Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

Follow by Email(प्रकाशित पोस्टहरु ईमेलमा प्राप्त गर्नुहोस्।)

143. World Diabetes Day 2013_ 14th of November

सन्दर्भ: बिश्व मधुमेह दिवस १४ नोभेम्बेर २०१३
            
आज बिश्व मधुमेह दिवस, प्रत्यक बर्ष आजकै दिन  यो दिवस मनाउने गरिन्छ सन १९२२ बेनटिनले इन्सुलिन पत्ता लगाएका थिए उनैको जन्म दिनको सम्झनामा यो दिवस् मनाउने गरिन्छ सन १९९१ मा इन्टरनेसनल डाईबेटिज फेडरेसनले यो दिवसको प्रस्ताब गरेको थियो पछी सन  २००७ मा संयुक्त राष्ट्र संघले यसलाई मान्याता दियो सन २००९ देखि २०१३ सम्म बिश्व मधुमेह दिवसको बिषय शिक्षा रोगथाम रहेको
World Diabetes Day, on the 14th November every year, has grown from humble beginnings to become a globally-celebrated event to increase awareness about diabetes.
Comprising hundreds of campaigns, activities, screenings, lecture, meetings and more, World Diabetes Day is proving internationally effective in spreading the message about diabetes and raising awareness for the condition.
November 14th is a significant date in the diabetes calendar because it marks the birthday of the man who co-discovered insulin, Frederick Banting.Banting discovered insulin in 1922, alongside Charles Best.
World Diabetes Day was created in 1991 by the International Diabetes Federation and the World Health Organization in response to growing concerns about the escalating health threat that diabetes now poses. World Diabetes Day became an official United Nations Day in 2007 with the passage of United Nation Resolution 61/225.
World Diabetes Day is internationally recognised and is now an official United Nations Day.
Each year, World Diabetes Day, which is co-ordinated by the International Diabetes Federation (IDF), carries a particular theme and between 2009 and 2013 the theme has been ‘education and prevention’.
The campaign slogan for 2012 was ‘Diabetes: protect our future’ and focuses on supporting children with type 1 diabetes and preventing our current generation of children from developing type 2 diabetes.

142. World Pneumonia Day (विश्व निमोनिया दिवस) 2070_12th of November 2013, केहि जानौ !


140. Ongoing Dengue Research in Eastern Nepal at 2013

Data Collection Snaps
                           ______________________________










Some Finding
______________________________________________

Cross sectional study carried out in Haraicha VDC shows that more than 50% of the respondents were not aware of Dengue while 2.5% of the respondents were found Dengue positive.

139. Dashain and Your Health Concern 2070

दशैं तपाईंको स्वास्थ्य दायित्व

© डा सूर्य पराजुली


हाम्रो देश चाडपर्व, कलासँस्कृतिको हिसाबले समृद्ध राष्ट्र हो यहाँ वर्षैभरि कुनै कुनै चाडपर्व मनाइरहेकै पाइन्छ विभिन्न जातजाति तथा उनीहरुका मूल्यमान्यताहरुका अनुसार विभिन्न चाडपर्व मनाएको पाइन्छ दशैंतिहार नेपालमा मानिने ठूला चाडपर्व हुन्अधिकांश नेपालीले दशैं मनाएको पाइन्छ टीका लगाएर, पिङ खेलेर होस् वा विभिन्न परिकार खाएर होस्, दशैंलाई निरन्तरता दिइएको हामी सबैले देखेका छौं आज हामी मुख्यतया दशैंका विविध पक्षलाई स्वास्थ्यसँग जोडेर तुलना गर्दै केही समाधानका उपायहरु पस्कने जमर्को गर्छौं

विश्व स्वास्थ्य संगठनले भनेको , ‘स्वस्थ्य हुनु भनेको कुनै पनि रोग वा केही खराबीहरुबाट मात्र मुक्त हुनु होइन तथापि एउटा यस्तो आदर्श अवस्था हो जसमा व्यक्ति मानसिक, शारीरिक सामाजिकरुपमा पूर्ण स्वस्थ्य हुनु हो हाम्रो लक्ष्य जहिले पनि यस परिभाषाको पूर्णता प्राप्तिका लागि प्रतिबद्ध हुनुपर्छ तसर्थ विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्यको परिभाषामा रहेर दशैंका विविध पक्षलाई केलाउने प्रयास गरौं
दशैंले स्वास्थ्यका विविध पक्षहरु जस्तोः शारीरिकमानसिक  सामाजिकरुपमा असर पार्छ  
शारीरिक पक्षको कुरा गर्दा मुख्यरुपमा स्वास्थ्यसम्बन्धी तत्कालीन दीर्घकालीन असर पर्छन् दशैंमा हामीले खाने खाना, व्यायाम, धूमपान मद्यपानका धेरै नै असरहरु छन् दशैंमा माछामासु प्रशस्त मात्रामा धेरैपटक खाने चलन यसका साथै अत्याधिक धूमपान मद्यपान गर्ने सँस्कृतिको विकास हुँदै गएको पाइन्छ तासजुवा खेलेर दिनरात बस्दा शारीरिक कसरत हुनै पाउँदैन कब्जियत, झाडाबान्ता, अम्लपित्त, वायुविकार, फुड प्वाइजनिङ तत्काल देखिने असरहरु हुन् हिजोआज ग्लोबल वार्मिङका कारण हाम्रो वातावरण धेरै नै तातो भने हामी नेपालीको दुर्भाग्य भनौं, विद्युत्को नियमितता छैन तसर्थ, मासुलाई लामो समय सुरक्षितरुपमा फ्रिज गरेर पनि राख्न सकिएको छैन  

अभैm पनि हाम्रो देशमा उपयुक्त पशु बधशाला छैन भने यससम्बन्धी कानूनहरु पनि एकदमै फितलो छन् हाम्रोमा पशु निरोगिताको प्रमाणपत्र दिनेलिने प्रचलन पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन यस्ता विविध समस्याले गर्दा फुड प्वाइजनिङ हुने, टाइफाइड, ब्रुसेलोटिस, लेप्टोस्पाइरोसिस, झाडापखालाजस्ता समस्याहरु तत्काल आउनसक्ने उच्च सम्भावनालाई नकार्न मिल्दैन  

त्यस्तै गरेर दीर्घकालीन समस्याहरु पनि दशैंजस्ता चाडपर्वले निम्त्याउन सक्छन् मुख्यतया दीर्घ रोगीहरु जस्तोः मधुमेह, उच्च रक्तचाप, मुटुका रोगहरु स्ट्रोक, मृगौलाका रोगहरु, पेटका रोगहरु, अर्बुद रोगहरुले खानपानमा विशेष ध्यान दिनुपर्छ अत्यधिक मासुको सेवन, मद्यपान धूमपानले दीर्घकालमा कलेजो, पेट   मुटुका रोगहरुको सम्भावना बढाउँछ

खानपानबाट हुने तत्कालीन समस्या समाधान गर्नु आवश्यक हुन्छ माछामासुको छनोट गर्दा स्वस्थ्य खसीबोका, राँगा, सुँगुर, कुखुरा, हाँसको छनोट गर्नुपर्छ झोंक्राएको, धेरै ¥याल काढ्ने, खोक्ने खसीबोकाको मासु खानु हुँदैन आधिकारिक निकायले प्रमाणित गरी स्वस्थ्य भनेका खसीबोका किन्नुपर्छ अनुभवी मानिसले स्वस्थ्य अस्वस्थ्य खसीबोका छुट्याउन सक्छन् उनीहरुको सहयोग लिनुपर्छ  
अब यसपछि कुरा गरौं, बधशालाको हाम्रोमा बधशालाको खासै राम्रो व्यवस्था छैन मासु किन्दा कम्तीमा सफासुग्घर स्थानबाट किन्नुपर्छ झिङ्गा भन्केको, सँडेगलेको, धुलो लागेको, गन्हाउने माछामासु खानु हुँदैन काट्ने मान्छे पनि कत्तिको सफासुग्घर , मूल्याङ्कन गर्नुपर्छ घरमा खसी काट्दा बनाउँदा सफा सुरक्षित स्थानमा गर्नुपर्छ पुरानो प्लाष्टिक ओछ्याउने, गोठमा बनाउने कार्य गर्नु हुँदैन मासु काट्न प्रयोग गरिने हातहतियार, अचानो भाँडाकुँडा सफा सुरक्षित हुनुपर्छ मासुलाई धेरै दिनसम्म प्रयोग गर्नु हुँदैन यसलाई सुरक्षित तरिकाले भण्डारण गर्नुपर्छ विभिन्न तरिकाले मासुलाई भण्डारण गरेको पाइन्छ तथापि फ्रिजमा राख्नु ताजा मासु खानु नै उत्तम हुन्छ

गाउँघरमा प्रत्येक घरमा महाअष्टमीको दिन खसी काट्ने चलन , जुन मासु पूर्णिमा अभैm पछिसम्म पनि प्रयोग गरिन्छ यो ठीक प्रचलन होइन तथापि सकिन्छ भने प्रत्येक दिन फरकफरक घरमा खसीबोका काटेर त्यसलाई छरछिमेकमा मिलेर खाने गर्नाले सबैले स्वस्थ्य मासु प्राप्त गर्छन् अत्यधिक मात्रामा छिटोछिटो मासु खानाले कब्जियत गराउँछ यसले वायुविकार, अम्लपित्त पनि बढाउँछ तसर्थ धेरै चिल्लो, पिरो, मसालेदार मासुका परिकारहरु सकेसम्म नखानु वा थोरै खानुपर्छ पानी प्रशस्त खानुपर्छ खाना खाँदा थोरैथोरै गरेर खानुपर्छ सागसब्जी, फलपूmलजस्ता रेसायुक्त खानाको सेवन गर्नुपर्छ यसले कब्जियत हुनबाट बँचाउँछ धूमपानमद्यपान गर्नु हुँदैन दशैंका नाममा धूमपानमद्यपानले धेरै नै समस्याहरु निम्त्याउन सक्छन् यसले वायुविकार अम्लपित्तलाई बढावा दिन्छ कतिलाई दीर्घकालसम्म यसको लत बस्छ अझ गर्भवती महिला, बच्चा दीर्घरोगी भएका घरमा यसको नकारात्मक असर धेरै पर्छन् अझ अत्यधिक मद्यपान गरिन्छ सवारी हाँक्ने गर्नाले सडक दुर्घटना बढाउँछ दशैंमा मद्यपानका कारण हुने सडक दुर्घटना बढी नै हुन्छन् तास, जुवाजस्ता खेलबाट झगडा हिंसाका घटना हुने गरेका पाइन्छन् तसर्थ, यसमा पनि सचेत रहनैपर्छ अर्को कुरा, शारीरिक कसरतहरु पनि अलिकति गर्नुपर्छ


माछामासुका परिकार सेवन गर्दा कसैलाई अत्यधिक झाडावान्ता भएमा, पेट दुखेमा यो फुड प्वाइजनिङ पनि हुनसक्छ तसर्थ, स्वास्थ्यकर्मीको प्रत्यक्ष सल्लाह उपचारमा जानुपर्छ दीर्घरोगीहरु (जस्तोः मधुमेह) ले खानपानमा विशेष ध्यान दिनुपर्छ आपूmले प्रयोग गरेका औषधिको मात्रा समयलाई ध्यान दिनुपर्छ चुरोट, जाँडरक्सी पूर्णरुपमा बार्नुपर्छ धेरै चिल्लोपिरो मसालेदार खाना खानु हुँदैन शारीरिक कसरत सकारात्मक सोंचलाई निरन्तरता दिनुपर्छ सागपात पानी प्रशस्त मात्रामा लिनुपर्छ थोरै चिल्लोमा पकाएका वा उसिनेका मासुका परिकार खानुपर्छ उच्च रक्तचाप तथा मुटु, मृगौला पेटका रोगीहरुले पनि खानपानमा विशेष ध्यान दिनुपर्छ अति चिल्लोपिरो मसालेदार खानाको सेवन गर्नु हुँदैन अहिलेसम्म हामीले शारीरिक स्वास्थ्यका विविध पक्षमा छलफल ¥यौं अब हामी मानसिक सामाजिक स्वास्थ्यका बारेमा केही छलफल गरौं
शारीरिकरुपमा मात्र नभई मानसिकरुपमा पनि स्वस्थ्य हुनुपर्छ दशैंतिहारजस्ता चाडपर्वमा आफन्तजन साथीसँग भेटघाट हुन्छ परिवारमा माया, ममता, स्नेह हार्दिकता पनि बढ्छ यसले परिवार समाजको विकासमा अग्रणी भूमिका निर्वाह गर्छ दशैंमा मानिसले रिसराग घमण्डलाई त्याग्ने गर्छन् जसले मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्छ धेरै खर्च गर्ने चाडपर्व भड्किलो रुपमा मनाउने गर्दा आर्थिक क्षति अत्यधिक हुन्छ यसको कारणबाट मानसिक तनाव, हिंसा, चोरी, लुटपाट हुने गर्छन् त्यसैले भनिएको पनि , ‘घाँटी हेरी हाड निल्नू अर्थात् आप्mनो गच्छे क्षमताअनुसार खर्च गर्दा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दैन सामाजिक मेलमिलाप, छलफल, सामुदायिक कार्यहरु सामाजिक स्वास्थ्यका पाटाहरु हुन् दशैंजस्ता चाडपर्वमा सबैको भेटघाट हुनाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्छन् यस्तै भेटघाटले कतिपय ठाउँमा विकास निर्माणका काम पनि भएको हामीले देखेका छौं क्षमताभन्दा बढी दक्षिणा दिने गर्नाले समाजमा नकारात्मक प्रभाव पर्छ चाडपर्व धनीका महलहरुमा मात्र  होइन, गरीबका झुपडीहरुमा पनि आउनुपर्छ अत्यधिक मद्यपान, धूमपान, झगडा, हिंसा आदिले सामाजिक स्वास्थ्यमा नकारात्मक प्रभाव पनि भएकाले समयमै सचेत रहनुपर्छ

हाम्रोमा सामाजिक प्रतिष्ठा भएका समाजका केही प्रबुद्ध वर्गले नै चाडपर्वका नाममा जाँडरक्सी खाएर नकारात्मक सन्देश दिएको भेटेका छौं यी यस्ता व्यक्तिले समाजको रोल मोडल भएर पो काम गर्नुपर्छ यसपालिको दशैंबाट यो चेतनाको विकास हामी सबै मिलेर गरौं अन्त्यमा, यसपालिको दशैं सङ्घारमै रहँदा हामी सबैले हाम्रो शारीरिक, मानसिक सामाजिक स्वास्थ्यलाई सुदृढ बनाउन लागिपर्नु आवश्यक असत्यमाथि सत्यको जीतको प्रतीकको रुपमा मनाइने चाड दशैंले हामीभित्रका असत्यलाई सकारात्मक बाटोमा बदल्ने प्रण गरौं  
डाक्टर साथी तपाईंहरुलाई दशैंको हार्दिक शुभकामना व्यक्त गर्दछ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् मस्त रहनुहोस्