०७०


सहिदका रगत मिसाई यो देशमा भोज नहोस् ,
देशको अस्मितामाथि दिनदहाडै मोज नहोस् !!

रित्तिएका आमाका कोखलाई कति पिडा,
अपनाएका उसले बाटाहरु बोझ नहोस् !!

आलो उसको रगत सुक्न नपाउदै,
उसको भावना बिरोधमा रोज नहोस् !!

आगोको झिल्को सनपाट मा  छ परिसकेको,
यति जान्दा -जान्दै कुविचारको ओज नहोस् !!

खण्ड-खण्ड हिजो जस्तो भोलि नहोस् त्यस्तो,
नागरिक बन्दै छौ रैतीको खोज नहोस् !!