Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

80. देश र क्रान्ति



© डा. सुर्य पराजुली
२८ अप्रिल २०१३, बिराटनगर



रोईरहेछ देश
रुवाउने को  ?
एकै चोटि मारी देउ बरु,
तडपाउने छ जो ? ?

शान्ति भन्दै हत्या गर्छौ,

कलम होईन बन्दुक भर्छौ,
ए देशका क्रान्तिपुरुष हो !
आँफै-आँफैमा किन लड्छौ  ?

देशै  नभए तिम्रो क्रान्ति,
ईतिहास मात्र भएर रहला ।
बरु जितिदेउ सारा नेपाली मन ,
हामी एकसाथ भएर जिऔंला ।

No comments:

Post a Comment