यौन मानवजीवनको आवश्यकता हो
। यौनविनाको संसारको परिकल्पना गर्न सकिन्न । वंश निरन्तरता र आपसी प्रेमलाई गाढा
बनाउने काम यौनले गर्दछ । इच्छाविपरीत गरिएको यौन सम्पर्क बलात्कार हो । आज हामी
यौन दुर्ब्यबहार र सम्बन्धित कानुनको बारेमा चर्चा गर्दैछौं ।
यौन दुर्ब्यबहारका प्रकारहरु
क) प्राकृतिक यौन दुर्ब्यबहार
यसअन्तर्गत जबर्जस्ती करणी (Rape), हाडनाता करणी (Incest) र अडल्ट्री आदि पर्दछन् ।
ख) अप्राकृतिक यौन दुर्ब्यबहार
यसअन्तर्गत सोडोमी, बेस्टियालिटी, बकल कोइटस,लेस्बियानिजम आदि पर्दछन् ।
ग) चरम् अप्राकृतिक यौन दुर्ब्यबहार
यसअन्तर्गत फेटिसिजम ,ट्रान्सभेस्टिजम, सेक्सुअल स्याडिजम, एक्जीविसोनिजम, पेडोफिलिया आदि पर्दछन् ।
घ) अन्य
नेक्रोफिलिया र नेक्रोफयाजिया आदि पर्दछन् ।
हामीले माथि सामान्यतः यौन दुर्ब्यबहारका प्रकारका बारेमा जानकारी प्रस्तुत गर्यौ ।
अब हामी केही यौन दुर्ब्यबहारलाई अझ प्रष्ट पार्ने कोशिस गर्छौ ।
जबर्जस्ती करणी (Rape)
रेपलाई साधारण भाषामा भन्दा
नियम–कानुनबाहिर गएर
पुरुष र महिलाबीचमा हुने यौन सम्बन्ध भन्न सकिन्छ । रेपका लागि निम्न अवस्था
हुनुपर्दछ ।
क)महिलाको स्वीकृति (consent) विना,
ख)महिलाको इच्छा (will) विना,
ग) महिलाको स्वीकृति र
इच्छा भए वा नभए पनि उमेर १६ वर्षभन्दा कम भएमा
घ) डर, धम्की देखाएर गरिने यौन सम्पर्क ,
ङ) झुक्याएर वा ललाइ फकाइ
गरेर
नेपालको मुलुकी ऐनको
जबर्जस्ती करणीको महल अनुसार निम्न कानुनी सजाय
रहेको छ ।
नं १ १६ वर्षभन्दा कम उमेरकी महिला केटी, विधवा या विवाहित भई मन्जुरीनामा दिए पनि या
नदिए पनि, १६ वर्षभन्दा माथि उमेर भएर मन्जुरीनामा नदिएमा या डर, धम्की र जबर्जस्ती मन्जुर गराएमा ।
नं ३ यदि पीडित महिला १० वर्षभन्दा कम भएमा पीडकलाई
१०–१५ वर्षसम्मको जेल
सजाय हुनेछ ।पीडित महिला १०–१६ वर्षभित्रको उमेर समूहमा भएमा पीडकलाई ७–१० वर्षसम्मको जेल सजायको व्यवस्था छ ।१६
वर्षभन्दा माथि भएमा ५–७ वर्षसम्म जेल सजायको व्यवस्था छ ।
नं ३ (क) समूहगत रुपमा, गर्भवती महिला, अशक्त महिलालाई रेप गरिएमा थप ५ वर्ष जेल सजाय उमेरअनुसार नं ३ बमोजिम हुने
व्यवस्था छ ।
नं ५ बलात्कारको प्रयास हुदा करणी नभए पनि माथि उल्लेखित धाराहरुअनुसार आधा सजाय
हुने व्यवस्था छ ।
हाडनाता करणी (Incest)
पुरुष र महिलाबीच हुने
प्राकृतिक यौन सम्बन्ध, जसमा कानुनी रुपमा वैवाहिक सम्बन्ध रहँदैन । हाडनाता करणी निम्न प्रकारका छन् –
क) बाबु र छोरीबीचको यौनसम्बन्ध, जसलाई इलेक्ट्रा कम्प्लेक्स भनिन्छ ।
ख) आमा र छोराबीचको
यौनसम्बन्ध, जसलाई ओइडिपस कम्प्लेक्स भनिन्छ ।
ग) दाजु र बहिनीबीचको
यौनसम्बन्धलाई प्यारोनिक इनसेस्ट भनिन्छ ।
नेपालको मुलुकी ऐनको
हाडनाता करणी गर्नेको महलअनुसार निम्न कानुनी सजाय छ ।
नं–१ आमासँग यौन सम्बन्ध राखेमा आजीवन जेल सजाय हुनेछ
भने छोरी वा बहिनीसँग यौन सम्बन्ध राखेमा १० वर्ष जेल सजाय हुने व्यवस्था गरिएको
पाइन्छ ।
नं–३ सातौं पुस्तासम्म
रगतको सम्बन्ध रहेमा २ देखि ६ वर्षसम्मको जेल सजाय रहने व्यवस्था गरिएको पाइन्छ ।
नं–१० तर यस धारामा
साँस्कृतिक तथा जातीय चालचलनअनुसार गरिएको विवाहमा सजाय नहुने व्यवस्था छ ।
अडल्ट्री (Adultery)
श्रीमान् र श्रीमतीबाहेक
अरुसँग राखिने यौन सम्बन्ध अडल्ट्री हो । नेपालमा यसलाई अवैध मानिन्छ । कतिपय
देशमा यसलाई सामान्य र सहज मानिन्छ । यसमा विवाहित पुरुषले अरुको श्रीमतीसँग यौन
सम्बन्ध राख्ने गरेको पाइन्छ । हिजोआज हाम्रो देशमा पनि अडल्ट्रीको संख्या बढ्दै
गएको पाइन्छ । यो एउटा बहसको विषय बनेको छ ।
यो अप्राकृतिक यौन दुर्ब्यबहार हो । यसमा प्राकृतिक रुपमा गरिने लिङ्ग–योनी मैथुनभन्दा बेग्लै लिङ्ग–गुदद्वार मैथुन पुरुष–पुरुषबीचमा गरिन्छ ।पुरुष र महिलाबीचमा यस
प्रकारको यौन सम्पर्क भएमा यसलाई बुगरी (Buggery) भनिन्छ । कहिले बालबालिकाको प्रयोग भएमा यसलाई पेडेट्यास्टी(Pediastry) भन्ने गरेको पाइन्छ ।
लेस्बियानिजम(Leishbianism)
यो एक अप्राकृतिक यौन
सम्पर्क हो, जसमा महिला–महिलाबीचमा यौन दुर्ब्यबहार हुने गर्दछ । जस्तो, संयुक्त रुपमा हस्तमैथुन गरिनु, निस्क्रिय (Passive) र सक्रिय (Active) सदस्य भई यौन आनन्द प्राप्त गर्नु ।
भङ्गाकुरको घर्षण, औंलाको प्रयोग, जिब्रोको प्रयोग तथा सेक्स टोएजहरुको प्रयोग आदि ।
बेस्टियालिटी (Bestiality)
यो एक प्रकारको अप्राकृतिक
यौन सम्पर्क हो । यसमा जनावरहरुसँग यौन सम्पर्क राखिन्छ । जस्तो बाख्रा, भेडा, गाई, कुकुर आदि ।नेपालको मुलुकी ऐन पशु करणीको
महलअनुसार निम्नानुसार दण्ड सजायको व्यवस्था रहेको पाइन्छ ।
नं–१ कसैलाई पनि जनावरहरुसँग यौन सम्पर्क गर्न र
गराउन पाउने अधिकार छैन ।
नं–२ गाईसँग करणी गरेमा २
वर्ष जेल सजाय तथा अन्य जनावरणसँग करणी गरेमा १ वर्ष जेल सजाय वा ५०० रुपैयाँ
असुलउपर गरिने व्यवस्था छ ।
नं–३ कुनै महिलाले
जनावरबाट यौन सम्पर्क गराएमा १ वर्ष जेल सजाय वा ५०० रुपैयाँ असुलउपर गरिने
व्यवस्था छ ।
ट्रान्सभेस्टिजम (Transvestism)
यो एक प्रकारको यौन
उत्साहित हुने तरिका हो, जसमा मानिसले आफुभन्दा भिन्न लिङ्गले लगाउने
कपडाहरुको प्रयोग गर्दछन् । जस्तो महिलाका कपडा पुरुषले, पुरुषका कपडा महिलाले, तर यसमा अहिले आधुनिक रुपमा प्रयोग गरिने कपडा
भने पर्दैनन् । यो एक मानसिक यौन विकृति हो ।
एक्जिबिसोनिजम(Exhibitionism)
यो एक मानसिक यौन विकृति हो, जसमा व्यक्तिले बारम्बार आफनो यौन अङ्ग नचिनेका, नजानेका व्यक्तिहरुलाई देखाउने गर्दछन् ।
कहिलेकाहीँ बाटोमा हिँड्दा यस्ता मानिसहरुको अनुभव तपाईंले पनि गर्नुभएको हुन
सक्दछ ।
यो पनि एक प्रकारको मानसिक
यौन विकृति हो, जसमा व्यक्तिले बारम्बार अरुले नुहाएको, लुगा फेरेको, यौन सम्पर्क राखेको लुकेर हेर्ने गर्दछन् ।
पुरुष भएमा यसलाई पिपिङ टोम भनिन्छ भने महिला भएमा यसलाई पिपिङ डोरा भनिन्छ ।
नेक्रोफिलिया(Necrophilia)
यो अत्यन्तै कडा प्रकारको
मानसिक यौन विकृति हो, जसमा बिरामीले मरेको मान्छेसँग यौन सम्पर्क राखी इच्छा पूरा गर्ने गरेको
पाइन्छ ।
नेक्रोफयागिया (Necrophagia)
यो पनि अत्यन्तै कडा
प्रकारको मानसिक यौन विकृति हो, जसमा बिरामीले मरेको मानिसको यौनाङ्ग निकालेर खाने गर्दछ, जसबाट यौन सन्तुष्टि प्राप्त गर्दछ ।
सारांश
माथिका विभिन्न मानसिक यौन
विकृतिहरु, यौन दुर्ब्यबहारहरु हाम्रो सामाजमा पाइन्छ ।
तपाईं हामीले सुनेका, भोगेका यस्ता समस्यालाई मनोवैज्ञानिक, सामाजिक, शारीरिक रुपमा सबै मिलेर समाधान गर्न सक्दछौं ।
नयाँ नेपाल यी र यस्ता
समस्याबाट मुक्त होस्, हाम्रो शुभकामना ।
This comment has been removed by the author.
ReplyDelete