पृष्ठभूमि
प्रत्यक बर्ष मार्च २४ तारिक हामी विश्व क्षयरोग दिवस मनाउछौ । आज पनि यो रोग हाम्रो जस्तो राष्ट्रको लागि एउटा प्रमुख स्वास्थ्य समस्या रहेकोमा दुईमत छैन ।तपाई, हामी सवै जानेर नजानेर यसको शिकार बनिरहेका छौ । यस लेखमा आज हामी फोक्सोमा हुने क्षयरोगको बारेमा मात्र चर्चा गरौं ।
परिचय
क्षयरोग एउटा संक्रामक सरुवा रोग हो ,यो माईकोब्याक्टेरियम
ट्युबरक्लोसिस नामक
किटाणुको
संक्रमणबाट
देखा पर्ने गर्दछ । साधारण भाषामा यसलाई टि.वी लागेको भनी चिनिने गरिन्छ । मुख्यतया फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क, छालामा समेत यसले आक्रमण गर्दछ । सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षयरोगलाई ग्लोबल इमरजेन्सीको रुपममा घोषणा गर्यो ।
इतिहास
आजभन्दा पाँच लाख वर्ष पहिले टर्कीमा रहेका चिहानमा क्षयरोगका चिन्हहरु भेटिएका थिए । ट्युबरक्लोसिस भन्ने शब्द चाही सन् १८३९ बाट प्रयोगमा आएको पाइन्छ । सन् १८८२ मा जर्मनका डाक्टर रर्बट कचले क्षयरोगका किटाणु पत्ता लगाएपछि एउटा नयाँ आबिष्कार भयो । यता पेरिसमा अल्बर्ट काल्मेटी र क्यामिली ग्युरिन द्बारा सन १९२४ मा बि. सि. जी. भ्याक्सीनको आविष्कार पश्चात भने चिकित्सा इतिहासमा नयाँ युगको थालनी भयो ।
नेपालको अवस्था
क्षयरोग नेपालको एउटा मुख्य जनस्वास्थ्य समस्या हो ।झनडै ४५ प्रतिशत मानिसहरु यस बाट सन्क्रमित छन जस मध्य ६० प्रतिशत बयस्क छन । करिब ८०,००० नेपाली क्षयरोगबाट ग्रसित छन् । प्रत्यक बर्ष ४०,००० जनालाई टि बि को सन्क्रमन भएकोमा २०,००० जनामा फोक्सोको सर्ने खालको टि बि देखिन्छ । ५००० देखि ७०००जनाको प्रत्यक बर्ष मृत्यु हुनु गरेको पाईछ । १६ जुलाई २०११ सम्मा नेपालमा १,११८ डटस् उपचार केन्द्र र ३,१०३ उप केन्द्र हरु रहेका छन । नेपालले सन २०५० सम्ममा टि बि लाई निर्मुल गर्ने महोत्काक्षी लक्ष्य राखेको छ । जसको लागि प्रती १० लाख जनसंख्यामा १ भन्दा कम टि बि बिरामी हुनु पर्ने छ ।
कारणहरु
माईकोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणु ,एडस लागेका व्यक्तिहरु ,मधपान तथा धुम्रपान बढी गर्ने व्यक्तिहरु , कूपोषित बच्चाहरु , बातावरणीय सरसफाईको अभाव ।
रोग सर्ने तरिका
रोगीले हाच्छँयु गर्दा हावाको माध्यमवाट किटाणु फोक्सोमा प्रवेश गर्दछन् , त्यसको ४–६ हप्तामा रोग देखा पर्दछ ।
रोगका लक्षण तथा चिन्हहरु
मुख्य लक्षणहरु:- २ हप्ता भन्दा लामो समय सम्म खोकी लागिरहनु ,अत्याधिक खकार, त्यसमा पनि रगत देखिनु ,तौल घट्नु
(दुई हप्ते खोकी, क्षयरोग पो हो कि ?)। अन्य लक्षणहरु
:-छाती दुख्ने , श्वास फेर्न गाह्रो हुनु , ज्वरो आउनु , राती पसिना धेरै आउनु , थकान महशुश हुन ,अरुची ।
पि.टि.बि. सस्पेक्ट भनेको के हो ?
यदि ३ हप्ता लामो समयसम्म खोकी लागिरहेमा तपाईमा क्षयरोगको सम्भावना अत्याधिक रहन्छ । त्यसैले खकार परीक्षण गराउनै पर्दछ ।
परीक्षण प्रक्रियाहरु
क.खकार जाँच (SMS प्रकिया)
पहिलो स्याम्पल – तालिमप्राप्त स्वास्थ्यकर्मीको संस्थामा नै खकार संकलन गर्ने र विरामीलाई खकार संकलन गर्ने भाडो दिएर घर पठाउने । दोस्रो स्याम्पल – घर पठाएको भाडोमा विहानको खकार सही तरिकाले ल्याउने । तेस्रो स्याम्पल – दोश्रो स्याम्पल लिएर आँउदा फेरि स्वास्थ संस्थामा नै खकार संकलन गर्ने ।त्यसपछि त्यस खकारको स्याम्पललाई परीक्षण गरिन्छ ।
ख. मन्टु (ट्युबरक्युलिन) टेष्ट
ग. छातिको एक्स रे
घ. रगतको परीक्षण
उपचार प्रकिया
क. साधारण उपचार :-आराम गर्ने , पोषणयुक्त खाना खाने , मधपान र धुम्रपान नगर्ने , हरियो साग, फलफुल, माछा–मासु प्रशस्त खाने , पोषिलो तरल खानाहरु सेवन गर्ने ।
ख. लाक्षणिक उपचार :-खोकीको लागि औषधी दिने , ज्वरो र दुखाइको लागि औषधी दिने , लक्षण अनुसार उपचार गर्दै लैजाने ।
ग. प्रमुख उपचार :- एन्टी ट्युवरकुलर उपचार पद्धति (ए. टि. टि. ) अनुसार गर्ने सुविधा स्वास्थ्य संस्थामा डट्स विधी द्वारा निःशुल्क छ ।तपाइको दीर्घ जीवनको कामना ।