Followers

Follow by Email(प्रकाशित पोस्टहरु ईमेलमा प्राप्त गर्नुहोस्।)

54. एपेन्डिसाईटिस ( Appendicitis)


© डा. सूर्य पराजुली

पृष्ठभूमि
मैना अधिकारी १२ कक्षामा अध्ययनरत् छात्रा हुन् दिउँसो कक्षाकोठामा एक्कासी उनको नाइटोवरिपरि असाध्य दुख्न थाल्यो केही समयपश्चात् त्यो दुखाइ दाहिने कम्मर तर्फ सर्न थाल्यो साथीहरुले उनलाई हेर्दा हेर्दै गर्दा एक्कासी उल्टी गर्न थालिन् उनलाई छाम्दा उनको शरीर पनि तात्तिएको थियो उनलाई बिहानैदेखि खानाको रुचि पनि थिएन साथीहरुले उनलाई तत्कालै नजिकको अस्पतालमा लगे चिकित्सकले उनलाई एपेन्डिसाइटिस भएको घोषणा गरे
परिचय
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो यसमा एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा हुन्छ कहिलेकाहीँ फुटिसकेको पनि हुन सक्छ एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ
कारणहरु
एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ यो सुनिन्छ सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ जुन चापका कारण भित्तामा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् पीप जम्न थाल्छ यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ, जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको यसको कारण पश्चिमा देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन् वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ
प्रकारहरु
साधारणतया रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ
लक्षणहरु
. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ . उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ  . साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ . कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ . कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ
परीक्षण
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भएनभएको पत्ता लगाउनुहुन्छ ।अल्ट्रासाउन्ड, एक्सरे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन् ।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ यसले एलभाराडो ज्यान्सकी आदि
उपचार पद्धति
यदि बिरामी २४४८ घण्टाभित्र आएमा शल्यक्रिया गरी एपेन्डिक्सलाई निकाल्ने काम गरिन्छ तर ४८ घण्टापछि आएमा साधारणतया शल्यक्रिया गरिँदैन यस्तो अवस्थामा बिरामीको उपचार अर्कै विधिबाट गरिन्छ भने हप्तापछि बिरामीको शल्यक्रिया गर्ने गरिन्छ
जटिलता
समयमै उपचार हुन नसक्दा एपेन्डिक्स फुटेर संक्रमणको कारण मानिसको मृत्यु पनि हुन सक्दछ शल्यक्रियापश्चात् कसैकसैमा दिसाजन्य पदार्थ आइरहन्छ यसलाई फिकल फस्टुल भनिन्छ यसको उपचार गाह्रो हुन्छ
सारांश
पेट दुखाइलाई सधैं साधारण पेट दुखाइमात्र सम्झनुभएन यो एपन्डिसाइटिस पनि हुन सक्दछ , पेट दुखेको हो नि भनेर औषधि पसलबाट दुखाइ कम गर्ने औषधिले दुखाइ तत्कालै कम गर्ला तथापि एपेन्डिक्स फुटेमा मानिसको मृत्यु पनि हुन सक्छ त्यसर्थ, आफ्नो स्वास्थ्यप्रति आफै  जिम्मेवार हुनुपर्दछ




No comments:

Post a Comment