Followers

178. BPKIHS WEEKLY HEALTH AWARENESS PROGRAM 2014.FEB.1_ DENGUE AND BIRD FLU _धरानमा डेंगी र बर्ड फ्लु सचेतना कार्यक्रम सम्पन्न_DR SURYA PARAJULI अपडेट





धरान ( २०७० माघ १८) वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको आयोजनामा र सुनसरी उध्योग बाणिज्य संघ धरानको सहकार्यमा एक दिने डेंगी र बर्ड फ्लु सम्बन्धि स्वास्थ्य जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो / सो कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्याक्ष प्रा. डा. बिक्रम श्रेष्ठको उपस्थिति थियो / कार्यक्रमलाई डा. अनुप घिमिरे र डेंगी जनचेतना अभियानकर्ता डा. सुर्य पराजुलीले सहजीकरण गर्नु भएको थियो / सो कार्यक्रमलाई कृति टेलिभिजनले छायांकन समेत गरेको थियो / यो प्रतिष्ठानले गर्दै आएको साप्ताहिक नियमित स्वास्थ्य जनचेतना अभियान हो / सहभागीहरुले यस्ता कार्यक्रमलाई नियमितता र विस्तार गर्दै लैजानु पर्ने बताउनु भयो/


तस्बिर सौजन्य:उपेन्द्र चाम्लिङ , ब्लास्ट , धरान