Followers

225. World TB Day Celebration at BPKIHS (2015 March 14) आज विश्व क्षयरोग दिवसको अवसरमा रयाली र गोष्ठी सम्पन्न /

सामाजिक कुरीति र संस्कारले गर्दा क्षयरोग सामाजिक समस्या रहेको र  पूर्ण छुटकारा पाउन सबैले हातेमाले गर्नु पर्दछ/


जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त आयोजनामा आज विश्व क्षयरोग दिवस को अवसरमा रयाली र गोष्ठी सम्पन्न भएको छ / महिला स्वास्थ्य स्वयंसेविकाहरुको व्यापक उपस्थिति रहेको कार्यक्रममा प्रतिष्ठानका विधार्थी, प्रशिक्षक तथा विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो/ कार्यक्रममा प्रतिष्ठानका डेपुटी हस्पिटल डाईरेक्टर डा. पशुपति चौधरीको उपस्थिति रहेको थियो भने क्षयरोग कार्यक्रमा कोअडीनेटर 
डा. दिपक यादवले सम्बोधन गर्नु भएको थियो/ 

                                       
                                          हेर्नुहोस थप तस्बिरहरु....................




                                      























223. एक दिने स्वाइन फ्लु सम्बन्धी जनचेतना मुलका कार्यक्रम तथा वैज्ञानिक रुपमा हात धुने र मास्कको प्रयोग सम्बन्धमा अभिमुखीकरण अभियानको सुरुवात

आज मिति २०७१ फाल्गुन २६ गते वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्साशास्त्र तेस्रो बर्षमा अध्ययनरत विधार्थीको शैक्षिक अनुसन्धान कार्यक्रमको शिलशिलामा सुनसरी जिल्लाको सिमरिया गाउँ विकास समितिमा एक दिने स्वाइन फ्लु सम्बन्धी जनचेतना मुलका कार्यक्रम तथा वैज्ञानिक रुपमा हात धुने र मास्कको प्रयोग सम्बन्धमा अभिमुखीकरण अभियानको सुरुवात गरिएको छ / उक्त अवसरमा विधार्थीहरु  रोमन ढकाल, राहुल कुमार जैसवाल, सत्यम महाजु, राजन कुमार शाह, स्नेहा गर्ग, ख्याती, राजेन्द्र, स्वेतांक, रोजन बस्नेत र रबिन यादवद्वारा आफुले बनाएका तस्बिर चित्रद्वारा स्वाइन फ्लु वारेमा प्रस्ट पारिएको थियो भने हात धुने तरिका सिकाए पश्चात सहभागीलाई पनि हात धुन लगाईएको थियो/ स्वाइन फ्लुको वर्तमान अवस्था, यसको परिचय, सर्ने कारण, लक्ष्यण तथा चिन्हहरु, रोगथामका उपायहरु र उपचारको वारेमा जनचेतना प्रदान गरे पश्चात सहभागीहरुलाई माक्स पनि वितरण गरिएको थियो/ प्रशिक्षक प्रमोद जी. सी. को उपस्थिति रहेको उक्त कार्यक्रममा प्रशिक्षक तथा डाक्टर साथीका अभियन्ता डा. सूर्य पराजुलीले सहभागीको जिज्ञासाहरुको समाधान गर्नु भएको थियो/ उपस्थित सहभागीहरुले यस्ता कार्यक्रमले ग्रामिण जनतामा चेतना बढाई यी र यस्ता रोग लाग्न नदिने र लागिहालेमा सही तथा चाडो उपचार हुन् सहयोग पुग्ने वताउनु भयो/




कार्यक्रमको तयारी गरिदै .........