Followers

Follow by Email(प्रकाशित पोस्टहरु ईमेलमा प्राप्त गर्नुहोस्।)

29. What is Tuberculosis? What is the situation in Nepal_क्षयरोग ( टि.बी. )_© Dr. Surya Parajuli



पृष्ठभूमि
प्रत्यक बर्ष मार्च २४  तारिक हामी विश्व क्षयरोग दिवस मनाउछौ आज पनि यो रोग हाम्रो जस्तो राष्ट्रको लागि एउटा प्रमुख स्वास्थ्य समस्या रहेकोमा दुईमत  छैन ।तपाई, हामी सवै जानेर नजानेर यसको शिकार बनिरहेका छौ यस लेखमा आज हामी फोक्सोमा हुने क्षयरोगको बारेमा मात्र चर्चा गरौं
परिचय
क्षयरोग एउटा संक्रामक सरुवा रोग हो ,यो माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुको संक्रमणबाट देखा पर्ने गर्दछ साधारण भाषामा यसलाई टि.वी लागेको भनी चिनिने गरिन्छ । मुख्यतया फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क, छालामा समेत यसले आक्रमण गर्दछ । सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षयरोगलाई ग्लोबल इमरजेन्सीको रुपममा घोषणा गर्‍यो ।
इतिहास
आजभन्दा पाँच लाख वर्ष पहिले टर्कीमा रहेका चिहानमा क्षयरोगका चिन्हहरु भेटिएका थिए ट्युबरक्लोसिस भन्ने शब्द चाही सन् १८३९ बाट प्रयोगमा आएको पाइन्छ सन् १८८२ मा जर्मनका डाक्टर रर्बट कचले क्षयरोगका किटाणु पत्ता लगाएपछि एउटा नयाँ आबिष्कार भयो यता पेरिसमा  अल्बर्ट काल्मेटी क्यामिली ग्युरिन द्बारा सन १९२४ मा  बि. सि. जी.  भ्याक्सीनको आविष्कार पश्चात भने चिकित्सा इतिहासमा नयाँ युगको थालनी भयो ।
नेपालको अवस्था
क्षयरोग नेपालको एउटा मुख्य जनस्वास्थ्य समस्या हो ।झनडै ४५ प्रतिशत मानिसहरु यस बाट सन्क्रमित छन जस मध्य ६० प्रतिशत बयस्क छन करिब ८०,००० नेपाली क्षयरोगबाट ग्रसित छन् प्रत्यक बर्ष ४०,००० जनालाई टि बि को सन्क्रमन भएकोमा २०,००० जनामा फोक्सोको सर्ने खालको टि बि देखिन्छ ५००० देखि ७०००जनाको प्रत्यक बर्ष मृत्यु हुनु गरेको पाईछ १६ जुलाई २०११ सम्मा नेपालमा ,११८ डटस् उपचार केन्द्र ,१०३ उप केन्द्र हरु रहेका छन  नेपालले सन २०५० सम्ममा टि बि लाई निर्मुल गर्ने महोत्काक्षी लक्ष्य राखेको जसको लागि प्रती १० लाख जनसंख्यामा भन्दा कम टि बि बिरामी हुनु पर्ने
कारणहरु
माईकोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणु ,एडस लागेका व्यक्तिहरु ,मधपान तथा धुम्रपान बढी गर्ने व्यक्तिहरु , कूपोषित बच्चाहरु , बातावरणीय सरसफाईको अभाव  
रोग सर्ने तरिका
रोगीले हाच्छँयु गर्दा हावाको माध्यमवाट किटाणु  फोक्सोमा  प्रवेश गर्दछन् , त्यसको हप्तामा रोग देखा पर्दछ
रोगका लक्षण तथा चिन्हहरु
 मुख्य लक्षणहरु:-  हप्ता भन्दा लामो समय सम्म खोकी लागिरहनु ,अत्याधिक खकार, त्यसमा पनि रगत देखिनु ,तौल घट्नु
(दुई हप्ते खोकी, क्षयरोग पो हो कि ?)। अन्य लक्षणहरु :-छाती दुख्ने , श्वास फेर्न गाह्रो हुनु , ज्वरो आउनु , राती पसिना धेरै आउनु , थकान महशुश हुन ,अरुची

पि.टि.बि. सस्पेक्ट भनेको के हो ?
यदि हप्ता लामो समयसम्म खोकी लागिरहेमा तपाईमा क्षयरोगको सम्भावना अत्याधिक रहन्छ त्यसैले खकार परीक्षण गराउनै पर्दछ
परीक्षण प्रक्रियाहरु
.खकार जाँच (SMS प्रकिया)
पहिलो स्याम्पलतालिमप्राप्त स्वास्थ्यकर्मीको संस्थामा नै खकार संकलन गर्ने विरामीलाई खकार संकलन गर्ने भाडो दिएर घर पठाउने दोस्रो स्याम्पलघर पठाएको भाडोमा विहानको खकार सही तरिकाले ल्याउने तेस्रो स्याम्पलदोश्रो स्याम्पल लिएर आँउदा फेरि स्वास्थ संस्थामा नै खकार संकलन गर्ने ।त्यसपछि त्यस खकारको स्याम्पललाई परीक्षण गरिन्छ
. मन्टु (ट्युबरक्युलिन) टेष्ट
. छातिको एक्स रे
. रगतको परीक्षण
उपचार प्रकिया
. साधारण उपचार  :-आराम गर्ने , पोषणयुक्त खाना खाने , मधपान धुम्रपान नगर्ने ,  हरियो साग, फलफुल, माछामासु प्रशस्त खाने , पोषिलो तरल खानाहरु सेवन गर्ने
. लाक्षणिक उपचार :-खोकीको लागि औषधी दिने , ज्वरो दुखाइको लागि औषधी दिने , लक्षण अनुसार उपचार गर्दै लैजाने
. प्रमुख उपचार :- एन्टी ट्युवरकुलर उपचार पद्धति (ए. टि. टि. ) अनुसार गर्ने सुविधा स्वास्थ्य संस्थामा डट्स विधी द्वारा निःशुल्क ।तपाइको दीर्घ जीवनको कामना