Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

17.NMVS बिद्यालय स्वास्थ्य कार्यक्रम

NMVS बिद्यालय स्वास्थ्य कार्यक्रमको क्रममा स्कुलका बिद्यार्थी माझ....(Tuberculosis Health Education )


क्षयरोग ( टि.बी. )
पृष्ठभूमि
रोवर्ट कच तपाईलाइ सलाम ,मार्च २४  तारिक हामी विश्व क्षयरोग दिवस मनाउछौ । आज पनि यो रोग हाम्रो जस्तो राष्ट्रको लागि एउटा प्रमुख स्वास्थ्य समस्या रहेकोमा दुईमत  छैन ।तपाई, हामी सवै जानेर नजानेर यस्को शिकार बनिरहेका छौ । यस लेखमा आज हामी फोक्सोमा हुने क्षयरोगको बारेमा मात्र चर्चा गरौं ।
परिचय
क्षयरोग एउटा संक्रामक सरुवा रोग हो ,यो माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुको संक्रमणबाट देखा पर्ने गर्दछ । साधारण भाषामा यसलाई टि.वी लागेको भनी चिनिने गरिन्छ ।मुख्यतया फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क, छालामा समेत यसले आक्रमण गर्दछ । सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षयरोगलाई ग्लोबल इमरजेन्सीको रुपममा घोषणा गर्‍यो ।
इतिहास
आजभन्दा पाँच लाख वर्ष पहिले टर्कीमा रहेका चिहानमा क्षयरोगका चिन्हहरु भेटिएका थिए । ट्युबरक्लोसिस भन्ने शब्द चाही सन् १८३९ बाट प्रयोगमा आएको पाइन्छ । सन् १८८२ मा जर्मनका डाक्टर रर्बट कच ले क्षयरोगका किटाणु पत्ता लगाएपछि एउटा नयाँ आबिष्कार भयो ।  भ्याक्सीनको आविष्कार पश्चात भने चिकित्सा इतिहासमा नयाँ युगको थालनी भयो ।
नेपालको अवस्था
करिब ८०,००० नेपाली क्षयरोगबाट ग्रसित छन् । प्रत्येक वर्ष ५०,००० जना नयाँ रोगी, जसमा २२,००० जनामा त खकारमा टि.वी को किटाणु देखिएको छ । प्रत्येक वर्ष करिब १०,००० जना यसैको कारण मरिरहेको भयावह अवस्था छ ।.................................

No comments:

Post a Comment