Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

17.NMVS बिद्यालय स्वास्थ्य कार्यक्रम

NMVS बिद्यालय स्वास्थ्य कार्यक्रमको क्रममा स्कुलका बिद्यार्थी माझ....(Tuberculosis Health Education )


क्षयरोग ( टि.बी. )
पृष्ठभूमि
रोवर्ट कच तपाईलाइ सलाम ,मार्च २४  तारिक हामी विश्व क्षयरोग दिवस मनाउछौ आज पनि यो रोग हाम्रो जस्तो राष्ट्रको लागि एउटा प्रमुख स्वास्थ्य समस्या रहेकोमा दुईमत  छैन ।तपाई, हामी सवै जानेर नजानेर यस्को शिकार बनिरहेका छौ यस लेखमा आज हामी फोक्सोमा हुने क्षयरोगको बारेमा मात्र चर्चा गरौं
परिचय
क्षयरोग एउटा संक्रामक सरुवा रोग हो ,यो माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुको संक्रमणबाट देखा पर्ने गर्दछ साधारण भाषामा यसलाई टि.वी लागेको भनी चिनिने गरिन्छ ।मुख्यतया फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क, छालामा समेत यसले आक्रमण गर्दछ । सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षयरोगलाई ग्लोबल इमरजेन्सीको रुपममा घोषणा गर्‍यो ।
इतिहास
आजभन्दा पाँच लाख वर्ष पहिले टर्कीमा रहेका चिहानमा क्षयरोगका चिन्हहरु भेटिएका थिए ट्युबरक्लोसिस भन्ने शब्द चाही सन् १८३९ बाट प्रयोगमा आएको पाइन्छ सन् १८८२ मा जर्मनका डाक्टर रर्बट कच ले क्षयरोगका किटाणु पत्ता लगाएपछि एउटा नयाँ आबिष्कार भयो  भ्याक्सीनको आविष्कार पश्चात भने चिकित्सा इतिहासमा नयाँ युगको थालनी भयो 
नेपालको अवस्था
करिब ८०,००० नेपाली क्षयरोगबाट ग्रसित छन् प्रत्येक वर्ष ५०,००० जना नयाँ रोगी, जसमा २२,००० जनामा खकारमा टि.वी को किटाणु देखिएको प्रत्येक वर्ष करिब १०,००० जना यसैको कारण मरिरहेको भयावह अवस्था ।.................................

No comments:

Post a Comment