Followers

13.तालु खुइलिनु (Alopecia- Hair Loss)


© डा सुर्य पराजुली

पृष्ठभूमि
बिभिन्न समयमा बिभिन्न पत्र-पत्रीकाहरुमा छापिएका तालु खुईलिने र यसको उपचार भन्दै फोटासहित प्रकाशित भएका बिज्ञापनहरु हामिले प्रशस्तै देखेक छौ। पहिले तालु पुरै या आशिक खुईलेको फोटो र अहिले पुरै कपाल भएको फोटो राखि तुलना गरिएका आकर्षक बिज्ञापनहरु भेटिन्छन् । यस्ता धेरै बिज्ञापन दाताहरुको परिचय समेत स्पष्ट नहुनु नौलो हैन। यस्ता बिज्ञापनमा कति सत्यता छन अनि कति ठगि ? राम शर्मा २२ बर्षमै यस्तो समस्याको शिकार भैसकेका छन । आज हामी यसै बिषयमा केही छलफल गर्दैछौ ।
कपाल रौं परिचय
मुख्यरुपमा रौ लाई ३ प्रकारमा बिभाजन गर्न सकिन्छ । १. लानुगो रौं बच्चा पाठेघरमा हुँदा हुने पातला तथा नरम
रौंहरु हुन्, जुन पाठेघरमै खस्दछन  . भेलस  रौंशरीरको प्रायस सबै भागमा हुने नरम तथा छोटा रौंहरु हुन । ३. टर्मिनल  रौंमुख्यरुपमा टाउको, काखी तथा जनेन्द्रीय बरिपरि हुने कडा लामा रौंहरु हुन
रौं बढ्ने चक्र
हाम्रो टाउकोमा करिब एक लाख जति रौंहरु हुन्छन् एक सय जति दैनिक झर्दछन् एउटा रौंको आयु करिब एक हजार दिन हुन्छ, त्यसपछि यो खस्न थाल्दछ यो सामान्य प्रक्रिया हो यो भन्दा बढी रौं झुर्न समस्या हो
तालु खुइलिनु प्रकारहरु
१)      सिकाट्राइसियल - जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी, चोटपटक, क्यान्सर
) ननसिकाट्राइसियल -
  A) सानो भाग-एलोपेसिया एरेटा(खोइरे रोग), अनुवांशिक (एन्ड्रोजेनिक), ट्राइकोटिलोम्यानिया     (मानसिक रोग), ढुसी संक्रमण (टिनिया) 
B)पुरा भागएलोपेसिया युनिभरसालिस
नोटः ) सिकाट्राइसियलमा रौंका जराहरु नष्ट हुन्छन् ,जसको कारण कपाल पलाउन सक्दैन , तालु चिल्लो देखिन्छ ) नन सिकाट्राइसियलमा रौंका जराहरु हुनाले पुनः पलाउन सक्छ
कारण तथा उपचार 
) एलोपेसिया एरेटा थाइरोइडका रोगहरु, दुवी तथा मानसिक तनावको कारणसँग सम्बन्धित छन् विस्तारै खाली भएको ठाउँमा कपाल उम्रन थाल्दछ स्टेरोइड, सोरालिन आदि उपचारमा प्रयोग गरिन्छ नक्कली कपाल भएको टोपी विग यदि पुरै कपाल झरेमा प्रभावकारी देखिन्छ
) एन्ड्रोजिेनिक एलोपेसीया जसलाई पुरुष प्रकारको खुइले भनिन्छ जुन वंशानुगतरुपमा आएको पाइन्छ तथापि यो बुझ्न पर्छ कि पुरुष हर्मोन बढी हुनेमा यो देखिएको पुरुषमा कुनै परीक्षण आवश्यक नभए पनि महिलामा  भने पुरुष हर्मोन निकाल्ने ट्युमर कि छैन भनी परीक्षण गर्नुपर्दछ पुरुषको हकमा, मिनोजिडिल (५ प्रतिशत) नामक औषधिको प्रयोगले कपाल झर्ने प्रक्रिया ढिलो गराउने तथा नयाँ कपाल पलाएको पनि पाइएको तर यो दीर्घकालीन भने देखिएको छैन किनकि औषधि बन्द गर्ने वितिकै फेरि कपाल झर्न थाल्छ त्यसैले प्रयोगकर्ताले जीवनभर प्रयोग गर्नुपर्ने देखिन्छ फिनासटराइड नामक औषधिको पनि प्रयोग देखिन्छ विग लगाउनु तथा सर्जरी अरु विकल्प हुनसक्छन्
) टेलोजेन इफ्लुभीयम नामक तालु खुईले समस्या मुख्यतम संक्रमण (टाइफाइट, औलों, डेन्गु) तालुका अपरेशन, चोटपटक, परीक्षाको तनाव, तनावयुक्त बैवाहिक सम्बन्ध, प्रशव पीडा आदिमा देखिएका छन् समस्याको निराकरण पहिलो उपचार हो - महिनापछि कपाल झर्न बन्द हुन्छ तर पनि पहिलेकै अवस्थामा आउँदैन्
) ट्याक्सन एलोपेसिया नामक कपाल झर्ने समस्या आजभोलि ह्वातै बढेको पाइएको कपाल सिधा पार्न गरिने प्रविधि हट कम्बिङ यसको मुख्य दोषी हो कपाल कोर्ने स्टाइल परिवर्तन नै उपचार हो
) ट्राइकोटिलोम्यानिया नामक कपाल झर्ने समस्या युवा अवस्थाका केटीहरुमा पाइएको दुखाई कम गर्न कपाल उखाल्ने यो एक मानसिक समस्या हो विरामीलाई मानसिक सहयोग आवश्यक देखिन्छ
) छालाका संक्रमण जस्तो रौंका जराहरुको संक्रमण, ढुसीको संक्रमण, सोरियासिस तथा कुष्ठरोगमा पनि यो देखिएको कारणहरुको उपचार पश्चात स्वत कपाल पलाएको पाइन्छ
) कुनै औषधि जस्तो केमोथेरापी, विष सेवन पश्चात पनि यो समस्या देखिन्छ कारणहरुको उपचार पश्चात स्वत कपाल पलाएको पाइन्छ
) बच्चाहरुमा कुपोषणको कारण पनि कपाल झरेको पाइएको
सझुाव-सल्लाह
) कपाल झर्ने समस्या कुन प्रकारको हो सर्वप्रथम बुझ्नको लागि चिकित्सककोमा जानुहोस्
) चिकित्सकको सल्लाह बमोजिम औषधि उपचार तर्फ लाग्नुहोस्
) तपाईको निराशा उपचारपछि आशामा परिणत नहोला भन्न पनि सकिन्न
) तपाईको सुन्दरताको लागि तपाई हामी सबै मिलेर लाग्ने बेला भएन !
शुभकामना


12. WHAT IS DYSMENORRHOEA ? डिस्मेनोरिया थाह पाउन जरुरी छ ! BY DR. SURYA B. PARAJULI, NEPAL

पृष्ठभूमि
------------------------------------

बिभिन्न रेडियो तथा संचार माध्यमहरुमा जनस्वास्थ्यमूलक कार्यक्रम संचालन गर्ने क्रममा धेरै आउने समस्या हो डिस्मेनोरिया,डाक्टर साब ! मेरो एउटा प्रश्न छ । 
हुन त म आफूसँग सम्बन्धित प्रश्न होइन, आम दिदीबहिनीहरुको भोगाइ हो । 
महिनावारी हुँदा धेरै लाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाक्वाकी लाग्ने हुन्छ, दैनिक गरि राखने कामहरु पनि गर्न सक्दैनन् ।
यसले कतै बाझोपन ल्याउने त होइन ?  
रोकथाम गर्न सकिन्छ कि सकिदैन 
संसार भरमा करिब ४० देखि ९५ प्रतिशत महिलाहरुमा यो  समस्या देखिन्छ
२० बर्ष आस पासमा बढी नै समस्या आए पनि उमेर बढदै जादा यो क्रमस ठीक हुँदै जान्छ  
आज यसै सम्वन्धमा कलम चलाउने जमर्को गरे

डिस्मेनोरिया के हो ?
---------------------------------
वास्तवमा महिनावारी हुँदा तल्लो पेट, ढाड, कम्मर दुख्नु र दुखाई बढ्दै गई कहिले काही  गोडाहरु सम्म पुग्नु, वाक्वाकी-बान्ता हुनु, खान मन नलाग्नु र दैनिक कार्य गर्न बाधा हुनुलाई डिस्मेनोरिया भनिन्छ ।  यो विवाहिता, अविवाहिता दुवै  लाई हुन सक्दछ ।  पहिलो पटक महिनामारी भएको समयमा दुखाइ नभए पनि पछि गएर पनि डिस्मेनोरिया हुन सक्दछ । कतिपय  अवस्थामा दुखाइ बढ्न गइ ८१२ घण्टा सम्म पनि दुख्न सक्दछ र औषधीको सेवन गर्नु पर्ने हुन सक्दछ । यसको दुखाइ र उमेर समूहको प्रक्रिया हेरेर डिस्मेनोरियालाई दुई प्रकारले बुझ्न सकिन्छ ।

१.प्राइमरी डिस्मेनोरिया
-----------------------------------
यस प्रकारको डिस्मेनोरिया प्राय गरेर ११२० वर्षको उमेर समूहमा अविवाहिता तथा वयस्क महिलाहरुमा हुने गर्दछ । पहिलो पटक महिनावारी भएदेखि ६ महिना भित्र यदि निम्न लिखित लक्षणहरु देखिएको छ भने त्यस उमेर समूहका महिलाहरुलाई प्राइमरी डिस्मेनोरिया भएको बुझिन्छ ।

लक्षणहरु
------------
महिनावारीको बेलामा तल्लो पेट दुख्नु, कम्मर दुख्नु, ढाड दुख्नु र दुखाई बढ्दै गई गोडाहरु पनि दुख्नु , टाउको दुख्नु, वाक्वाकी लाग्नु र बान्ता हुनु ,पखाला लाग्नु ।

कारणहरु
--------------------
कम उमेरमा महिनावारी सुरु हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनहरु असन्तुलित हुनु, महिनावारी हुँदा पाठेघर भित्र रहेको विकारहरु बाहिर फाल्नु पर्ने हुन्छ । यस समयमा पाठेघर खुम्चिने र तन्किने गरिराखेको हुन्छ ,यसै कारणले पनि तल्लो पेट दुख्ने हुन सक्दछ महिनावारी हुनु भनेको यौनीवाट रगत बग्नु हो ,यस समयमा यौनाङ्गमा कुनै बाधा आयो भने पनि हुन सक्दछ। परिवारमा अन्य कोहीलाई त्यस्तो भएको छ भने पनि हुन सक्दछ,अत्याधिक मोटोपना र सुखमय जीवनशैली ।

२. सेकेन्डरी डिस्मेनोरिया
---------------------
सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहको महिलाहरुलाई हुने गर्दछ  । यो प्रायः विवाहिताहरुमा देखिने समस्या पनि हो । अविवाहितामा पनि देखिन सक्दछ ।

लक्षणहरु
-------------------
 महिनावारी भएको पहिलो केही वर्ष दुखेको अनुभव नहुनु र पछि दुख्नु, महिनामारी समयमा नहुनु र रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनाङ्ग दुखेको अनुभव हुनु वा दुख्नु, बाझोपन देखिनु , अत्याधिक यौनी श्राव हुनु अथवा धेर्रै सेतो पानी बग्नु ,औषधीको सेवन गर्दा पनि दुखाइ कम नहुनु ।

कारणहरु
---------------------
यसका कारणहरु धेरै हुन सक्दछन् ।विशेष गरेर महिला प्रजनन अङ्ग सम्बन्धि कुनै रोग छ भने जस्तै पाठेघरको स्थिति सामान्य भन्दा फरक हुनु, अण्डाशय तथा अण्डबाहिनी नलीहरुमा केही समस्या देखिनु, आदी । लामो समय सम्म आइ.यू.सी. डी तथा कपरटी को प्रयोगले,अनियमित रुपमा औषधिको प्रयोग ।

रोकथाम तथा उपचार
-----------------------------------
महिनावारी एउटा सामान्य प्रक्रिया हो । सर्वप्रथम यसलाई बुझ्न आवश्यक छ । 
समाजमा प्रचलित कुरीतिहरुलाई रोकथाम गर्न तथा स्वास्थ्यमूलक कार्यक्रम संचालन गर्नु पहिलो प्राथमिकता हो । वयस्क तथा अविवाहिता (११२०) उमेर समूहका महिलाहरुलाई प्रजनन स्वास्थ्य शिक्षा स्कूलदेखि नै  उपलब्ध गराउनेसफा मन तातो पानी,  झोलिलो पदार्थ र नियमित सन्तुलित भोजनको सेवनबाट प्राइमरी डिस्मेनोरिया रोकथाम गर्न सकिन्छ ।

महिनावारी हुँदा सफा नरम कपडा प्रयोग गर्ने  र यौनाङ्ग सफा राख्ने सरसफाइमा विशेष ध्यान दिनु पर्दछ । आराम गर्ने तथा दुखाई कम महशुस गर्न नियमित क्रियाकलापहरु गर्ने,दिनहँ दिसा गर्ने बानी बसाल्ने र कब्जियत हुन नदिने । 
औषधिको सेवन गर्नु परेमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि लिने । 
माथि उल्लेखित उपायहरुबाट दुखाइ कम भएन अथवा अत्याधिक रक्त श्राव समयमा महिनावारी हुँदैन, यौनाङ्गमा कुनै समस्या छ र यौन सम्पर्क गर्दा दुखाई बढ्छ । 
प्रजनन अङ्गमा कुनै समस्या भएको महशुस भएको छ भने र औषधिको सेवन गर्दा पनि दुखाई कम भएन भने तुरुन्त स्वास्थ चौकीमा गई सम्पर्क गर्ने अथवा स्त्री रोग विशेषज्ञ डाक्टरको सल्लाह लिने गर्नु पर्दछ ।

स्मरण रहोस्डिस्मेनोरिया आँफैमा रोग होइन ,रोगहरुको लक्षण हुनसक्छ । समस्या पहिचान गरी समाधान गर्न परिवारको सहयोग आवश्य हुन्छ ।


11.झाडापखाला ( Diarrhoea)

© डा.सूर्य पराजुली

पृष्ठभूमि
संसारभरमा ५ बर्ष मुनिका बालबालिका हरुमा मृत्युको दोश्रो मुख्य कारण झाडापखाला हो । संसारभर करिब २५ करोड प्रती बर्ष यसको शिकार हुने गरेकोमा १५ लाखको मृत्यु हुने गर्दछ । झन्डै प्रत्यक ५ जनामा १ जनको मृत्यु भैइरहेको तथ्याङ्क छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा स्वास्थ्य सेवा बिभाग को २०६७-६८ को वार्षिक प्रतिबेदन अनुसार ५ बर्ष मुनिका बालबालिका हरुमा झाडापखाला सन्क्रमण  ५०० प्रती १००० प्रती बर्ष रहेको छ,जुन गत बर्ष भन्दा ९८ ले कमि हो । यसै गरी जिन्क र जीवनजल दुबै प्रयोग गर्नेको संख्या पनि ४८ बाट ८८ प्रतिशत पुग्नु आँफैमा राम्रो देखिन्छ । नेपालमा अझै पनि करिब ३० प्रतिशत नागरिक खुला ठाउँमा दिशा गर्नु हाम्रो बिडमबना हो । जन्मेको पहिलो दुई बर्ष झाडापखालाको सन्क्रमन बढी भई बिस्तारै घटदै जान्छ । संसार भर ८८ प्रतिशत झाडपखालाको को मुख्य कारण असुरक्षित पानिको प्रयोग,अनुपयुक्त सरसफाई देखिन्छ । हामी असोज २८ गते विश्वहात धुने दिवस मनाउछौ । प्रत्येक वर्ष आउने यी दिवसहरुका दिन भव्य भाषण गरिन्छ, योजना वनाइन्छ तर कार्यान्वयन पाटो एकदमै फितलो रहन्छ । हाम्रो जस्तो देशमा त झन् हात नधोइएका कारणबाट श्रृजित विभिन्न रोगहरुका कारण धेरै मानिसहरुको अकालमा मृत्यु भइरहेको छ । हामी अझै पनि जनस्वास्थ्यका यी विविध पक्षहरुलाई सुदृढ वनाउन तर्फ अग्रसर हुन नसक्नु हाम्रो लागि विडम्बना हो । आज हामी यसै सन्दर्भमा झाडापखाला सम्वन्धमा प्रकाश पार्दैछौ ।
परिचय
२४ घण्टा अर्थात १ दिनमा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नुपर्दछ । पखाला लाग्दा निम्न तीन अवस्थाहरु देखिन्छन् । पानी जस्तो पातलो दिसा, धेरै पटक दिसा हुनु, धेरैमात्रामा दिसा हुनु हुन् । साधारणतया बच्चा वा केही ठूला मानिसहरुले पनि ३-४ पटक दिसा गरेको पाइन्छ तर माथिको तीन अवस्था नभएमा यसलाई झाडापखाला भनिदैन । यदि अधिकांश जनतालाई यस सम्बन्धमा ज्ञान हुने हो  भने थोरै खर्चमा मृत्युलाई रोक्न पनि सकिन्थ्यो । अझै पनि हामी नेपालीको मृत्यु झाडापखालाकै कारण भएको छ भन्नुपर्दा हाम्रो जनस्वास्थ कति कमजोर छ प्रमाणित हुन्छ ।
प्रकारहरु
साधारणतया हामी झाडा पखालालाई दुई भागमा विभाजन गर्न सक्दछौ । आकस्मिक झाडापखाला र दीर्घझाडापखाला,आकस्मिक झाडापखाला केही घण्टादेखि २-३ दिनसम्म हुन्छ भने दीर्घ झाडापखाला २ हप्ता वा सो भन्दा बढी समयसम्मको हुन्छ ।
कारणहरु
झाडापखाला लाग्नुका धेरै कारणहरु हुन्छन् । मुख्य तीन कारणहरुमा जीवाणु, विषाणु, परजीविहरु पर्दछन् ।दुषित पानी, दुषित खाना, लुगाफाटा बाट रोग सर्ने गरेको पाइन्छ । झाडा पखाला हुँदा जलवियोजनका कारण शरीरबाट प्रशस्त पानी, नुन तथा पोषण तत्वहरु खेर जान्छन् जसलाई समयमै पुर्ति गर्न नसक्दा मानिसको मृत्यु हुन्छ ।
जल बियोजन
जलबियोजनका बारेमा हामीले अघि नै केही थाहा पाइ सकेका छौ । अब हामी यसका प्रकारका सन्दर्भमा केही प्रष्ट पार्ने जमर्को गर्दैछौ । क) जलबियोजन नभएको, ख) केही जलबियोजन भएको , ग) कडा जलबियोजन भएको ।
कडा जलबियोजनको अवस्थामा आलस्य, बेहोसीपन हुन्छ भने आँखाहरु गाडिएका र सुख्खा रहन्छन् भने आँसु हुदैन । मुख र जिब्रो एकदमै सुख्खा हुन्छ, तरल पदार्थ पानी पिउन सकिदैन । पेटको छालालाई तानेर छोड्दा निकै विस्तारै मात्र फर्कन्छ । पिसाब हुन छोड्ने अवस्था गम्भीर अवस्थामा पर्दछ ।
उपचार
बिश्वा स्वास्थ्य सँगठन र युनिसेफले ७ मुख्य बुंदामा  झाडापखाला निवारणमा कुरा गरेको छ ।पहिलो त जीवनजल प्रसस्त मात्रमा प्रयोग गर्नु पर्‍यो, दोश्रो जिन्क ट्याबलेटको उचित प्रयोग, तेस्रो रोटा भाईरस र दादुरा को खोप्, चौथो पुर्णरुपमा स्तनपान र भिटमिन ए को प्रयोग्,पाच साबुन पानिले सफा सँग हात धुने, छैठौ सफा तथा शुध्य पानीको प्रयोग,सातौ सामुदायिक सरसफाई कार्यकम ।
 रोगको अर्थात जलवियोजनको अवस्था अनुसार उपचार प्रकृया सुरु गरिन्छ । जलबियोजन नभएको र केही जलबियोजन भएको अवस्थामा जीवनजल तथा घरेलु उपचार गरिन्छ भने कडा जल बियोजन भएको अवस्थामा नसाबाट शरीरमा आवश्यक तरल पदार्थ औषधि पठाई उपचार गर्ने गरिन्छ ।
घरेलु उपचार प्रक्रिया
विरामीलाई झोल पदार्थ प्रशस्त मात्रामा खुवाउने जस्तै भातको माड, गेडागुडी र तरकारीको रसहरु । विरामीलाई सजिलै पच्न सक्ने खानाहरु जस्तो जाउलो, लिटो, ताजा फलफूलको रस खान सहयोग गर्ने ।केही जलबियोजन भएको अवस्था वच्चालाई आमाको दुध खुवाउन जोड गर्ने र जीवनजलको सही प्रयोग गर्ने, यति गर्दा गर्दै पनि झाडापखाला ठीक नभएमा तृरुन्त स्वास्थ्य संस्थामा लानै पर्दछ ।
रोकथाम
बच्चा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने ।
खान खानु वा खुवाउने अघि सावुनपानीले  हात राम्ररी धुने गर्नुपर्दछ ।
बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ ।
सरसफाईमा परिवारका सवै सदस्यहरुले ध्यान दिने, शौचालयको नियमित प्रयोग गर्ने वानी बसाल्नु पर्दछ ।
हामी कहाँ वच्चालाई जहाँ पायो त्यही दिसा पिसाब गराउने वानी छ र वच्चाको दिसाले रोग सार्दैन भन्ने एउटा नकारात्मक सोच पनि हाम्रो समाजमा रहेको पाइन्छ । यो सोचलाई आजैबाट त्याग्नु उपयुक्त देखिन्छ ।
प्रतिजैबिक औषधिको प्रयोग
साधारण प्रकारका झाडापखालामा प्रतिजैबिक औषधिको प्रयोग आवश्यक छैन बरु यसले त झन् नराम्रो असर गर्न सक्दछ । दिसामा आँउ रगत देखिएमा र हैजा भएमा प्रतिजैबिक औषधिको प्रयोग गरिन्छ ।
जीवनजल वनाउने तरिका
एक लिटर सफा पानीमा पुरै एक पुरिया जीवनजलको धुलो राखी राम्ररी घोल्ने, यसरी जीवनजल तयार हुन्छ । पुनश्च जीवनजल बनाउने भाँडो पनि सफा हुनुपर्दछ भने जीवनजल वनाउने व्यक्तिले हात सावुन पानीले सफासँग धोएको हुनु पर्दछ । एक पटक वनाएको जीवनजल २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ ।
सारांश
झाडापखालाबाट अकालमा मानिसको मृत्यु रोक्न आजैबाट तपाई हामी सवै मिलेर अघि बढ्ने हो भने यसको सार्थकता हुनेछ । कछुवाको गतिमा हिड्ने हाम्रो स्वास्थ्य मन्त्रालयलाई चेतना भया ।।