Followers

231. Public Speaking and Leadership Development 1 day Workshop 2015 Jan 17 at BPKIHS

तस्बिरहरु: केहि मेरा केहि राजेश पाण्डे सरका //





























230. हार्दिक श्रद्धाञ्जली (Heart felt Condolence) to डा. रन्जना देवकोटा

A person that departs from this earth never truly leaves, for they are still alive in our hearts and minds, through us, they live on. Please accept our condolences, she will not be forgotten. 







229. HOW TO MINIMIZE RTA_सडक दुर्घटना कसरी घटाउने_ कान्तिपुर राष्ट्रिय दैनिकमा 2015 Feb 04 मा प्रकाशित BY DR. SURYA B. PARAJULI



तस्बिर : ekantipur.com
ट्राफिक ईन्जिनियर आशिष गजुरेलले उठाउनु भएको विषयवस्तु सडक दुर्घटना कसरी घटाउने? समय सान्दर्भिक छ / वास्तबमा यस्ता विषयवस्तुहरुलाई वारम्बार उठाउनु जरुरी भईसकेको छ/ उहाले सडक दुर्घटनाको वास्तविक अवस्थालाई सटिक दंगले विश्लेषण गर्नुका साथै यससँग सम्बन्धित नीति-नियमहरुको पनि जानकारी गराउनु भएको छ/ 

सडक सुरक्षामा सडकको स्थिति, चालकको भूमिका तथा सवारी साधनको अवस्थाले मुख्य भूमिका खेलेका हुन्छन्/ उंहाले उठाएका कुरामा केहि थप गर्दा, जनचेतना मुख्य पाटोको रुपमा रहन्छ भने कानुन कार्यन्वयन अर्को चुनौतिको रुपमा देखिन्छ / 

बिना बैज्ञानिक अनुसन्धान बन्ने गरेका ट्राफिक नियमहरु पनि सडक दुर्घटनाका कारणहरु हुन् / मानौ, तपाई मोटरसाईकलको पछाडी बसेर यात्रा गर्दै हुनुहुन्छ, वर्तमान ट्राफिक नियम अनुसार तपाईले हेल्मेट लगाउन पर्दैन, किन? 

विभिन्न अध्ययन-अनुसन्धान अनुसार मोटरसाईकल दुर्घटना हुँदा पछाडी बस्नेको मृत्यु भएको बढी देखाउछन्/ के पछाडी बस्नेको टाउको जन्मदै दुर्घटना प्रतिरोधी हुन्छ र ?  

अर्को कुरा सडकमा ट्राफिक चेक जांच गर्दा कुनै पूर्व संकेत बिनानै सवारी साधनहरु प्रायस: विच सडकमा रोकिन्छन्, के यसलाई ब्यवथित गर्न मिल्दैन र ? 

हामीले सडक दुर्घटना भन्ने वितिकै सवारी साधन, चालक वा ट्राफिक प्रहरीलाई मात्र सम्झन्छौ तर सडकको बेहाल अवस्था, धुवा फाल्दै हिड्ने थोत्रा सवारी साधन लगायतका धेरै कारण किन भुल्छौ ? 

किन सडक सुरक्षामा सरकारी निकायवाट बैज्ञानिक अध्ययन-अनुसन्धान पर्याप्त हुन् सकिरहेका छैनन्? 

नियमित जनचेतनामुलक कार्यक्रम र कानुन कार्यन्वयन किन सहज हुन सकिरहेका छैनन् ? 

मापसे गरी सवारी साधन चलाउने बिरुद्धको अभियान पश्चात केहि सकारात्मक परिवर्तन गरेकामा ट्राफिक प्रहरीलाई सलाम, तर खै त सडक छेउ-छेउमा भेटिने रक्सी पसलहरुको छ्याप-छ्याप्ती उपस्थिति, यो कसले हेर्ने हो ? 

अनि अन्त्यमा ट्राफिक प्रहरी आफै विभिन्न स्वास्थ्य समस्याका शिकार भइरहेको अवस्थामा, उनीहरुको स्वास्थ्य समयाहरुको वारेमा पनि सोच्न पर्छ कि ?

धन्यवाद /

228. Blood Donation: रक्तदान जीवनदान: 12th May 2015, अन्तराष्ट्रिय नर्सिंग दिवस

अन्तराष्ट्रिय नर्सिंग दिवसको दिन डा. सूर्य पराजुली रक्तदान गर्नुहुदै /