Followers

Follow by Email(प्रकाशित पोस्टहरु ईमेलमा प्राप्त गर्नुहोस्।)

8. What is Hepatitis ? हेपाटाइटिस: नयाँ नेपालको बहस भइरहेको बेलामा हेपाटाइटिसमुक्त स्वस्थ्य नेपाल बनाउन पनि आजैबाट आवाज बुलन्द गरौं ।_© Dr. Surya Parajuli



पृष्ठभूमिः
आज विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले विश्व हेपाइटाइटिस दिवस मनाइरहेको छ । नेपाल पनि हेपाटाइटिसको उच्च जोखिममा रहेको देश हो । हिजोआज यसको संक्रमण पनि ह्वात्तै बढेको छ ।विश्व स्वास्थ्य संगठन स्वास्थ्य क्षेत्रको सर्वाधिकार सम्पन्न निकाय हो, जसले स्वास्थ्यका विविध नीतिनियम बनाउने,कार्यान्वयन गर्ने र मूल्याङ्कन गर्ने गर्दछ । एड्सको बारेमा काम गर्ने संघसंस्था धेरै छन् र जनचेतनामूलक कार्यक्रमहरु  धेरै गरिएका छन् तर हेपाटाइटिसको सन्दर्भमा त्यति धेरै चासो लिइएको पाइँदैन ।सरकारी संयन्त्र पनि एचआईभी÷एड्सका बारेमा जति लागेको छ, त्यति नै हेपाटाइटिसको बारेमा लाग्नुपर्ने देखिन्छ । सन् २०११ मा पहिलोपल्ट विश्व स्वास्थ्य संगठनले आजकै दिन यो दिवस मनाएको थियो । हुन त त्यसअघि पनि नागरिक समाज र विभिन्न संघसंस्थाले यो दिवस मनाउँदै आएका थिए । ढिलै भए पनि विश्व स्वास्थ्य संगठनले महसुस गर्नु राम्रो संकेत हो । विश्वभरि नै हेपाटाइटिसको संक्रमण बढ्दै छ । यसका लागि विभिन्न देशका सरकारहरु,राष्ट्रियअन्तर्राष्ट्रिय संघसंस्थाहरु, नागरिक समाज, व्यापारी प्रतिष्ठान र स्वयं व्यक्ति पनि सचेत भएर सहकार्य गर्नु जरुरी भइसकेको छ ।
आजको दिनः
हेपाटाइटिस बी पत्ता लगाउने प्रोफेसर बारुच ब्लम वर्गको जन्म दिन सम्झनामा २८ जुलाईलाई हेपाटाइटिस दिवसको रुपमा मनाइएको छ । सन् २०१२ को नारा Its Closer than you think अर्थात् तपाईंको सोचभन्दा यो नजिक छ रहेको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार यो नाराका विभिन्न अर्थ हुन सक्छन् । जुनसुकै ठाउँका व्यक्तिले हेपाटाइटिसबारे सोच्नुपर्दछ किनभने यो जुनसुकै व्यक्तिमा जुनसुकै बेला सर्न सक्छ ।सर्तकता अपनाउनुपर्दछ किनभने जुनसुकै तरिकाबाट यसले तपाईंलाई आक्रमण गर्न सक्दछ । यो रोग लाग्नेबित्तिकै यसका बाहिरी लक्षण र चिह्नहरु देखिनु जरुरी छैन । त्यसैले रोग पत्ता लगाउन विभिन्न जाँचपड्ताल गर्नुपर्दछ । धेरैभन्दा धेरै जनचेतनामूलक कार्यक्रम गरेर हेपाटाइटिससम्बन्धी अन्धविश्वासलाई हटाउनुपर्दछ ।हेपाटाइटिससम्बन्धी भेला, गोष्ठी, ¥याली आदिमा धेरैभन्दा धेरैलाई सहभागी गराएर उनीहरुलाई हेपाटाइटिसबारे प्रयोगात्मक प्राविधिक ज्ञान दिनुपर्दछ । हेपाटाइटिस प्राणघातक हुन सक्दछ । यसले कुनै लक्षणविना प्रत्येक १२ मानिसमा एकलाई संक्रमण गरेको तथ्याङ्क छ । संसारभरमा करिब ५ करोड व्यक्तिलाई यसको संक्रमण भएको देखिन्छ । हेपाटाइटिस जुनसुकै उमेर, जात, समूह, पेशाका व्यक्तिलाई हुन सक्दछ ।
परिचय
मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रुपमा हेपाटाइटिस भाइरस ए.बी, सी, डी र ई पर्दछन् । संसारमा १४ लाख व्यक्तिलाई प्रत्येक वर्ष हेपाटाइटिस ले आक्रमण गर्दछ भने २ करोड हेपाटाइटिस बी को शिकार भएको पाइन्छ । हेपाटाइटिस सी ले भने १५ करोडलाई आक्रमण गरिसकेको छ । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।
हेपाटाइटिस ए र ई
दिसाको माध्यमबाट सर्ने यस रोगले विद्यालय जाने बालबालिका, जवान, वृद्धवृद्धा सबैलाई आक्रमण गरेको पाइन्छ । यी दुई महामारीमूलक हेपाटाइटिस गर्मी मौसममा बढी देखिन्छन् । ढलनलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव, अशुद्ध खाना, स्वास्थ्य चेतनाको अभाव आदि यसका प्रमुख कारण हुन् । शरीरमा हेपाटाइटिस ए विषाणु प्रवेश गरेको २४ हप्तामा र हेपाटाइटिस ई विषाणु प्रवेश गरेको २८ हप्तामा जन्डिसलगायतका लक्षण तथा चिह्नहरुदेखिन थाल्दछ । सरसफाइ राम्रो नभएको विकासोन्मुख देशका ९० प्रतिशत बालबालिका दश वर्षको उमेर नपुग्दै संक्रमित भएको पाइन्छ ।
लक्षणहरु तथा चिह्नहरु
पहिलो अवस्था (१ देखि २ हप्ता)ः खानामा रुचि घट्दै जानु, वाकवाकी लाग्न थाल्नु, ज्वरो आउनु, दिसा तारन्तार हुनु,पेटको दायाँ कोखा दुख्नु आदि पर्दछन् । दोस्रो अवस्थाः पहिलो अवस्था देखिएको एक हप्तापछि यो अवस्था देखिएको पाइन्छ ।यसका प्रमुख लक्षणमा दिसा तथा पिसाबमा पहेंलोपना, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेंलोपना बढ्दै जान्छ ।तेस्रो अवस्थाः दोस्रो अवस्थाका लक्षणहरु हराएर जान्छन्, बिरामी कमजोर हुन्छ तर सन्चो महसुस गर्दछ ।
उपचार तथा सजगता
बिरामीले प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खानुपर्छ, बिरामीलाई आराम अत्यन्तै आवश्यक हुन्छ, जथाभावी जडीबुटी तथा एलोपेथीका औषधिले ज्यान जानसक्छ किनकि कमजोर कलेजो थप कमजोर भई काम गर्न नसक्ने हुन सक्दछ । तपार्इंहरुलाई यो अवगत नै छ कि हामीले प्रयोग गर्ने प्रायः औषधिहरु कलोजोको माध्यमबाट पच्ने हुन्छ । व्यक्तिगत शुद्धता र सरसफाइ विशेष गरी खाना खानुअघि र खाना खाएपछि साबुनपानीले राम्ररी हात धुनुपर्दछ । उमालेर र जीवाणुनाशक औषधि प्रयोग गरेर पानी खानुपर्दछ । राम्ररी पकाएको खानेकुरा खानुपर्दछ । बिरामीले प्रयोग गरेका कपडाहरु राम्ररी घाममा सुकाएरमात्र प्रयोग गर्नुपर्दछ । सबैले चर्पीमा दिसापिसाब गर्ने बानी बसाल्ने र बालबच्चाको दिसा पनि चर्पीमा विसर्जन गर्ने गर्नुपर्दछ । घरवरिपरिको ढल निकासलाई व्यवस्थित पार्दै जानुपर्दछ । बिरामी शिथिल हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा लानुपर्दछ । गाउँघरमा जन्डिस झार्ने भनेर टाउकोमा काँसको बटुका राखी अण्डा घोलेर मन्त्र पढेजस्तो गर्ने अनि घोलिएको अण्डा देखाएर जन्डिस झ¥यो भन्ने कुसँस्कार एकदमै गलत हो ।
हेपाटाइटिस बी
हेपाटाइटिस बी भाइरसले कलेजोमा संक्रमण गर्दछ । संसारभर करिब २ करोड जनसंख्यालाई यसले आक्रमण गरिसकेको छ भने यसका विभिन्न असरबाट प्रत्येक वर्ष ६ लाखले ज्यान गुमाइरहेको विकराल अवस्था छ । एउटा मननयोग्य कुरा के छ भने एचआईभीभन्दा ५० देखि सय गुणा बढी खतरनाक यो भाइरसको संक्रमण सुरक्षित व्यवहार, सचेतना र भ्याक्सीनबाट रोक्न सकिन्छ । संक्रमित व्यक्तिको रगत तथा रगतजन्य पदार्थ ग्रहण गर्दा, असुरक्षित यौन सम्पर्कको माध्यमबाट अङ्गग प्रत्यारोपण गर्दा, आमाबाट बच्चा जन्मँदा, लागूऔषधको लागि सुईको असुरक्षित प्रयोग आदिबाट यो सर्दछ । स्वास्थ्यकर्मीहरु जस्तैः सर्जन, ल्याबमा काम गर्ने व्यक्तिहरु उच्च जोखिममा पर्दछन् । खाना तथा पानीको माध्यमबाट हेपाटाइटिस बी सरेको पाइएको छैन । शरीरमा विषाणु पसेको करिब ३० देखि १ सय ८० दिनमा यसले लक्षण तथा चिह्नहरु देखाउन थाल्दछ ।
लक्षण तथा चिह्नहरु
प्रायः व्यक्तिमा पहिलो चरणमा कुनै लक्षण तथा चिह्नहरु देखिँदैन । कसैकसैले जन्डिस, वाकवाकी लाग्ने, खाना मन नलाग्ने, पेट दुख्ने, उल्टी गर्ने आदि लक्षणहरु देखाउँछन् तर केही व्यक्तिमा भने दीर्घ रुपमा कलेजोको संक्रमण भई कलेजोको सिरोशिस तथा क्यान्सर हुन्छ । मुख्यतः ९० प्रतिशत दीर्घ संक्रमण चाहिँ नवजात शिशुमा देखिएको छ । हेपाटाइटिस बी बाट संक्रमित ९० प्रतिशत स्वस्थ्य जवान व्यक्ति छ महिनामा आपैंm निको हुन्छ ।
उपचार
हेपाटाइटिस बी को उपचार यही हो भनेर भन्न नसकिए पनि पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थ्यकर आनीबानी अपनाउनुपर्दछ । हेपाटाइटिस बी बाट संक्रमित दीर्घरोगीहरुलाई इन्टरफेरोन, एन्टीभाइरल औषधिहरु प्रयोग गरिन्छ । अल्पविकसित देशहरुमा यो रोग पत्ता लाग्दा कलेजोको क्यान्सर भइसकेको पाइन्छ, जसले गर्दा रोग पहिचान गरेको केही महिनामै बिरामीको मृत्यु हुने गर्दछ । विकसित देशहरुमा अप्रेशन तथा केमोथेरापीबाट केही वर्ष बढी बाँच्न सक्ने उपचारहरु गरिन्छ । कहिलेकाहीँ कलेजो प्रत्यारोपणबाट नयाँ जीवन प्राप्त गर्न पनि सकिन्छ ।
सजगता
हेपाटाइटिस बी को भ्याक्सिन प्रयोग गर्नु उपयुक्त हुन्छ । हिजोआज नेपाल सरकारले आप्mनो खोप कार्यक्रममै यो भ्याक्सिन समावेश गरेको छ । सन् १९८२ देखि १ करोडभन्दा बढी हेपाटाइटिस बी भ्याक्सिन प्रयोग भइसकेको पाइन्छ ।
हेपाटाइटिस सी
झन्डैझन्डै हेपाटाइटिस बी को जस्तै अवस्था देखाउँदछ । यो संक्रमण सामान्यभन्दा अत्यन्तै खतरनाक हुन्छ । करिब १ करोड मानिस हेपाटाइटिस सी को शिकार भइसकेका छन् भने ३ लाख ५० हजार प्रत्येक वर्ष मर्ने गर्दछन् यसको रोकथामको लागि अहिले कुनै भ्याक्सिन प्रयोग नभए पनि यसको उपचार सम्भव छ । रगत तथा रगतजन्य पदार्थको प्रयोग, अङ्ग प्रत्यारोपण र सुईमार्पmत् लागूऔषध प्रयोगबाट तथा जन्मिको क्रममा आमाबाट बच्चामायो भाइरस सर्न सक्दछ । यो खाना तथापानीबाट सर्दैन ।
लक्षण तथा चिह्नहरु
शरीरमा विषाणु प्रवेश गरेको करिब २ हप्तादेखि ६ महिनामा लक्षणहरु देखिन्छन् ।करिब ८० प्रतिशतमा भने लक्षणहरु नै देखिँदैनन् । जस्तोः ज्वरो आउनु, थकान महसुस हुनु, खान मन नलाग्नु, वाकवाक लाग्नु, उल्टी हुनु, पेट दुख्नु, गाढा रङ्गको पिसाब हुनु, खैरो रङ्गको दिसा हुनु, जोर्नी दुख्नु र जन्डिस देखिनु आदि पर्दछन् ।
उपचार तथा सजकता
सबै हेपाटाइटिस सी को उपचार नचाहिन पनि सक्दछ । इन्टरफेरोन र रिवाभिरिन नामक एन्टीभाइरल ओषधिको प्रयोग गरिन्छ । नयाँ औषधि टेलाप्रिभिर र बोसीप्रभिर आदि प्रयोग हुन थालेका छन् तर सबैको उपचार सम्भव नहुन सक्दछ किनकि यी औषधिहरु सहजै र सहजै प्राप्त गर्न कठिन हुन्छ भने कतिपय अवस्थामा विरामीमा प्रयोग गर्न सकिन्न । यसको आप्mनो भ्याक्सिन नभएकोले सचेतना अपनाउनुपर्दछ । आवश्यकताविना र असुरक्षित रुपमा सुई प्रयोग गर्नु हुँदैन । हेपाटाइटिस सी जन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्दछ । लागूऔषध प्रयोग त्याग्नुपर्दछ । असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन । असुरक्षित रगत तथा रगतजन्य पदार्थहरुको प्रयोग गर्नु हुँदैन । ट्याटु खोप्ने,एक्युपन्चर, नाककान छेंड्नेमा विशेष ध्यान पु¥याउनुपर्दछ ।
नेपाल
नेपालको सन्दर्भमा कुरा गर्दा सरकारी तवरबाट हेपाटाइटिस सम्बन्धमा गरिएका खोजअनुसन्धान न्यून छन् । आवश्यक जनचेतनामूलक कार्यक्रम पनि कम छन् । हेपाटाइटिसको संक्रमण बढ्दो क्रममा रहेको कलेजो रोग विशेषज्ञ डाक्टर एके सिंह बताउनुहुन्छ । हेपाटाइटिस बि को खोप हान्ने नाममा ठगीका घटनाहरु पनि भएका छन् ।यसको उचित तरिका र मात्राको जानकारी आवश्यक देखिन्छ । हुन त नेपाल सरकारले आप्mनो खोप कार्यक्रममा हेपाटाइटिस बी लाई राखेर सराहनीय काम गरेको छ तर अभैm अपुग छ ।
सारांश
आज विश्व हेपाटाइटिस दिवसको दिन तपाईंहामी सबै मिलेर स्वस्थ्य नेपाल बनाउन कम्मर कसौं । सरकारी, गैरसरकारी संस्था, सहकारी, क्लब, विद्यालय, क्याम्पस, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति सबै मिलेर अघि बढ्नैपर्दछ । नयाँ नेपालको बहस भइरहेको बेलामा हेपाटाइटिसमुक्त स्वस्थ्य नेपाल बनाउन पनि आजैबाट आवाज बुलन्द गरौं ।
धन्यवाद

सन्दर्भः विश्व हेपाटाइटिस दिवस
२८ जुलाई २०१२ शनिबार

7. वायु विकार(ग्यास्ट्राइटिस) भनेको के हो ? WHAT IS GASTRITIS/APD? BY DR SURYA B. PARAJULI, NEPAL


पृष्ठभूमि


वायुविकार  अथवा चलनचल्तीको भाषामा भनिदै आएको ग्यास्ट्रिक हामी जस्तो धेरैलाई यो समस्या छ । 
डाक्टर साब ! मेरो पेट पोल्यो, छाती पोल्यो, श्वास फेर्न गाह्रो भयो, वाकवाकी लाग्यो, अनेकन समस्या लिएर आउनुहुन्छ दाजु भाई  तथा दिदी बहिनीहरु ।
हजुर आज हामी त्यही  समस्याको  वारेमा चर्चा गर्ने छौ ।



वायु विकार(ग्यास्ट्राइटिस) भनेको के हो  ?
आमाशयको श्लेश्मा झिल्कीको श्रोथ हुनु अथवा सुनिनुलाई वायुविकार भनिन्छ । यो २ प्रकारको हुन्छ । क) तीब्र वायूविकार ख) दीर्घ वायूविकार

तीब्र वायुविकार
यसमा आमाशयको  श्लेश्म झिल्लीको सुनने अवस्था छिटो हुन्छ अथवा तीव्र हुन्छ ।

कारणहरु 
चुरोट, जाड रक्सीको अत्याधिक सेवन गर्नाले,विषालु खाना खानाले, अत्याधिक औषधिहरुको सेवन,पेटमा अत्याधिक  वायल आउनाले, अत्याधिक चिन्ता, थकान तथा काम, हेलीकोब्याक्टर पाइलोरीको सन्क्रमण 

लक्षण तथा चिन्हहरु
वाकवाकी लाग्नु,वान्ता हुनु,खानामा अरुची,मुटु दुख्नु,छाती पोल्नु,पेटको माथिल्लो भागमा  असजिलो महशुस हुनु

दीर्घ वायूविकार
आमाशयको दीर्घ  संक्रमण भइरहनुलाई दीर्घ वायूविकार भनिन्छ ।

कारणहरु
दीर्घ वायूविकार हुनुको मुख्य कारण थाह नभएता पनि यसका सम्भावित कारणहरु तीब्र वायूविकारसँग मिल्दो जुल्दो छ जुन निम्न  प्रकार छन्:-
दीर्घकालीन रुपमा अत्याधिक मद्यपान र धुम्रपान गर्नु,अस्थिरता भएको ब्यक्ति,घाँटी  तथा टन्सिलको दीर्घकालीन समस्या,धेरै अमिलो/ पीरो खानाको सेवन,अत्याधिक चिया तथा कफीको सेवन,खानामा
अनियमितता, रोग प्रतिरोधात्मक क्षमतामा कमी,एलेर्जी र हेलीकोब्याक्टर पाइलोरी सन्क्रमण 

लक्षण तथा चिन्हहरु
दीर्घ वायूविकार भएका व्यक्तिहरुलाई पनि वाकवाकी लाग्नु, वान्ता हुनु, खानामा अरुची, मुटु पोल्नु, छाती पोल्नु,अपच  हुनु,ग्यास भरिनु,डकार आउनु समस्या लामो समयसम्म लगातार भइरहन सक्ने हुन्छ । यस सँगसगै अन्य समस्याहरु साथसाथै  कुपोषित  देखिनु जस्ता अनेकन समस्याहरु हुन सक्दछ ।
निरन्तर रुपमा यदि वायूविकार भइरहनु यसवाट हुन सक्ने जटिलताको नजिक पुग्नु नै हो । वायूविकारलाई यदि समयमा उपचार नगरेमा अम्लपित्त हुनसक्ने  हुन्छ । जुन पेटको अथवा पाचनप्रणालीको एउटा जटिल समस्या हो । साथसाथै वायुविकारकै कारणले अल्सर हुन गई रगत बग्ने समस्या हुन सक्छ जसले गर्दा शरीरमा रगतको मात्रा पनि कम हुन जान्छ , यस अवस्थालाई हामी रक्तअल्पता भएको भन्ने बुझ्दछौ । वायूविकारको समयमा उपचार नहुँदा पछि गएर क्यान्सर पनि हुनसक्ने हुन्छ । तसर्थ यसको उपचार गर्न तर्फ हामी उन्मुख हुनु पर्दछ ।



उपचार पद्धति
अत्याधिक धुम्रपान तथा मद्यपान गर्ने बानी त्याग्नु पर्दछ ,पेटलाई असर  गर्ने खानेकुरा जस्तै पीरो  तथा अमिलो खाना नखाने अथवा कम गर्ने,तरल पदार्थ वढी खाने ,नरम खानेकुराहरु खाने ,ब्रत नबस्न सन्तुलित भोजन  सेवन गर्ने ,थोरै थोरै खाना पटक/पटक  खाने ,औषधिको उचित सेवन दक्ष स्वास्थ्यकर्मी-डाक्टरको सल्लाह बमोजिम खाने ,समस्याले जटिल रुप लिए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिने ।
धेरै जसो समस्याहरु हाम्रो आनिवानी र जीवनशैलीकै प्रभाववाट निम्तिएका हुन्छन् । हामीले गरेको सानो सकारात्मक कार्यले भविष्यमा निम्तिने जोखिमबाट हामी स्वयं नै बच्ने हो । 

खानपान, व्यक्तिगत व्यवहार तथा आनिवानीमा आजदेखि नै परिवर्तन ल्याऔ र आफू स्वयम् तथा परिवारलाई पनि अनेकन रोग तथा समस्याहरुवाट बचाऔ । 

यही सन्देश प्रदान गर्दछौ ।

6.साताको ब्लगर: डा. सूर्य पराजुली ( Blogger of week - Dr Surya Parajuli- BPKIHS- Dharan-Nepal)

साताको ब्लगर (Blogger of week): डा. सूर्य पराजुली


डा. सूर्य पराजुली पेशाले एक मेडिकल डाक्टर हुन् । उनले नेपाल मेडिकल कलेजबाट एम बि बि एस (MBBS) गर्नुको साथै ग्रामीण बिकासमा स्नातकोत्तर गरेका छन् । आफ्नो पेशामा सक्रिय उनी साहित्यमा पनि उत्तिकै रुची राख्दछन् । उनले नेपाली साहित्यमा एस.पि लोचन को नामले पत्रपत्रिका र संचारमाध्यममा साहित्यिक रचना प्रकाशन गर्ने गरेका छन् भने सन् २००६ मा अपरेशन थिएटर नामक कविता संग्रह पनी प्रकाशन गरिसकेका छन् ।  
मोरङको हरैंचा गाउँ विकास समिती वडा नं ३ मा जन्मथलो भएका डाक्टर सूर्य दुइवटा एफ एम सँग आबद्ध छन । उनले काठमाडौंको मेरो एफ एम ९३.५ मेगाहर्ज को लाईभ सलुसन कार्यक्रम र बिर्तामोडको सनराइज एफ.एममा डाक्टर साथी कार्यक्रम मार्फत स्वास्थ्यसम्बन्धी जानकारी र परामर्श दिदैँ आएका छन्
'डाक्टर साथी' ब्लगबाट स्वास्थ्य सम्बन्धी बिभिन्न जानकारी दिदैँ आएका डा. सूर्य पराजुलीलाई हामीले साताको ब्लगरको रुपमा छानेका छौँ । प्रस्तुत छ उनीसित मेरोरिपोर्टका लागि अजिता सिग्देल र यमुना चापागाईंले गरेको कुराकानीः
ब्लगिङ कसरी सुरु गर्नु भयो ?  
मैले एम बि बि यस पढ्दा २००७ तिर इन्टर्नेट चलाउने क्रममा ब्लगबारे जानकारी प्राप्त गरेँ । इन्टरनेटको सुविधा भएसम्म र समयले भ्याएसम्म यसलाई परिस्कृत गरिदै आजको अवस्थामा ल्याईएको हो। 
ब्लगिङ नै किन ?
सुरुमा मैले ब्लगिङ साहित्यिक गतिविधि अगाडी बढाउन सुरु गरेको थिएँ ।  सन् २००६ मा मेरो अपरेशन थिएटर नामक एउटा कविता संग्रह प्रकाशित भएको थियो जुन बैरागी काइँलाले विमोचन गर्नु भएको थियो । मेरो विभिन्न अन्तर्वार्ता, कविताहरुको  प्रतिकियाको लागि मैले सबैभन्दा उत्तम उपाय ब्लग देखेँ र ब्लगिङ गर्न थालेँ । अर्को कुरा वेबसाइट सुरु गर्न त्यति ज्ञान पनि नभएकोले गर्दा र आर्थिक रुपमा पनि महँगो हुने भएकोले गर्दा मैले ब्लग नै रोजेँ ।   
के बिषयमा ब्लगिङ गर्नु हुन्छ ?
मेरो drsathi.blogspot.com भन्ने ब्लग छ त्यसमा मैले धेरै पेजहरु राखेको छु । मैले काम गरेको सङ्घ-संस्थाको बारेमा, मेडिकल हेल्थको बारेमा विभिन्न  पत्रपत्रिकामा प्रकाशित भएका लेखहरु, मैले विभिन्न संचारमाध्यममा दिएका अन्तर्वार्ताहरु छन मेरो ब्लगमा । मेरो अर्को ब्लग  splochan.blogspot.com जसमा मैले साहित्यिक रचनाहरु पोस्ट गर्ने गरेको छु । त्यस्तै मेरो अर्को ब्लग haraicha.blogspot.com मा मेरो जन्मभुमी हरैंचाको बारेमा विभिन्न पोस्टहरु राखेको छु । यो
'डाक्टर साथी ' को बारेमा केही बताइदिनुस न ?
सन् २०११ जनवरीदेखि मैले नेपाल मेडिकल भोलिन्टियर सोसाइटी नामक संस्थाको स्थापना गरी 'डाक्टर साथी' को नामले यो  प्रोजेक्ट  सुरु गरेको हुँ । त्यस अन्तर्गत विभिन्न संचारमाध्यममा प्रकाशन र प्रसारण भएका लेख-रचना, कार्यक्रम राख्ने, गाउँ-गाउँ गएर स्रोता क्लब खोल्ने, स्कुलमा हेल्थ क्लब खोल्ने, जनचेतनाको कार्यक्रम गर्ने गरेका छौँ । शहरी क्षेत्रदेखि ग्रामिण क्षेत्रसम्मको मानिसलाई समेटोस भन्ने भावना लिएर मैले डाक्टर साथी नाम राखेको हुँ । यसबाट हामीले स्वास्थ्य सम्बन्धी गतिविधि अगाडी बढाइ रहेका छौँ । 
यसमा साहित्यिक लेख रचना पनि पाउन सकिन्छ । तर यसको मुख्य पाटो भनेको स्वास्थ सम्बन्धी विभिन्न जानकारीलाई सकेसम्म सरल भाषामा लेख्न खोजेको छु । यसमा रेडियोमा प्रसारण भएका कार्यक्रम पनि राखिएको छ । स्वास्थ्य सम्बन्धी सबै कार्यक्रम राख्न ब्लगमा सम्भव भएकोले यसलाई वेबसाइट बनाएर राख्ने पनि योजना छ ।     
स्वास्थ सम्बन्धी विभिन्न कुरा साधारण मानिसदेखि लिएर डाक्टर  र विज्ञहरुसम्म लिन्क गर्ने प्रयास यो ब्लगबाट गरिरहेका छौँ । यस ब्लगमा डाक्टर र विज्ञबाट स्वास्थ सम्बन्धी आधिकारिक जानकारी पाउन सक्नुहुन्छ । 
कस्तो प्रतिकिया पाइरहनु भएको छ ब्लग मार्फत  ? 
प्रतिकिया राम्रै पाउने गरेको छु । ब्लग हेर्ने, पढ्ने पाठकहरु खुशी हुनु भएको छ । केही एफ एम हरुले यसलाई आधार मानेर स्वास्थ्यको कार्यक्रम पनि गरिरहनु भएको छ ।  
स्कुलका विद्यार्थी तथा मेडिकल साथीहरुले पनि यो ब्लगमा आफ्नो पाठ्यक्रमको विषयगत कुराहरु पनि प्राप्त गर्नु भएको छ ।  मुख्यतः झापा जिल्लामा गाँउ-गाँउ गएर सर्पको टोकाइ सम्बन्धी प्रशिक्षण दिने र नबुझ्नु भएमा सम्भव भए सम्म यो ब्लगबाट विभिन्न जानकारी दिने पनि गरिएको छ  र अर्को खुशीको कुरा के हो भने मेरो कार्यक्रममा आधारित भएर साउदी अरबमा डाक्टर साथी स्रोता क्लब खुलेको छ । उहाँहरुलाई त्यहाँ स्वास्थ्य सम्बन्धी जानकारी पाउन गार्हो  छ । त्यसैले त्यहाँका साथीहरुले यो ब्लग मार्फत कार्यक्रम सुन्नुहुन्छ । मेरो कार्यक्रम र ब्लगको स्वास्थ्यको कन्टेन्टबाट उहांहरु धेरै खुशी हुनुहुन्छ ।
नेपालमा स्वास्थ्य स्थिती कस्तो छ ?  
स्वास्थ्य क्षेत्रको कुरा गर्नु पर्दा सरकारी क्षेत्रबाटै त्यति ध्यान नपुगेको देखिन्छ । नीतिनियम बनाउने व्यक्तिमा नै मेडिकल ज्ञान हुँदैन । काठमाडौंको एउटा कोठामा बसेर मनाङ , मुस्ताङको गाउँमा उपचार कसरी गर्ने भनेर नीति नियम बनाइरहेको अवस्था छ ।जस्तै जनतालाई सर्वसुलभ रुपमा सित्तैमा औषधी दिने भनेर कार्यक्रम पनि आयो केही वर्ष अगाडी । ती औषधी यति कमसल छन र यदी प्राप्त गरी हाल्यो भने पनि तिनले काम गर्दैनन । र डाक्टरलाई पनि जुन सेवा-सुविधा दिनु पर्ने हो त्यो दिइएको छैन जसले गर्दा डाक्टरहरु विकट ठाउँमा जान चाहनुहुन्न । र जो जानु हुन्छ उहाँलाई पनि केही समय बसेपछि  एउटा निराशा, हिन भावना आउँछ । त्यही भएर डाक्टर काठमाडौं र शहरी क्षेत्रमा नै बस्नु हुन्छ भने गाउँको अवस्था त झन नाजुक छ ।   
 हामीसँग स्वास्थ्य सम्बन्धी विषयवस्तु किन सर्वसुलभ नभएको होला ?
स्वास्थ्य सम्बन्धी विषयवस्तु कम भएको हो किनभने मेडिकल डक्टरलाई पनि अङ्रेजीमा पढेको जटिल कुरा सरल नेपाली भाषामा व्यक्त गर्न गार्हो छ । धेरैलाई त रुची पनि छैन । धेरै कमलाई मात्र स्वास्थ्यको चेतनाको कार्यक्रम, विषयवस्तु ल्याउनु पर्छ भन्ने चाहना होला । अर्को कुरा नेपालीमा स्वास्थ्य सम्बन्धी आर्टिकल लेख्न पनि निकै गार्हो छ र डक्टरसँग समय पनि कम हुन्छ । स्वास्थ्य सम्बन्धी जानकारी खोज्ने , लेख्ने र त्यसलाई स्थानिय तहसम्म पुरयाउने काम चुनौतिपूर्ण कुरा हो । 
मलाई पनि एउटा आर्टिकल लेख्न झन्डै-झन्डै आठ घन्टा लाग्छ । त्यसैले यी विभिन्न कुराले पनि स्वास्थ्य सम्बन्धी जानकारी ब्लग , वेबसाइट  र अरु विभिन्न माध्यमबाट आउन नसकेको हो जस्तो लाग्छ मलाई !
यसको लागि के गर्नु पर्छ ?
काठमाडौंमा त स्वास्थ्य सम्बन्धी जानकारी कम छन भने विकट ठाउँमा स्थिती झनै नाजुक छ । मानिसहरुलाई साधारण भन्दा साधारण जानकारी पनि एकदमै कम छ । सरकारले प्रत्यक गाउँ विकास समितीमा एक जना चिकित्सकलाई पठाउनु पर्छ भने प्रत्यक ठाँउमा प्राइमरी हेल्थ सेन्टर खोल्नु पर्यो  । स्वाथ्य क्षेत्रमा सरकारले गर्नु पर्ने धेरै सुधार छन ।
अब एकैछिन मेरोरिपोर्टको कुरा गरौँ । तपाईंलाई मेरोरिपोर्ट कस्तो लाग्छ ?  
मैले फेसबुकबाट मेरोरिपोर्टको बारेमा थाहा पाएँ । मेरो विचारमा कुनै पनि व्यक्ति एउटै पेशा वा क्षेत्रमा मात्र सिमित हुनुपर्छ भन्ने छैन । म मेडिकल क्षेत्रमा मात्र नभएर साहित्य र अरु विभिन्न क्षेत्रमा अगाडी बढ्ने प्रयास गर्दछु । मेरो लागि मेरोरिपोर्ट एउटा उदाहरण भयो । विभिन्न क्षेत्रमा छरिएर रहेका ब्लगर्स जसले स्वास्थ्य, विज्ञान, वातावरण  आदी विभिन्न क्षेत्रमा लेखिरहनु भएको छ त्यसलाई एकै ठाउँमा ल्याएर सबैको सामु ल्याउने मेरोरिपोर्टको प्रयास  एकदमै राम्रो छ । ब्लगर्सलाई प्रोफेसनल बनाउने, आफ्नो भावना, विचार , ज्ञानलाई प्रस्तुत गर्न मेरोरिपोर्ट ले जसरी पहल गरेको छ यो एकदमै सराहनिय छ । 
भर्खरै मेरोरिपोर्टले एक वष मनाएको छ, त्यो मेरोरिपोर्टको एकदमै ठूलो सफलता हो ।  
म दिनको एक चोटी मेरोरिपोर्टको पोस्ट हेर्ने गर्छु । यसको माध्यमबाट मैले विभिन्न क्षेत्रमा युवाको सोचाइ कस्तो छ भन्ने बुझ्न धेरै सहयोग गरेको छ । 
मेरोरिपोर्टलाई के सुझाव दिन चाहनुहुन्छ ?
मेरोरिपोर्टले ब्लगर्सलाई प्रोत्साहन गरेको एकदमै राम्रो छ । तर यसको अरु संचार माध्यमसँग सहभागिता कम देखिएको छ । साथै मेरोरिपोर्टमा स्वास्थ्य क्षेत्र, वातावरण क्षेत्र, र अरु विभिन्न क्षेत्रमा भइरहेका गतिविधि, कार्यक्रम्, संचार माध्यममा भएका कार्यक्रमलाई पनि मेरोरिपोर्टमा लिन्क राख्न पाए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई ।