Followers

Follow by Email(प्रकाशित पोस्टहरु ईमेलमा प्राप्त गर्नुहोस्।)

12. WHAT IS DYSMENORRHOEA ? डिस्मेनोरिया थाह पाउन जरुरी छ ! BY DR. SURYA B. PARAJULI, NEPAL

पृष्ठभूमि
------------------------------------

बिभिन्न रेडियो तथा संचार माध्यमहरुमा जनस्वास्थ्यमूलक कार्यक्रम संचालन गर्ने क्रममा धेरै आउने समस्या हो डिस्मेनोरिया,डाक्टर साब ! मेरो एउटा प्रश्न छ । 
हुन त म आफूसँग सम्बन्धित प्रश्न होइन, आम दिदीबहिनीहरुको भोगाइ हो । 
महिनावारी हुँदा धेरै लाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाक्वाकी लाग्ने हुन्छ, दैनिक गरि राखने कामहरु पनि गर्न सक्दैनन् ।
यसले कतै बाझोपन ल्याउने त होइन ?  
रोकथाम गर्न सकिन्छ कि सकिदैन 
संसार भरमा करिब ४० देखि ९५ प्रतिशत महिलाहरुमा यो  समस्या देखिन्छ
२० बर्ष आस पासमा बढी नै समस्या आए पनि उमेर बढदै जादा यो क्रमस ठीक हुँदै जान्छ  
आज यसै सम्वन्धमा कलम चलाउने जमर्को गरे

डिस्मेनोरिया के हो ?
---------------------------------
वास्तवमा महिनावारी हुँदा तल्लो पेट, ढाड, कम्मर दुख्नु र दुखाई बढ्दै गई कहिले काही  गोडाहरु सम्म पुग्नु, वाक्वाकी-बान्ता हुनु, खान मन नलाग्नु र दैनिक कार्य गर्न बाधा हुनुलाई डिस्मेनोरिया भनिन्छ ।  यो विवाहिता, अविवाहिता दुवै  लाई हुन सक्दछ ।  पहिलो पटक महिनामारी भएको समयमा दुखाइ नभए पनि पछि गएर पनि डिस्मेनोरिया हुन सक्दछ । कतिपय  अवस्थामा दुखाइ बढ्न गइ ८१२ घण्टा सम्म पनि दुख्न सक्दछ र औषधीको सेवन गर्नु पर्ने हुन सक्दछ । यसको दुखाइ र उमेर समूहको प्रक्रिया हेरेर डिस्मेनोरियालाई दुई प्रकारले बुझ्न सकिन्छ ।

१.प्राइमरी डिस्मेनोरिया
-----------------------------------
यस प्रकारको डिस्मेनोरिया प्राय गरेर ११२० वर्षको उमेर समूहमा अविवाहिता तथा वयस्क महिलाहरुमा हुने गर्दछ । पहिलो पटक महिनावारी भएदेखि ६ महिना भित्र यदि निम्न लिखित लक्षणहरु देखिएको छ भने त्यस उमेर समूहका महिलाहरुलाई प्राइमरी डिस्मेनोरिया भएको बुझिन्छ ।

लक्षणहरु
------------
महिनावारीको बेलामा तल्लो पेट दुख्नु, कम्मर दुख्नु, ढाड दुख्नु र दुखाई बढ्दै गई गोडाहरु पनि दुख्नु , टाउको दुख्नु, वाक्वाकी लाग्नु र बान्ता हुनु ,पखाला लाग्नु ।

कारणहरु
--------------------
कम उमेरमा महिनावारी सुरु हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनहरु असन्तुलित हुनु, महिनावारी हुँदा पाठेघर भित्र रहेको विकारहरु बाहिर फाल्नु पर्ने हुन्छ । यस समयमा पाठेघर खुम्चिने र तन्किने गरिराखेको हुन्छ ,यसै कारणले पनि तल्लो पेट दुख्ने हुन सक्दछ महिनावारी हुनु भनेको यौनीवाट रगत बग्नु हो ,यस समयमा यौनाङ्गमा कुनै बाधा आयो भने पनि हुन सक्दछ। परिवारमा अन्य कोहीलाई त्यस्तो भएको छ भने पनि हुन सक्दछ,अत्याधिक मोटोपना र सुखमय जीवनशैली ।

२. सेकेन्डरी डिस्मेनोरिया
---------------------
सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहको महिलाहरुलाई हुने गर्दछ  । यो प्रायः विवाहिताहरुमा देखिने समस्या पनि हो । अविवाहितामा पनि देखिन सक्दछ ।

लक्षणहरु
-------------------
 महिनावारी भएको पहिलो केही वर्ष दुखेको अनुभव नहुनु र पछि दुख्नु, महिनामारी समयमा नहुनु र रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनाङ्ग दुखेको अनुभव हुनु वा दुख्नु, बाझोपन देखिनु , अत्याधिक यौनी श्राव हुनु अथवा धेर्रै सेतो पानी बग्नु ,औषधीको सेवन गर्दा पनि दुखाइ कम नहुनु ।

कारणहरु
---------------------
यसका कारणहरु धेरै हुन सक्दछन् ।विशेष गरेर महिला प्रजनन अङ्ग सम्बन्धि कुनै रोग छ भने जस्तै पाठेघरको स्थिति सामान्य भन्दा फरक हुनु, अण्डाशय तथा अण्डबाहिनी नलीहरुमा केही समस्या देखिनु, आदी । लामो समय सम्म आइ.यू.सी. डी तथा कपरटी को प्रयोगले,अनियमित रुपमा औषधिको प्रयोग ।

रोकथाम तथा उपचार
-----------------------------------
महिनावारी एउटा सामान्य प्रक्रिया हो । सर्वप्रथम यसलाई बुझ्न आवश्यक छ । 
समाजमा प्रचलित कुरीतिहरुलाई रोकथाम गर्न तथा स्वास्थ्यमूलक कार्यक्रम संचालन गर्नु पहिलो प्राथमिकता हो । वयस्क तथा अविवाहिता (११२०) उमेर समूहका महिलाहरुलाई प्रजनन स्वास्थ्य शिक्षा स्कूलदेखि नै  उपलब्ध गराउनेसफा मन तातो पानी,  झोलिलो पदार्थ र नियमित सन्तुलित भोजनको सेवनबाट प्राइमरी डिस्मेनोरिया रोकथाम गर्न सकिन्छ ।

महिनावारी हुँदा सफा नरम कपडा प्रयोग गर्ने  र यौनाङ्ग सफा राख्ने सरसफाइमा विशेष ध्यान दिनु पर्दछ । आराम गर्ने तथा दुखाई कम महशुस गर्न नियमित क्रियाकलापहरु गर्ने,दिनहँ दिसा गर्ने बानी बसाल्ने र कब्जियत हुन नदिने । 
औषधिको सेवन गर्नु परेमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि लिने । 
माथि उल्लेखित उपायहरुबाट दुखाइ कम भएन अथवा अत्याधिक रक्त श्राव समयमा महिनावारी हुँदैन, यौनाङ्गमा कुनै समस्या छ र यौन सम्पर्क गर्दा दुखाई बढ्छ । 
प्रजनन अङ्गमा कुनै समस्या भएको महशुस भएको छ भने र औषधिको सेवन गर्दा पनि दुखाई कम भएन भने तुरुन्त स्वास्थ चौकीमा गई सम्पर्क गर्ने अथवा स्त्री रोग विशेषज्ञ डाक्टरको सल्लाह लिने गर्नु पर्दछ ।

स्मरण रहोस्डिस्मेनोरिया आँफैमा रोग होइन ,रोगहरुको लक्षण हुनसक्छ । समस्या पहिचान गरी समाधान गर्न परिवारको सहयोग आवश्य हुन्छ ।


No comments:

Post a Comment