Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

Follow by Email(प्रकाशित पोस्टहरु ईमेलमा प्राप्त गर्नुहोस्।)

118. International Youth Day 2013 (12th Aug )

118. Breast Feeding (स्तनपान सप्ताह र जान्नुपर्ने केही कुराहरु) By डा. सूर्य पराजुली


सामान्य भाषामा बुझ्नुपर्दा बच्चाको जन्म भइसकेपछि आमाले बच्चालाई आफ्नो दूध खुवाउनु स्तनपान हो । 
तपार्इं–हामी धेरैले विभिन्न माध्यमबाट सुनेको, भोगेका नै छौं कि स्तनपान अमृतपानसरह हो । 
अंग्रेजी महिना अगष्टको पहिलो हप्ता पारेर विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष विश्वभर स्तनपान सप्ताह मनाउने गर्दछ ।
 हुन त स्तनपानका बारेमा वर्षैभरि जानकारी राख्नु आवश्यक छ । तर पनि यस सप्ताहको बेला विशेष जानकारीमूलक कार्यक्रमहरु हुने गर्दछन् । 
‘शिशुलाई स्तनपान गराउनको लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमका साथ नेपालमा स्तनपान सप्ताह सफल भएको छ ।

नेपालले सन् १९९५ देखि यो दिवस मनाउन शुरु गरेको हो । 
बच्चा जन्मिएपछि ६ महिनाको उमेरसम्म आमाको दूध माग खुवाउनु पर्दछ । जसलाई ‘एक्सक्लुसिथ व्रेष्ट फिडिङ’ भनिन्छ । 

स्तनपानका सन्दर्भमा हाम्रो गाउँ–समाजमा विभिन्न धारणाहरु रहेको हामीले अध्ययन–अनुसन्धान भ्रमणको क्रममा भेटेका छौं । पहिले स्तनबाट आउने बिगौती दूध बच्चाको लागि अति नै आवश्यकीय वस्तु हो । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई सशक्त पार्न मद्दत गर्दछ । यसले बच्चालाई रोग लाग्नबाट पनि बचाउाछ । बिगौती दूध फोहोर दूध हो भनेर फाल्ने चलन अझै पनि भेटिन्छ, यो एकदमै गलत बुझाइ हो । वास्तवमा यो दुध खुवाउनै पर्दछ । अझ डरलाग्दा केही सामाजिक चलनहरुको बारेमा कुरा गरौं । जस्तो कि छ्याङ, मह, दालको रस, गाईको दूध बच्चालाई जन्मनेबित्तिकै खुवाउने प्रचलन गलत हो ।
इतिहासको प्रसङ्ग कोट्याउने हो भने इजिप्टसियन् ग्रिक तथा रोमन साम्राज्यको बेला महिलाहरु आफ्नो बच्चालाई मात्र दूध खुवाउने गर्दथे । राजकीय परिवारभित्र बच्चालाई दूध खुवाउन बाहिरबाट ‘ओएट नर्स’ को रुपमा महिलाहरुलाई ल्याउने चलन थियो । जुन युरोपभर पछिसम्म पनि रहिरह्यो । १५ औं शताब्दीतिर आएर गाई तथा बाख्राको दूध खुवाउने प्रचलन शुरु भयो । 
सन् १९०० तिर स्तनपानलाई पश्चिमी राष्ट्रहरुमा गलत दृष्टिकोणले हेर्न थालियो । पछि सन् १९६० पछि भने यस्तो नकारात्मक दृष्टिकोणमा सुधार आयो ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०११ को तथ्याङ्क हेर्दा करीब ४५ प्रतिशत महिलाले मात्र १ घण्टाभित्र बच्चालाई स्तनपान गराएको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने अझै पनि स्तनपान सम्बन्धमा आवश्यक ज्ञान राम्ररी नगएको जानकारी पाइन्छ । 

आमाको दूध बच्चाको लागि अति नै उत्तम वस्तु हो भनेर हामीले माथि नै प्रष्ट पारिसक्यौं । दूध खुवाउनाले आमा तथा बच्चा र परिवार समाज सबैलाई फाइदा हुने कुरामा दुईमत छैन । आमाको दूध बच्चालाई खुवाउन कुनै वैज्ञानिक परीक्षण प्रायश: गर्न पर्दैन । आमाको दूध बच्चाको पाचन प्रणालीले सहजै पचाउन सक्दछ । यदि अरु खाना खुवायौं भने नपचेर झाडापखाला लगायतका समस्याहरु आउन सक्दछन् । स्तनपानले बच्चाको शारीरिक र मानसिक दुवैको वृद्धिमा सहयोग पुर्‍याउाछ । आमाको दूध खाने बच्चाको सकारात्मक सोच्ने क्षमतामा वृद्धि हुने अनुसन्धानहरुले देखाएका छन् । यसो त आमाले दूध खुवाउदा आमाको पाठेघर सामान्य अवस्थामा फर्काउन मद्दत गर्दछ । यसले प्राकृतिक परिवार नियोजनको पनि काम गर्दछ ।
आमाको दूध किन्न पर्दैन, यसर्थ यसले आर्थिक बजार पनि कम गराउाछ । यदि हामीले बजारमा पाइने फर्मूला दूधको प्रयोग गर्‍र्यौं भने आर्थिक व्यभार पनि बढाउाछ । त्यस्तो प्रकारको दूधको प्रयोगले बच्चामा विभिन्न संक्रमणहरु हुन सक्दछन् ।
आमाको दूध जतिबेला पनि तयार हुन्छ न कि फर्मूलाहरु तयार पार्नु पर्दछ । आमाको दूध प्राकृतिकरुपकै तयार अवस्थाका रहने हुादा बच्चाको आवश्यकताअनुसार जुनसुकै बेला पनि खुवाउन सकिन्छ । आमाको दूध खाने बच्चाहरुमा आमाप्रति बढी नै आत्मिक सम्बन्ध रहने कुरा अध्ययनहरुले प्रष्ट पारिसकेका छन् । भनिन्छ आमाको दूध खाने बच्चालाई भविष्यमा दम, अस्टियोपोटोसिस, हर्निया, मेनिन्जाइटिस पनि कम गराउादछ ।
आमाको दूधको फाइदा बारेका प्रसङ्गहरुमा हामी विभिन्न दृष्टिकोणले केलाउन सक्दछौं । अरु धेरै फाइदाहरु पनि छन् । 
तर हिजोआज बढ्दो शहरीकरण र आधुनिकतासागै बच्चालाई आमाको दूध खुवाउने प्रचलनमा कमि आउादै गएको छ । यस्तो प्रचलनले गर्दा धेरै समस्याहरु उत्पन्न हुन सक्दछ । तसर्थ, कार्यालयमा बच्चालाई स्तनपान गराउने, अरु ठाउमा पनि बच्चालाई स्तनपान गराउन सबैको सहयोग जरुरी रहन्छ । आमा स्वयम्ले यसमा अग्रणी भूमिका खेल्नुपर्छ । 

समग्रमा भन्नुपर्दा सप्ताहको समयमा मात्र नभई वर्षभर स्तनपानको फाइदाहरुको बारेमा जनचेतनामूलक जानकारी प्रदान गरिरहनु सम्बन्धित निकायको कर्तव्य हो भने हामी सबै सचेत रहनु झन् ठूलो कर्तव्य हुन आउछ ।

117. MALARIA अथार्त औलोलाई सबै मिलेर निर्मुल पार्न तर्फ लाग्नु जरुरी भई सकेको छ by Dr. Surya B. Parajuli




116. FOOD POISOINING