पृष्ठभूमि :
१९ वर्षीया मुना कार्कीलाई हिजोआज एउटा समस्याले निकै सताएको छ । केही महिना भयो उनको गालामा एउटा बिमिरा जस्तो देखा पर्यो र हेर्दाहेर्दै यो अहिले चारवटा भइसकेको छ । यसले गर्दा हिजोआज उनलाई कलेज जान मन लाग्न छाडेको छ । बाहिरफेर निस्कादा पनि गाह्रो हुन थालेको छ । उनलाई यसले आफ्नो भविष्य नै बिग्रने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । उनी हाम्रो सम्पर्कमा आउादा मुसा पलाएको प्रमाणित भयो ।
परिचय :
‘वाट’ अर्थात् मुसा प्रायश: सानो, खसो प्रकारको फुलकोबी जस्तै देखिने छालाको संक्रमण हो । यो भाइरस अर्थात् विषाणुको संक्रमणको कारणबाट हुने गर्दछ । ह्युमन प्यापीलोमा भाइरसको संक्रमण नै मुख्य कारण हो । झण्डै १०–१२ प्रकारका मुसाहरु देखिन्छन् ।
प्रकारहरु :
हामीले विभिन्न प्रकारका मुसाहरु देखिने कुरा त अघि नै अवगत गराइसक्यौं । मुख्यरुपमा यो आउने शरीरको स्थान, यसको आकार प्रकार तथा आक्रमण गर्ने भाइरसका आधारमा निम्नबमोजिम विभाजन गर्न सकिन्छ ।
१. भेरुका भलग्यारिस अर्थात् साधारण मुसा जुन साधारण तथा हात तथा खुट्टामा देखिने गर्दछन् ।
२. भेरुका प्लाना अर्थात् फ्ल्यात वाट– साना, चौडा खालको मासु कलरको हुन्छ । साधारण तथा धेरै संख्यामा आउने यस प्रकारका मुसा अनुहार, घााटी, हत्केला, घुाडा आदिमा देखिन्छन् ।
३. फिलिफर्म वा डिजिटेट वाट– धागोजस्तो, त्यान्द्रा जस्तोदेखि यिनीहरु मुख्यरुपमा आाखी भौं, ओठ आदिमा देखिन्छन् ।
५. पेरिअङगल मुसा हाम्रो नङको वरिपरि आउने फुलकोपी झैं देखिने मुसा हो ।
६. प्लान्तर मुसा हाम्रो खुट्टाको पैतालामा आउने गर्दछ । यो कडा प्रकारको दुखाई भएको धेरै संख्यामा आउने मुसा हो ।
हामी यस लेखमा आज साधारण प्रकारका मुसाको बारेमा मात्र कुरा गर्दछौं ।
कारण र प्रक्रिया :
ह्युमन प्यापिलोमा भाइरसले हाम्रो शरीरको छालाको इपिडर्मिसको माथिल्लो सतहलाई असर गर्दछ । तथापि शरीरको भित्री भागमा भने यो भाइरस छिर्दैन । झण्डै १०० भन्दा बढी प्रकारका भाइरस रहेकोमा भाइरस २ र ४ ले साधारण मुसा निम्त्याउने गर्दछ ।
रोगको अवस्था :
संसारभर करीब ७ देखि १२ प्रतिशत जनसंख्यामा यो रोग देखिएको छ । मुख्यरुपमा स्कुले विद्यार्थी, मासुसम्बन्धी काम गर्नेहरु र शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरु यसको शिकार भएको पाइन्छ । यो रोगको खासै कुनै हानी पुर्याउने खालका लक्षण तथा असरहरु हुादैनन् । तर सुन्दरतालाई भने असर पुर्याउन सक्दछन् । पुरुष र महिला दुवैलाई बराबररुपमा यो रोगले आक्रमण गर्दछ ।
लक्षण तथा चिह्हरु :
कुनै व्यक्ति विशेषमा आएको छ भने त्यही व्यक्तिको शरीरको अरु अंगमा सर्ने सम्भावना एकदम धेरै हुन्छ । जसलाई अटोइनोकुलेशन भनिन्छ । साधारण प्रकारका मुसाहरुको साइज १ मिमिभन्दा कमदेखि लिएर १ सेमीभन्दा बढी पनि हुन सक्दछन् । जुन मुख्यत: हातमा तथा घुाडामा देखिन्छन् ।
परीक्षण :
प्रायश: परीक्षणबाट भन्दा पनि हेरेर यो रोग पत्ता लगाउने गरिन्छ । सार्दन ब्लट हाइब्रिडाइजेशन भन्ने उच्चस्तरीय परीक्षण गरेर हामी भाइरसको प्रकारसमेत पत्ता लगाउन सक्दछौं । मुसामा हेर्ने हो भने स–साना काला थोप्लाहरु देखिने गर्दछन् । जुन रगतका स–साना नसाहरु बन्द भएका कारणबाट हुन्छन् । यदि शंका लागेका हानीले यसको मासुको टुक्राको जााच गर्नुपर्दछ ।
उपचार पद्धति :
मुसाको उपचारको लागि हिजोआज धेरै प्रकारका उपचार पद्धति पाइन्छन् । यदि कुनै असर छैन भने हामीले यसलाई त्यसै छोड्नु उपयुक्त हुन्छ, किनकि करीब ६५ प्रतिशत मुसा आएको २ वर्षभित्रमा आपैंm ठिक हुन्छन् । स्यालिसाइलिक एसिडको प्रयोग हामी घरमै गर्न सक्दछौं । जसबाट ७० देखि ८० प्रतिशत रोग नीको पार्न सक्दछौं । टाइक्लोरो एसिडिक एसिडहरुको प्रयोग पनि गरिन्छ । सिमेटिडिन, रेटिनोइड्स जस्ता औषधीहरुको पनि प्रयोग गर्ने गरिन्छ । कायोसर्जरी, लेजरजस्ता उपचार पद्धति पनि प्रयोग गरिन्छन् ।
इलेक्ट्रोकट्री प्रविधि :
हिजोआज व्यापक प्रयोगमा आएको पाइन्छ । यस प्रविधिमा बिजुलीको माध्यमबाट सो मुसालाई हराइन्छ । यो साधारण रुपमा गर्न सकिने सजिलो तथा भरपर्दाे उपचार पद्धति पनि हो ।
रोकथामका उपायहरु :
आफ्नो नङ टोक्ने बानीबाट मुक्त हुनु पर्दछ । नङ टोक्दा छालामा घाउ भई त्यसबाट विषालु प्रवेश गर्न सक्दछन् । सरसफाई गर्दा विशेष ध्यान दिनुपर्दछ । मुसा भएको ठाउामा ब्रस गर्ने तथा सेभ गर्ने गर्नु हुादैन । मुसा छोइसकेपछि आफ्नो हात उपयुक्त तरिकाले धुनु पर्दछ । यदि शरीरको कुनै भागमा मुसा छ र त्यहाा तौलियाले आफ्नै शरीरको अरु भागमा प्रयोग गर्दा सर्ने सम्भावना रहन्छ भने अरुलाई नसर्ने भन्नै सकिन्न । हाम्रो समाजमा मुसालाई काट्ने खुर्किने गरिन्छ । यो एकदम नै खराब तरिका हो । किनकि काट्दा त्यहाा रहेका भाइरस अरु ठाउामा सजिलै सर्न सक्दछन् । अर्काे कुरा काट्दा संक्रमण हुने तथा रगत धेरै जाने पनि हुन सक्दछ मुसा आएको ठाउामा सधै सुख्खा राख्ने बानी गर्नु पर्दछ ।
सारांश :
तपाई हाम्रो वरपर र आपैंmलाई पनि मुसाले सताएको देख्छौं । भाकल गर्ने लगायतका कुराहरु आफ्नो ठाउामा होलान् तर मुख्य कुरा धेरै मुसाहरु करीब २ वर्षभित्रमा आफैं हराएर जान्छन् । तसर्थ यदि मुसामा अस्वाभाविक परिवर्तन देखिएमा धेरै रगत बग्न थालेमा अत्याधिक संख्यामा बढ्दै गएमा स्वास्थ्यकर्मीको सहयोग लिनै पर्ने हुन्छ ।
No comments:
Post a Comment