© डा.सूर्य पराजुली
पृष्ठभूमि
संसारभरमा ५ बर्ष मुनिका बालबालिका हरुमा मृत्युको दोश्रो मुख्य कारण झाडापखाला हो । संसारभर करिब २५ करोड प्रती बर्ष यसको शिकार हुने गरेकोमा १५ लाखको मृत्यु हुने गर्दछ । झन्डै प्रत्यक ५ जनामा १ जनको मृत्यु भैइरहेको तथ्याङ्क छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा स्वास्थ्य सेवा बिभाग को २०६७-६८ को वार्षिक प्रतिबेदन अनुसार ५ बर्ष मुनिका बालबालिका हरुमा झाडापखाला सन्क्रमण ५०० प्रती १००० प्रती बर्ष रहेको छ,जुन गत बर्ष भन्दा ९८ ले कमि हो । यसै गरी जिन्क र जीवनजल दुबै प्रयोग गर्नेको संख्या पनि ४८ बाट ८८ प्रतिशत पुग्नु आँफैमा राम्रो देखिन्छ । नेपालमा अझै पनि करिब ३० प्रतिशत नागरिक खुला ठाउँमा दिशा गर्नु हाम्रो बिडमबना हो । जन्मेको पहिलो दुई बर्ष झाडापखालाको सन्क्रमन बढी भई बिस्तारै घटदै जान्छ । संसार भर ८८ प्रतिशत झाडपखालाको को मुख्य कारण असुरक्षित पानिको प्रयोग,अनुपयुक्त सरसफाई देखिन्छ । हामी असोज २८ गते विश्वहात धुने दिवस मनाउछौ । प्रत्येक वर्ष आउने यी दिवसहरुका दिन भव्य भाषण गरिन्छ, योजना वनाइन्छ तर कार्यान्वयन पाटो एकदमै फितलो रहन्छ । हाम्रो जस्तो देशमा त झन् हात नधोइएका कारणबाट श्रृजित विभिन्न रोगहरुका कारण धेरै मानिसहरुको अकालमा मृत्यु भइरहेको छ । हामी अझै पनि जनस्वास्थ्यका यी विविध पक्षहरुलाई सुदृढ वनाउन तर्फ अग्रसर हुन नसक्नु हाम्रो लागि विडम्बना हो । आज हामी यसै सन्दर्भमा झाडापखाला सम्वन्धमा प्रकाश पार्दैछौ ।
परिचय
२४ घण्टा अर्थात १ दिनमा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नुपर्दछ । पखाला लाग्दा निम्न तीन अवस्थाहरु देखिन्छन् । पानी जस्तो पातलो दिसा, धेरै पटक दिसा हुनु, धेरैमात्रामा दिसा हुनु हुन् । साधारणतया बच्चा वा केही ठूला मानिसहरुले पनि ३-४ पटक दिसा गरेको पाइन्छ तर माथिको तीन अवस्था नभएमा यसलाई झाडापखाला भनिदैन । यदि अधिकांश जनतालाई यस सम्बन्धमा ज्ञान हुने हो भने थोरै खर्चमा मृत्युलाई रोक्न पनि सकिन्थ्यो । अझै पनि हामी नेपालीको मृत्यु झाडापखालाकै कारण भएको छ भन्नुपर्दा हाम्रो जनस्वास्थ कति कमजोर छ प्रमाणित हुन्छ ।
२४ घण्टा अर्थात १ दिनमा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नुपर्दछ । पखाला लाग्दा निम्न तीन अवस्थाहरु देखिन्छन् । पानी जस्तो पातलो दिसा, धेरै पटक दिसा हुनु, धेरैमात्रामा दिसा हुनु हुन् । साधारणतया बच्चा वा केही ठूला मानिसहरुले पनि ३-४ पटक दिसा गरेको पाइन्छ तर माथिको तीन अवस्था नभएमा यसलाई झाडापखाला भनिदैन । यदि अधिकांश जनतालाई यस सम्बन्धमा ज्ञान हुने हो भने थोरै खर्चमा मृत्युलाई रोक्न पनि सकिन्थ्यो । अझै पनि हामी नेपालीको मृत्यु झाडापखालाकै कारण भएको छ भन्नुपर्दा हाम्रो जनस्वास्थ कति कमजोर छ प्रमाणित हुन्छ ।
प्रकारहरु
साधारणतया हामी झाडा पखालालाई दुई भागमा विभाजन गर्न सक्दछौ । आकस्मिक झाडापखाला र दीर्घझाडापखाला,आकस्मिक झाडापखाला केही घण्टादेखि २-३ दिनसम्म हुन्छ भने दीर्घ झाडापखाला २ हप्ता वा सो भन्दा बढी समयसम्मको हुन्छ ।
कारणहरु
झाडापखाला लाग्नुका धेरै कारणहरु हुन्छन् । मुख्य तीन कारणहरुमा जीवाणु, विषाणु, परजीविहरु पर्दछन् ।दुषित पानी, दुषित खाना, लुगाफाटा बाट रोग सर्ने गरेको पाइन्छ । झाडा पखाला हुँदा जलवियोजनका कारण शरीरबाट प्रशस्त पानी, नुन तथा पोषण तत्वहरु खेर जान्छन् जसलाई समयमै पुर्ति गर्न नसक्दा मानिसको मृत्यु हुन्छ ।
जल बियोजन
जलबियोजनका बारेमा हामीले अघि नै केही थाहा पाइ सकेका छौ । अब हामी यसका प्रकारका सन्दर्भमा केही प्रष्ट पार्ने जमर्को गर्दैछौ । क) जलबियोजन नभएको, ख) केही जलबियोजन भएको , ग) कडा जलबियोजन भएको ।
कडा जलबियोजनको अवस्थामा आलस्य, बेहोसीपन हुन्छ भने आँखाहरु गाडिएका र सुख्खा रहन्छन् भने आँसु हुदैन । मुख र जिब्रो एकदमै सुख्खा हुन्छ, तरल पदार्थ पानी पिउन सकिदैन । पेटको छालालाई तानेर छोड्दा निकै विस्तारै मात्र फर्कन्छ । पिसाब हुन छोड्ने अवस्था गम्भीर अवस्थामा पर्दछ ।
उपचार
बिश्वा स्वास्थ्य सँगठन र युनिसेफले ७ मुख्य बुंदामा झाडापखाला निवारणमा कुरा गरेको छ ।पहिलो त जीवनजल प्रसस्त मात्रमा प्रयोग गर्नु पर्यो, दोश्रो जिन्क ट्याबलेटको उचित प्रयोग, तेस्रो रोटा भाईरस र दादुरा को खोप्, चौथो पुर्णरुपमा स्तनपान र भिटमिन ए को प्रयोग्,पाच साबुन पानिले सफा सँग हात धुने, छैठौ सफा तथा शुध्य पानीको प्रयोग,सातौ सामुदायिक सरसफाई कार्यकम ।
रोगको अर्थात जलवियोजनको अवस्था अनुसार उपचार प्रकृया सुरु गरिन्छ । जलबियोजन नभएको र केही जलबियोजन भएको अवस्थामा जीवनजल तथा घरेलु उपचार गरिन्छ भने कडा जल बियोजन भएको अवस्थामा नसाबाट शरीरमा आवश्यक तरल पदार्थ औषधि पठाई उपचार गर्ने गरिन्छ ।
घरेलु उपचार प्रक्रिया
विरामीलाई झोल पदार्थ प्रशस्त मात्रामा खुवाउने जस्तै भातको माड, गेडागुडी र तरकारीको रसहरु । विरामीलाई सजिलै पच्न सक्ने खानाहरु जस्तो जाउलो, लिटो, ताजा फलफूलको रस खान सहयोग गर्ने ।केही जलबियोजन भएको अवस्था वच्चालाई आमाको दुध खुवाउन जोड गर्ने र जीवनजलको सही प्रयोग गर्ने, यति गर्दा गर्दै पनि झाडापखाला ठीक नभएमा तृरुन्त स्वास्थ्य संस्थामा लानै पर्दछ ।
रोकथाम
बच्चा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने ।
खान खानु वा खुवाउने अघि सावुनपानीले हात राम्ररी धुने गर्नुपर्दछ ।
बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ ।
सरसफाईमा परिवारका सवै सदस्यहरुले ध्यान दिने, शौचालयको नियमित प्रयोग गर्ने वानी बसाल्नु पर्दछ ।
हामी कहाँ वच्चालाई जहाँ पायो त्यही दिसा पिसाब गराउने वानी छ र वच्चाको दिसाले रोग सार्दैन भन्ने एउटा नकारात्मक सोच पनि हाम्रो समाजमा रहेको पाइन्छ । यो सोचलाई आजैबाट त्याग्नु उपयुक्त देखिन्छ ।
प्रतिजैबिक औषधिको प्रयोग
साधारण प्रकारका झाडापखालामा प्रतिजैबिक औषधिको प्रयोग आवश्यक छैन बरु यसले त झन् नराम्रो असर गर्न सक्दछ । दिसामा आँउ रगत देखिएमा र हैजा भएमा प्रतिजैबिक औषधिको प्रयोग गरिन्छ ।
जीवनजल वनाउने तरिका
एक लिटर सफा पानीमा पुरै एक पुरिया जीवनजलको धुलो राखी राम्ररी घोल्ने, यसरी जीवनजल तयार हुन्छ । पुनश्च जीवनजल बनाउने भाँडो पनि सफा हुनुपर्दछ भने जीवनजल वनाउने व्यक्तिले हात सावुन पानीले सफासँग धोएको हुनु पर्दछ । एक पटक वनाएको जीवनजल २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ ।
सारांश
झाडापखालाबाट अकालमा मानिसको मृत्यु रोक्न आजैबाट तपाई हामी सवै मिलेर अघि बढ्ने हो भने यसको सार्थकता हुनेछ । कछुवाको गतिमा हिड्ने हाम्रो स्वास्थ्य मन्त्रालयलाई चेतना भया ।।
No comments:
Post a Comment