Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

Follow by Email(प्रकाशित पोस्टहरु ईमेलमा प्राप्त गर्नुहोस्।)

91. नेपालमा विद्यमान् स्वास्थ्य संरचना ( Existing Health Structure of Nepal)


© डा. सुर्य पराजुली

प्राथमिक स्वास्थ्य केन्द्र, हरैचा
नेपाल विश्वको एक प्राकृतिक सुन्दरताले भरिएको राष्ट्र हो सानो राष्ट्र भए पनि यहाँ हिमाल, पहाड तराईको प्राकृतिक विविधता पाइन्छ मौसम भौगोलिक अवस्था, रहनसहन आदिले यहाँका बासिन्दाहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको आज हामी नेपालको स्वास्थ्य क्षेत्रमा विद्यमान् संरचनाका सम्बन्धमा केही चर्चा गर्दैछौं नेपाल सरकारको मातहतमा विभिन्न मन्त्रालय रहेको हामीलाई सर्वविदितै  
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विभिन्न मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि एक हो, जसले स्वास्थ्य सम्बन्धका विविध पक्षमा अभिभावकत्व ग्रहण गर्दछ नेपालमा अहिले विभिन्न प्रकारका उपचार पद्धतिहरु विद्यमान् छन् यी फरकफरक उपचार पद्धतिहरुका आप्नै विशेषताहरु पाइन्छन् नेपालमा अहिले सबैभन्दा बढी चलेको उपचार पद्धतिमा एलोप्याथिक उपचार पद्धति अर्थात् मोडर्न मेडिसिन उपचार पद्धति एक हो यसबाहेक आयुर्वेदिक उपचार पद्धति, होमियोप्याथिक उपचार पद्धति, युनानी उपचार पद्धति परम्परागतलगायत अन्य उपचार पद्धतिहरु छन् नेपालमा धामीझाँक्रीप्रति विश्वास गर्नेको जमात् पनि ठूलै नेपालमा आयुर्वेदिक उपचार पद्धति वि.सं. ९३५ बाट नै शुरु भएको पाइन्छ राणा सरकारको पालामा सिंहदरबार वैद्य खाना स्थापना भएको थियो यो अहिले पनि चलिरहेको वि.सं. २०३८ साल असार ३१ गते विधिवत रुपमा आयुर्वेदलाई डिपार्टमेन्ट अफ हेल्थ सर्भिस (स्वास्थ्य सेवा विभाग) बाट अलग गरी आप्mनै संरचनामा डिपार्टमेन्ट अफ आयुर्वेद खोलिएको पाइन्छ आयुर्वेदिक उपचार पद्धति अहिले नेपालमा फस्टाउँदो क्रममा होमियोप्याथिक उपचार पद्धतिको शुरुआत नेपालमा वि.सं. २०१२ मा पशुपति होमियोप्याथिक अस्पतालको स्थापनाबाट विधिवत रुपमा भएको थियो अहिले विभिन्न संघसंस्थाबाट पनि यो उपचार सेवा प्रदान गरिँदै आएको एलोप्याथिक उपचार पद्धति सम्बन्धमा नै केन्द्रित रहन्छ नेपालमा एलोप्याथिक उपचार पद्धति अठारौं शताब्दीतिर नै शुरु भएको पाइन्छ बीचमा यो उपचार पद्धति अलि धर्मराएको थियो, पछि डाक्टर एच.. ओल्डफिल्डद्वारा जङ्गबहादुरको शासनकालमा यसलाई पुनर्जीवन प्रदान गरिएको थियो सन् १९४७ मा काठमाडौंमा पृथ्वी वीर अस्पतालको नाममा खोलिएको नेपालको सबैभन्दा  पुरानो अस्पताल वीर अस्पतालको नामबाट चलिरहेको हामीलाई थाहा नै
संसारमा एलोप्याथिक उपचार पद्धति ग्रिक मेसोपोटामियाको सभ्यताबाट आएको पाइन्छ प्राचीन ग्रिसका चिकित्सक हिपोक्याट्स आधुनिक औषधि विज्ञानका पिताका रुपमा सम्बोधित छन् नेपालमा स्वास्थ्य जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य मन्त्री स्वास्थ्य सचिव रहन्छन् यसअन्तर्गत विभिन्न विभागहरु छन्, जसले नियमकानुन तर्जुमा गर्ने, उपचार पद्धति निर्देशित गर्ने खोज, छानविन तथा अभिभावकत्व ग्रहण गर्ने गर्दछन् मन्त्रालयअन्तर्गत तीनवटा मुख्य विभागहरु छन्स्वास्थ्य सेवा विभाग, आयुर्वेदिक विभाग, औषधि व्यवस्था विभाग हामी स्वास्थ्य सेवा विभागमा केन्द्रित हुँदैछौं स्वास्थ्य सेवा विभागअन्तर्गत सातवटा महाशाखाहरु केन्द्रीय स्तरमा छन् बाल स्वास्थ्य महाशाखा, परिवार स्वास्थ्य महाशाखा, कुष्ठरोग नियन्त्रण महाशाखा, आपूर्ति व्यवस्थापन महाशाखा, व्यवस्थापन महाशाखा भर्खरै खोलिएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा छन् त्यस्तै गरेर पाँचवटा केन्द्रहरु पनि छन् तिनीहरुमा राष्ट्रिय क्षयरोग केन्द्र्र, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र हुन् यी केन्द्र तथा महाशाखाहरु मन्त्रालयका मातहतमा  रहन्छन् भने आपसमा समन्वय गरी चल्दछन् यिनीहरुले क्षेत्रीय, अञ्चल, जिल्ला तहका शाखाउपशाखाहरुलाई अभिभावकत्व प्रदान गर्दछन् यसैगरी विभिन्न केन्द्रीय अस्पतालहरु पनि छन्
क्षेत्रीय तहमा प्रत्येक विकास क्षेत्रमा एकएक गरी पाँचवटा क्षेत्रीय स्वास्थ्य निर्देशनालय पनि छन्, जसले एउटा विकास क्षेत्रको विभिन्न स्वास्थ्य कार्यालय शाखाउपशाखा कार्यक्रमहरुलाई निर्देशित गर्दछन् पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा यसैगरी क्षेत्रीय स्तरमा तीनवटा क्षेत्रीय दुईवटा उपक्षेत्रीय अस्पतालहरु छन् पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हेटौडा अस्पताल, सुर्खेत अस्पताल, वीरगञ्जमा नारायणी उपक्षेत्रीय अस्पताल, दाङमा राप्ती उपक्षेत्रीय अस्पतालहरु छन्
स्वास्थ्य सचिब डा प्रबिण मिश्र
नेपालका १४ अञ्चलमध्ये १० वटा अञ्चल अस्पतालहरु छन् भेरी, नेपालगञ्ज, धौलागिरी, बाग्लुङ, जनकपुर, कोशी, मेची, सगरमाथा, लुम्बिनी, महाकाली, राप्ती सेती अञ्चल अस्पतालहरु छन् नेपालमा अहिले ७५ जिल्लाहरु छन् जिल्ला स्तरमा ६५ वटा जिल्ला अस्पतालहरु, ६० वटा जिल्ला स्वास्थ्य कार्यालयहरु १५ वटा जिल्ला जनस्वास्थ्य कार्यालयहरु छन्
यसैगरी निर्वाचन क्षेत्रका आधारमा २०८ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरु छन् प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरको दरबन्दी रहने व्यवस्था त्यसै गरी गाउँ विकास समिति नगरपालिका तहमा स्वास्थ्य चौकी वा उपस्वास्थ्य चौकी रहने व्यवस्था सय ७५ वटा स्वास्थ्य चौकी हजार सय २७ वटा उपस्वास्थ्य चौकीहरु छन् त्यसैगरी गाउँ समुदाय स्तरमा महिला स्वास्थ्य स्वयंसेविका ४८ हजार सय ८९ जना, पीएचसी आउट रिच क्लिनिक १३ हजार सय ८० खोपआउट रिच क्लिनिक १६ हजार सय ७४ छन् यी सबै सरकारी स्वास्थ्य संयन्त्रका अतिरिक्त निजी मेडिकल कलेज, अस्पताल, सामुदायिक स्वास्थ्य केन्द्र क्लिनिकहरु छन् यी सबैले एकआपसमा अन्तर्सम्बन्ध राख्दै स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् यस्तै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले पनि विभिन्न रोगमा हात हालेका छन् नेपालमा केही ठाउँमा टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिएका छन्
अन्त्यमा, विश्व आधुनिकीकरणको यो युगमा नेपाल पनि अछुतो रहन सक्दैन नेपालमा अहिले सञ्चार क्षेत्रले फड्को मारेको यसलाई उपयोग गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउन सकिन्छ अहिले प्रायशः नेपालीको हातमा पुगेको मोबाइलबाट स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ जनस्वास्थ्यसम्बन्धी विभिन्न जानकारीहरु, सुझावहरु, औषधि उपचार, शल्यक्रिया आदिका बारेमा खर्च जानकारी, औषधि प्रयोग, दुरुपयोगबारे सामान्य जानकारी, सम्पर्क ठेगानासम्बन्धी जानकारीबाहक मोबाइल, कम्प्युटर एप्लीकेशन बनाएर प्रयोगमा ल्याउन सकिन्छ त्यस्तै गरेर स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी भएका वेभसाइट अनुसन्धानका बेभसाइटलाई दुरुस्त बनाउनुपर्दछ
नेपालमा मेडिकल टुरिजम, मेडिकल भिलेज, विद्यालय स्वास्थ्यजस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै एमहेल्थ, हेल्थजस्ता नयाँ प्रणालीको विकास आवश्यक भइसकेका छन् आप्mनै बारीमा फलेका पहेंला फलपूm हरिया सागपात बेचेर भिटामिनको गोली किनेर खाने धारणामा परिवर्तन आवश्यक अब तपाईंहामी सबै मिलेर नयाँ स्वास्थ्य क्रान्ति गर्नु आवश्यक तपाईंले स्वास्थ्यसम्बन्धी जानकारीहरु www.drsathi.blogspot.com मा पनि हेर्न सुन्न सक्नु हुनेछ

No comments:

Post a Comment