Followers

Follow by Email(प्रकाशित पोस्टहरु ईमेलमा प्राप्त गर्नुहोस्।)

60. Do you have Leprosy?_कतै तपाईंलाई कुष्ठरोग पो छ कि ? Written By Dr Surya Parajuli,Nepal_डा. सूर्य पराजुली_२१ औं शताब्दीमा हाम्रो देशका हामी कुष्ठरोगबाट अझै त्रसित र ग्रसित हुन नपरोस् भन्ने हाम्रो कामना छ ।


पृष्ठभूमि
केही वर्ष पहिले जनस्वास्थ्य अनुसन्धानका क्रममा हामी तराईको एउटा गाउा विकास समितिमा पुगेका थियौं एकजना महिलालाई सडकछेउमा अलपत्र अवस्थामा भेट्यौं उनको शरीरमा लाटो, फुस्रो दाग देखिन्थ्यो, जसलाई कुष्ठरोग भन्दै उनलाई घरबाट निकालिएको पो रहेछ अझै अनौठो कुरा के भने पूर्वजन्ममा गरेको पापको फलको रुपमा यो रोग लागेको त्यहाा अन्धविश्वास रहेछ प्राचीन कालदेखि नै यो रोगसाग मानिसहरु परिचित छन् सन् १८७३ मा नर्वेका वैज्ञानिक डाक्टर जिए ह्यानसनले कुष्ठरोग किटाणुको कारणबाट हुने रोग भएको पत्ता लगाएका थिए  
वर्तमान अवस्था इतिहास
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले प्रकाशित गरेको वार्षिक स्वास्थ्य प्रतिवेदन (२०६७/०६८) अनुसार वि.सं. २०६० को अन्त्यसम्ममा नेपालमा २१०४ जनाले औषधि सेवन गरिरहेकामा १४०९ जना सर्ने प्रकृतिका ६९५ नसर्ने प्रकृतिका कुष्ठरोगी थिए विश्व स्वास्थ्य संगठनले प्रकाशित गर्ने वीक्ली इपिडेमिलोजिकल रेकर्डअनुसार नेपालमा सन् २०११ मा हजार सय ८४ जना नयाा कुष्ठरोगी पहिचान भएको भने सन् २०१० मा यो संख्या हजार सय १८ थियो कुष्ठरोग मानव समुदायको प्राचीन सभ्यतादेखि नै अस्तित्वमा थियो इसापूर्व ६०० मा लेखिएको दस्तावेजले यसलाई प्रमाणित गरेको औषधि पत्ता नलाग्दासम्म यसको खासै उपचार नै थिएन सन् १९४० माड्यापसोननामक औषधिको आविष्कारले कुष्ठरोगको उपचारमा क्रान्ति नै ल्याइदियो, तथापि सन् १९६० मा यो औषधिले काम गर्ने शक्ति गुमाउादै गयो तर विश्व स्वास्थ्य संगठनले सन् १९८१ मा बहुऔषधीय उपचार पद्धति ल्याएरड्यापसोन’, ‘रिफामपिसिनक्लोफाजिमीननामक औषधिको प्रयोग गरेपछि उपचारमा थप सफलताहरु हात लाग्दै गए सन् १९९१ मा विश्व स्वास्थ्य संगठनले सन् २००० सम्ममा विश्वबाट कुष्ठरोग निर्मूल गर्ने महत्वाकाङ्क्षी योजना अघि सारेको थियो निर्मूल प्रति १० हजार जनसंख्यामा एकभन्दा कमलाई यो रोग देखिएको अवस्था हो सन् २००० बाट करिब ४० लाख मानिसलाई सफलतापूर्वक उपचार गरिसकिएको सन् १९८५ तिर कुष्ठरोग जनस्वास्थ्यको एउटा मुख्य समस्या थियो, जतिबेला सय २२ राष्ट्र यसको शिकार भएका थिए तर आज सय १९ वटा राष्ट्र कुष्ठरोगबाट मुक्त भइसकेका छन् नेपाल अझै पनि कुष्ठरोग संक्रमित देश हो
कारणहरु
कुष्ठरोग आाखाले देख्न नसकिनेमाइक्रोब्याक्टेरियम लेप्रेनामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो यो रोगले खास गरेर छाला, नशा श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा असर गर्दछ  
सर्ने प्रक्रिया
कीरा, लामखुट्टे, झिङ्गा, उडुस आदिबाट यो रोग सर्दैन उपचार नगरेको छाला बाक्लो वा छालामा गिर्खाहरु भएको सर्ने खालको कुष्ठरोगीसाग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई यो रोग सर्न सक्दछ शरीरमा किटाणु प्रवेश गरेको लामो समय देखि वर्षभित्रमा मात्र कुष्ठरोगका लक्षणहरु देखिन सक्दछन्
प्रकारहरु
कुष्ठरोगलाई लक्षण चिह्नको आधारमा साधारणतया दुई प्रकारमा विभाजन गर्न सकिन्छ
) मल्टी ल्यासिलरी (सर्ने प्रकृतिको)
) पउसी क्यासिलरी (नसर्ने प्रकृतिको)
लक्षण तथा चिह्नहरु
शरीरका कुनै भागमा लाटो, फुस्रो दागहरु आउनु त्यस भागमा रहेका रौंहरु झरेर जानु, पसिना नआउनु नचिलाउनु यसका लक्षण हुन् संक्रमित ठाउामा नशा बाकिलदै जाादा नशा सुन्निने, हातखुट्टा लगातार झमझम गर्ने छोएको थाहा नपाउने हुन जान्छ छालाको नमूना जााच गर्दा किटाणु देखा पर्दछ कानको लोतीमा गिर्खाहरु देखिने तथा छाला चम्किलो बाक्लो हुादै जाने हुन्छ आखीभौंं झरेर जान्छन् अन्त्यमा हातखुट्टाका औंला कमजोर भएर खुम्चादै जाने अङ्गभङ्ग पनि हुने अवस्था आउाछ
जटिलताहरु
हातखुट्टाहरु अङ्गभङ्ग हुनु, आाखामा अन्धोपन बढ्दै जानु, हातखुट्टाका औंलाहरु बाङ्गिनु, अनुहार कुरुप हुादै जानु, घाउ हुनु, मृगौलामा खराबी देखिनु, पुरुषमा बााझोपन आउनु आदि मुख्य जटिलताहरुभित्र पर्छन्  
उपचार प्रक्रिया
बिरामी उसका आफन्तलाई सान्त्वना प्रदान गर्नुपर्छ घरपरिवार समाजलाई कुष्ठरोग पूर्वजन्मको पाप नभई किटाणुको कारणबाट भएको पूर्ण उपचारद्वारा निको पार्न सकिने बुझाउनुपर्छ बिरामीका हातखुट्टाले राम्ररी थाहा नपाउने हुादा विशेष ध्यान दिनैपर्छ आाखाको देख्ने शक्तिमा ह्रास आउनाले विशेष ध्यान दिनु जरुरी नियमित रुपमा पूर्ण रुपमा औषधि सेवन गर्नुपर्छ  
औषधि प्रयोग
सर्ने खालको कुष्ठरोगबाट पीडित रोगीले १२ महिनासम्म नसर्ने खालको कुष्ठरोगबाट पीडित रोगीले महिना नियमित औषधि सेवन गर्नुपर्छ नेपाल सरकारको नीतिअनुसार सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीमा कुष्ठरोगको औषधि नि:शुल्क प्राप्त गर्न सक्नुहुन्छ  
सावधानीहरु
लाटो खुट्टालाई तातो चोटपटकबाट बाचाउनुपर्छ तातो वस्तु समाउादा झुम्रोको प्रयोग गर्नुपर्छ कम हिाड्नुपर्छ, धेरै बेर एकै अवस्थामा उभिनु हुादैन हातखुट्टा राम्रोसाग चिसो पानीमा भिजाएर कडा छाला खुर्कनुपर्छ तेल लगाएर नरम राख्नुपर्छ आाखामा असर भएका बिरामीले कालो चश्मा प्रयोग गर्नु उपयुक्त हुन्छ  
उपसंहार 
हामीले यस लेखबाट कुष्ठरोगसम्बन्धी केही जानकारी अवश्य प्राप्त गरिसकेका छौं समाजलाई कुष्ठरोगमुक्त बनाएर नेपालबाट कुष्ठरोग उन्मूलन गर्न हामीले कम्मर कस्ने बेला भएको यसका लागि हामीले आफ्नो तर्फबाट विभिन्न भूमिका निर्वाह गर्न सक्छौं समुदाय परिवारलाई कुष्ठरोग सर्दैन भन्ने जनचेतना दिनैपर्ने भएको कसैलाई कुष्ठरोग लागेको शंका लागेमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा जान सहयोग गर्नुपर्छ कुष्ठरोगको शंका लागे परीक्षणबाट पत्ता लागेमा नियमित औषधि प्रयोग गर्नुपर्छ २१ औं शताब्दीमा हाम्रो देशका हामी कुष्ठरोगबाट अझै त्रसित ग्रसित हुन नपरोस् भन्ने हाम्रो कामना