Followers

212. हस्तमैथुन (Masturbation): तपाई स्वस्थ भएको संकेत हो ? BY Dr. Surya B.Parajuli


हस्तमैथुन (Masturbation):
 तपाई स्वस्थ भएको संकेत हो ?


म सँग आवद्ध रेडियोहरु, पत्र-पत्रिकाहरु, वेभ-ब्लग, फेसबुक लगायत प्रतक्ष्य सवाग्राहिहरुलाई भेट्दा किशोर-किशोरी, यूवा – युवतीहरुको एउटा मूख्य जिज्ञासा यौन स्वास्थ्य हुने गरेको छ/ त्यसैले यस प्रसङ्गलाई आजको लेखको विषयवस्तु बनाउने जमर्को गरेको छु/ 

यौन स्वास्थ्यका हिसावले हस्तमैथुन एउटा मुख्य विषय वस्तु हुने गरेको पाईन्छ/ मानब स्वास्थ्यका विभिन्न आयामहरू छन् जस मध्ये यौन तथा प्रजनन स्वास्थ्य पनि अति नै महत्वपूर्ण आयाम हो/ यौन तथा प्रजनन स्वास्थ्यका दृस्टीकोणले हस्तमैथुनलाई बिशेष रुपमा हेर्नु पर्ने हुन्छ/ 

विश्व स्वास्थ्य संगठनको परिभाषामा स्वास्थ्य भनेको शारीरिक, मानसिक र सामाजिक स्वस्थ हुने अवस्था हो न कि कुनै रोग र खराबी वाट मात्र मुक्त हुनु हो/ हस्तमैथुनलाई यी तीनै आयामहरू शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सँग जोडेर हेर्नु उपयुक्त हुनेछ/ 

पुरुष वा महिलाले आफ्ना यौन अङ्गहरुलाई आँफै उत्तेजनामा ल्याएर यौन सन्तुष्टि लिने प्रक्रियालाई हस्तमैथुन भनेर बुझ्नु पर्दछ/ विभिन्न यौन सम्बधि सोच लिई पुरुषले आफ्नो  हातले लिङ्गलाई उत्तेजित बनाएर वीर्य स्खलन गराई यौन सन्तुष्टि लिने गरेको पाइन्छ भने  महिलाले आफ्नो भङ्गाकुर (क्लाईटोरिस) खेलाई वा औंला योनी मार्गमा  पसाएर वा लिङ्गजस्ता कृतिम वस्तुको प्रयोग, भाईब्रेटर आदिको प्रयोग गरी यौन सन्तुष्टि लिने गरेको पाइन्छ । 

वास्तवमा उमेर पुगेपछि हस्तमैथुन गर्नु यौन सन्तुष्टिको उपयुक्त माध्यम हो भने यौन स्वास्थ्यको सकारात्मक आधार पनि हो/ यसले व्यक्तिको तनावलाई घटाउन सहयोग गर्दछ/  

हस्तमैथुन गरी वीर्य स्खलन भएपछि वा योनी श्राव भएपछी कमजोर होईने, नपुंसक होईने, यौन रोग लाग्ने भन्ने जस्ता गलत धारणाले ग्रसित व्यक्तिहरु मात्र बिभिन्न समस्याहरुको शिकार हुने गरेको भेटिन्छ/ हस्तमैथुनलाई सकारात्मक रुपमा लिनु जरुरी छ किनकि हस्तमैथुन नगरी यौन सन्तुष्टिको लागि वेश्यालय जाने पर-पुरुषगमन वा पर-स्त्रीगमन गर्ने, केटी वा केटा  साथीहरुसँग यौन सम्पर्क राख्ने आदि गर्दा विभिन्न शारीरिक, मानसिक र सामाजिक समस्याहरु निम्तिन सक्दछन जस्तो शारीरिक समस्याहरुमा यौनरोग सर्ने, एड्स सर्नेगर्भधारण हुने आदि हुन्छन भने मानसिक तथा सामाजिक समस्याहरुमा अनावश्यक तनाव हुने, समाजमा बेइज्जत हुनुपर्ने आदि देखिन्छन/ 

हस्तमैथुनले हाम्रो शरीरमा कुनै पनि नकारात्मक असर पार्दैन तर तपाईंले यसलाई बढी सोच्ने र डरचिन्ता, पीर लिएमा र जति बेला पनि हस्तमैथुन गरि राखेमा भने  गम्भीर नकारात्मक असरहरु पनि पर्न सक्दछन् । 

तसर्थयस्तो अवस्थामा भने सावधान रहनु पर्दछ । 

हस्तमैथुन वास्तवमा तपाई स्वस्थ भएको संकेत पनि हो ।

No comments:

Post a Comment