Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

81. मानब जीवनमा तनाबका असरहरु र त्यसको सही व्यवस्थापन ( Effects of stress in human life and it's management) BY डा. अनुभा सिंह (अस्ट्रेलिया)


                                                          डा. अनुभा सिंह
                                                             अस्ट्रेलिया


परिचय
परिस्थिति वा प्रकृतिको माग र अपेक्षाले गर्दा हामीमा आउने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन भनेको नै तनाब हो। हाम्रा अपेक्षा पुरा नहुने ज्ञान वा पुर्वज्ञान तनाब पैदा गर्ने कारक हुन्।  तनाब हामी सबैले महसुस गरेकै कुरा हो।  यो प्रतिस्पर्धाको युगमा तनाब महसुस नगर्ने मानिस कम नै होला।  तर पनि त्यही अवस्थामा कोही बढी तनाब महसुस गर्छन भने कोही कम।  अथवा चिन्ता बढी लिनु बाध्यता मात्र नभई एउटा बानी पनि हो।  यसरी पैदा हुने चिन्ताले हामीमा के कस्ता परिवर्तन ल्याउँछन्, के यो हाम्रो लागि राम्रो हुन्छ वा नराम्रो, यस्को असर हाम्रो स्वास्थमा कस्तो हुन्छ र यसलाई कम गर्न के गर्न सकिन्छ ? 
आउनुहोस आज छलफल गरौँ। 

चिन्ता वा तनाबका केही कारणहरु

१ दीर्घकालिन रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुको रोग हाडजोर्नीको रोग आदि 
२ भावनात्मक समस्याहरु जस्तै – ब्यक्त गर्न नसकेको रीस, डाह, उदासिनता, अपराधबोध आदि जस्ता नकारात्मक भावनाहरु
३  मानबिय सम्बन्धहरू वा सम्बन्ध नहुनु अथवा एक्लोपन
४ जीबनका ठुला परिवर्तनहरू जस्तै नजीकको मान्छेको मृत्यु बा बिछोड, नोकरी बाट निस्कासन वा सेवा-निबृत्ति , बिवाह आदि
५ परिवार भित्रका तनाबहरू जस्तै बच्चा जन्मनु, घरमा जवान हुँदै गरेका बच्चाहरुको चिन्ता, घरका बिरामी सदस्यहरू, 
 घरको जिम्मेवारीहरू आदि
६ आफ्ना विश्वास र चिन्तनहरू सँग तालमेल गर्न नसक्नु, जस्तै चाहदै चाहदै परिवारलाई समय दिन नसक्नु
७ पर्यावरण जस्तै प्रद्युषण, हिंशा, ध्वनी प्रद्युषण आदिले अनि दिर्घकालिन तनाब दिन सक्छ.
८ कार्यस्थल – काममा असन्तुस्टी र कामको धेरै बोझ
९ सामाजिक कारणहरु जस्तै असमानता, द्वेष जस्ता तत्वहरू


तनाबका असरहरु
प्रकृतिमा तनाब हुनु भनेको भिड्ने वा  भाग्ने प्रतिक्रिया हो ( fight and flight response)
१ तनाबको कारण हाम्रो शरीरमा आउने केहि परिवर्तनहरु 
मुटुको धड्कन र रक्तचाप बढ्नु , सास प्रस्वास बढ्नु, उर्जा बढ्नु अर्थात् चिनीको मात्रा बढ्नु , stress hormone हरू बढ्नु
२ तुरुन्तै देखिने

  मुटुको धड्कन बढ्नु , सांस बढ्नु, टाउको गर्दन दुख्नु ( tension headaches), ढाड दुख्नु, पसिना आउनु  र पेट दुख्ने वा दिसा लाग्नु
३ दीर्घकालिन असरहरु 
क) रोग प्रतिरोधात्मक शक्ति घट्नु. येही कारण हो तनावकै बेला हामी ब्रिरामी पर्नु
ख) रक्तचाप बढी हुनु, अनियमित धड्कन (arrhythmia)
ग)  रगतमा बोशो को मात्र बढ्नु ( free fatty acid  ) जुन रगतको नलीमा जमेर सांघुरिन गयी coronary artery disease, heart attack ( हृदयघात )  र heart failure जस्ता मुटुका रोगहरू लाग्न सक्छ भने पक्ष्याघात (stroke) पनि त्यसैको असर हो
घ) रगतमा चिनीको मात्रा बढी भैरहदा त्यसलाई कम गर्न चाहिने हर्मोन अर्थात् इन्सुलिन निकाल्ने ग्रन्थी (pancreas)  थाक्दै जान्छ    र  मधुमेह हुनसक्ने सम्भावना हुन्छ
ङ) तनाबले मांसपेसीमा गर्ने असरले गर्दा गर्दन र ढाड दुख्ने समस्या आउन सक्छ
च) तनाबको बेला पेटमा अम्लको मात्र बढ्ने हुँदा तेस्ले ग्यास्ट्रिक र अल्सर जस्ता दिर्घकालिन समस्या दिन सक्छ
छ) त्यस्तै प्रजनन अंगमा त्यसको असरले गर्दा पुरुषमा erection problems  र अरु यौन सम्बन्धी समस्या र महिलामा अनियमित महिनावारी र बाँझोपन हुन सक्छ।
ज) तनाबले दिने मानसिक दबाब धेरै समय रही रहेमा मनासिक रोगहरू जस्तै depression, anxiety रोगहरू लाग्न सक्छ जुन आज भोलि बढ्दै गएको छ ।
तनाबले गर्ने असरहरू धेरै छन्  तर त्यो भन्दै चिन्ता गरेर बस्नु त्यसको समाधान होइन । बरु जीबनमा आइपरेका चिन्ता र तनाबहरूलाई  समयमै बुझेर त्यसलाई व्यवस्थापन गर्ने सही तरिका वा defense mechanism  हरूको प्रयोग गर्न सके केही भए पनि राहत मिल्न सक्छ।
चिन्ता र तनाबको व्यवस्थापन गर्ने केहि उपायहरू

तनाब कम गराउन सबै भन्दा महत्वपूर्ण भनेको मन र दिमाग शान्त पार्नु हो। त्यसका केहि सरल उपायहरू:

१ आफ्नो मनका कुराहरुलाई लेखेर ब्यक्त गर्ने । डायरी लेख्नु पनि एउटा राम्रो उपाय हो । र बिशेष चाख भएकाको लागी कविता वा तेस्तै केहि रचनात्मक कुरा लेख्नु पनि एउटा राम्रो defense mechanism  मानिन्छ, जसले नकारात्मक उर्जाहरुलाई एउटा  सिर्जनशील रुपमा अभिव्यक्त गराउन मद्दत पुरयाउछ ।
२ भावनाको अभिव्यक्ति – कोहि नजिकको मान्छे चाहे परिवारको होस् वा नजिकका मित्रसँग आफ्नो मनको कुरा पोखेर, तेस्तै रोएर, हासेर,  कुरा गरेर होस् वा रिस देखाएरै किन नहोस मनको कुरा सहि रुपमा अभिव्यक्त गर्न पाउँदा पनि तनाब धेरै हद सम्म कम भएको महसुस हुन्छ।
३ आफुलाई मनलाग्ने कुरा गर्ने – चाहे त्यो संगीत सुनेर होस् वा गितार बजाएर वा फिलिम हेरेर , वा आफुलाई इच्छा लाग्ने कुरा गरेर पनि मनलाई  शान्त गराउन सकिन्छ।  महिलाहरुको लागि सपिंग गर्नु पनि stress कम गर्ने राम्रो उपाय मानिन्छ।  तर यो सधै सम्भव नहुन सक्छ ।
४ बर्तमानमा  रहने- हाम्रो चिन्ताका कारणहरू कि त भुत को पश्चाताप हुन्छ कि त भबिस्यको चिन्ता, र त्यही चिन्तामा हामीले आफ्नो बर्तमानमा बाच्न बिर्सेका हुन्छौँ।  योग र ध्यान पनि मनलाई शान्त पार्ने राम्रो उपाय हो भने भगवान मन्नेको लागि पूजा र भजन पनि मन शान्त राख्ने राम्रो उपाय हो । 

त्यस्तै मन संगै तनाबमा रहेको हाम्रो शरीरलाई पनि हामीले आराम दिनु पर्छ।  शरीरलाई तनाबबाट उत्पन्न हुने नराम्रा तत्वबाट बचाउन अपनाउन सकिने उपायहरू
नियमित व्यायाम – ब्यायामले एक त हामीलाई बलियो र स्वस्थ बनाउछ भने अर्को तनाब मुक्त पनि पार्दछ र त्यसले गर्दा शरीरमा निस्कने नराम्रा तत्वहरुलाई पनि उर्जामा परिवर्तन गरी त्यसको खराब असरबाट शरीरलाई बचाउछ। त्यसैले कुनै कुराले अति चिन्ता वा तनाबमा हुनुहुन्छ भने केहि समय ब्यायाम गर्यो भने त्यसका नकारात्मक असरहरू हटेर जान्छन ।
योग वा त्यस्तै ब्यायामहरू जसले मांसपेसीहरूलाई खुकुलो पार्छ, र सास को व्यायाम जस्तो कि प्रणायाम जसले गर्दा पनि मन र शरीर दुवै शान्त हुनुको साथै सकारात्मक सोचहरू ल्याउछ। 
चिन्ता र तनाबलाई घटाउने उपायहरुको कुरा गर्यौं।  तर तनाब हुने नदिनु सबै भन्दा उत्तम उपाय हो। जुन सधै सम्भब नहुन सक्छ तर प्रयास गरे असम्भब पनि होइन। 
१ समयको व्यवस्थापन – हामीले आफ्ना कामहरु सही समयमा गर्ने गरेमा पनि तनाब धेरै कम हुन्छ।
सही जीबन शैली – स्वस्थ खाना खानु , ब्यायामहरू गर्ने र जीबनका बिभिन्न कुरा को सन्तुलन कायम गर्ने जस्तै परिवार, काम, साथीभाई सबैलाई मिलाएर समय दिने प्रयास गर्ने ।
जीबन बाँच्नुको उद्देस्य बुझ्ने ।
पुर्णता वा perfection न खोज्नु , किनकि हरेक कुरामा पुर्णता खोज्नु पनि तनाब को एक प्रमुख कारण हो। 
परिवार साथीहरु र आवस्यक परेमा चिकित्सक, मनोसामाजिक सल्लाहकारहरूको सहयोग लिनु पर्छ ।
सकारात्मक सोच राख्नु।  सकारात्मक सोंच राख्नाले शान्त भएर सानातिना समस्यालाई रोक्न रोक्न सक्छौं भने , ठुलै समस्या परे पनि धैर्य भई समाधान खोज्न सक्छौ।
समस्याहरू के के हुन् केलाई त्यसको समाधानको खोजी गर्नु पर्छ।  problem solving approach ले पनि तनावलाई धेरै घटाउछ


यस प्रकारले तनाबलाइ बुझ्नु र त्यसको समाधान गर्नु नै त्यसबाट बच्ने 

मुख्य उपाय हो। आशा गर्दछु यो लेखले तपाइहरुलाई तानाबबाट बच्न 

मद्दत गर्नेछ। 

No comments:

Post a Comment