आज मिति २०७१
फाल्गुन २६ गते वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्साशास्त्र
तेस्रो बर्षमा अध्ययनरत विधार्थीको शैक्षिक अनुसन्धान कार्यक्रमको शिलशिलामा
सुनसरी जिल्लाको सिमरिया गाउँ विकास समितिमा एक दिने स्वाइन फ्लु सम्बन्धी जनचेतना
मुलका कार्यक्रम तथा वैज्ञानिक रुपमा हात धुने र मास्कको प्रयोग सम्बन्धमा अभिमुखीकरण
अभियानको सुरुवात गरिएको छ / उक्त अवसरमा विधार्थीहरु रोमन ढकाल, राहुल कुमार जैसवाल, सत्यम महाजु,
राजन कुमार शाह, स्नेहा गर्ग, ख्याती, राजेन्द्र, स्वेतांक, रोजन बस्नेत र रबिन
यादवद्वारा आफुले बनाएका तस्बिर चित्रद्वारा स्वाइन फ्लु वारेमा प्रस्ट पारिएको
थियो भने हात धुने तरिका सिकाए पश्चात सहभागीलाई पनि हात धुन लगाईएको थियो/ स्वाइन
फ्लुको वर्तमान अवस्था, यसको परिचय, सर्ने कारण, लक्ष्यण तथा चिन्हहरु, रोगथामका उपायहरु
र उपचारको वारेमा जनचेतना प्रदान गरे पश्चात सहभागीहरुलाई माक्स पनि वितरण गरिएको
थियो/ प्रशिक्षक प्रमोद जी. सी. को उपस्थिति रहेको उक्त कार्यक्रममा प्रशिक्षक तथा
डाक्टर साथीका अभियन्ता डा. सूर्य पराजुलीले सहभागीको जिज्ञासाहरुको समाधान गर्नु
भएको थियो/ उपस्थित सहभागीहरुले यस्ता कार्यक्रमले ग्रामिण जनतामा चेतना बढाई यी र
यस्ता रोग लाग्न नदिने र लागिहालेमा सही तथा चाडो उपचार हुन् सहयोग पुग्ने वताउनु
भयो/
नमस्कार! नेपाल मेडिकल भोलिन्टियर सोसाईटी (डाक्टर साथी) मुलमर्म “तपाई हामी सबै मिली,स्वस्थ नेपाल झिलिमिली” लिएको एउटा समुह हो, जसले स्वेच्छिक रुपमा बिभिन्न सहृदयी ब्यक्तित्वहरु र संघ सस्थाहरुको सहयोग र सहकार्यमा नेपाली गाउँ-समाज,कुना-कन्दरा र हेपिएका अपहेलित बस्तीबाट स्वास्थ्य चेतनाको दियो बाल्दै जाने अभिप्राय लिएको छ। यो एउटा नयाँ सोच मात्र होइन, नयाँ शुरुवात पनि हो । तपाई पनि सहकार्य गर्नसक्नुहुनेछ। आऔ, हातेमालो गरौ। नयाँ काम शुरु गर्न कहिले ढिलो हुने छैन ।
Dengue Education Campaign 2013/2014 (जनहितका लागी डेंगी शिक्षा अभियान २०१३/२०१४) के र किन ???
ब्लग हेरिएको संख्या >>>
Search This Blog (यो वेभब्लगमा प्रकाशित बिषयबस्तु हेर्न यहाँ शब्द राख्नुहोस )
Followers
Showing posts with label MoHP. Show all posts
Showing posts with label MoHP. Show all posts
Subscribe to:
Posts (Atom)