Followers

9. जब घर फर्किनुहुन्छ तब तपाइले आफ्नो परिवारलाई यौन एड्स रोग उपहार दिएको त हामीले प्रशस्तै देखेका छौं । Are you free from Sexually Transmitted Infections _कतै तपाई यौन रोगको शिकार त भईसक्नु भएको छैन ?_© DR SURYA B. PARAJULI, NEPAL


यौन रोग भनेको के हो ?

यौन रोग भन्नाले यौन प्रसारित रोगहरु भन्ने बुझ्नुपर्दछ ,साधारणतया यौन रोग लागेको व्यक्तिसँग यौन सम्पर्क गर्दा सर्ने रोगहरुलाई यौनरोग भनिन्छ जस्तै भिरंगी, धातुरोग, जननेन्द्रीय, मुसा आदि खासै ठूलो रोग नसोचिए पनि यसको दीर्घकालीन असर खतरनाक हुन सक्दछ यसको प्रभावबाट सन्तान उत्पादन प्रणालीलाई असर गरी बाँझोपन, पुरुषमा पिसाब फेर्न गाह्रो हुने तथा अन्धोपन, मुटुको रोग, क्यान्सर मृत्युसम्म हुन पुगेको तथ्य हामीसँग छर्लङ्ग ।यौन रोग लागेको आमाबाट जन्मेका बच्चामा अन्धोपन आउनु, बजन कम हुनु, मरेको बच्चा जन्मनु वा जन्मजात भिरंगीको शिकार भएको पाइएको

यौनरोगका लक्षणहरु के के हुन सक्छन ?
महिलामा हुने प्रमुख लक्षणहरुमा योनीबाट असाधारण सेतो दही जस्तो गन्हाउने पानी बग्नु ,नोट- महिलामा थोरै सेतो पानी बग्नु नर्मल हो, तल्लो पेट दुख्नु, यौन सम्पर्क गर्दा  तल्लो पेट दुख्नु , महिनावारी बाहेक योनीबाट रगत बग्नु पुरुषमा हुने प्रमुख लक्षणहरुमा लिंगबाट बाक्लो पीप जस्तो पानी बग्नु, पिसाब गर्दा दुख्नु पोल्नु, पीप जस्तो पानी बग्नु, पिसाव गर्दा दुख्नु पोल्नु, लिंग वरिपरी गिर्खा पानीफोका आउनु, चिलाउनु, अण्डकोष दुख्नु ,नोट- पुरुषको  लिङ्गमुण्डको चारै तिर रहेका राता साना विमिराहरु नर्मल हुन् महिला पुरुष दुवैका साझा लक्षणहरुमा यौन अंग मुख वरिपरी घाउ, खटिरा आउनु, पिसाब फेर्दा पोल्ने वा दुख्ने  हुनु, निरन्तर थकाई लाग्नु, टाउको दुख्नु, घाँटी दुख्नु, ज्वरो आउनु,  जीउ दुख्नु , गुप्ताङ्ग वरिपरि सुनिनु

यौनरोग सर्ने माध्यमहरु के के हुन् ?
सबैजसो यौनरोग यौन सम्पर्कबाट नै सर्दछ यदि एक व्यक्ति संक्रमित भने उसले आफ्नो साथीलाई वीर्य, योनिरस तथा रगतबाट सार्न सक्दछ यसबाहेक छालासँगको सिधा सम्पर्कबाट पनि सर्न सक्छ पुरुषपुरुष, महिलामहिला, महिलापुरुषमा सर्दछ   

यौनरोगबाट बच्ने उपाय उपचार के के हुन् ?
हामीलाई ज्ञात भएकै हो रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिन सावधानी अपनाउनु उत्तम हो यौनसँगको सम्वन्धमा यो झनै सान्दर्भिक देखिन्छ ।बच्ने उपायहरु धेरै जनासँग असुरक्षित यौन सम्पर्क नराख्ने ,यौनरोग देखिएकासँग  यौनसम्पर्क नराख्ने ,आकस्मिक रुपमा अथवा राम्रोसँग नचिनेको व्यक्तिसँग  यौन सम्पर्क नराख्ने ,यौन सम्पर्क राख्नै परे कन्डमको प्रयोग गर्ने ,गुप्ताङ्गमा घाउ , सुनिएको वा गाँठो  भने तुरुन्त डाक्टरलाई देखाउने ,यौन रोगको औषधीको पूरा मात्रा सेवन गर्ने ,औषधिले निको नभएमा डाक्टरलाई पुन भेट्न जाने,आफूसँगै आफ्ना सम्पूर्ण यौन साथीको सँगसँगै उपचार गर्नुपर्छ ,यौन सम्पर्क गरेपछि गुप्ताङ्ग सफा गर्ने

यौनरोग एड्सको के सम्बन्ध छ ? 
यौनरोग भइसकेका मानिसलाई एड्स लाग्ने सम्भावना अत्याधिक पाइएको यौनरोग लागेका महिला वा पुरुष भएमा कण्डमको प्रयोग गर्दा पनि एड्स सर्न सक्ने अवस्था देखिन्छ हुन   मानिसले कण्डम प्रयोग गरी सकेपछि आफू सुरक्षित यौन सम्पर्क गर्दैछु भन्ने सोच राख्दछ तर एउटा बुझ्नै पर्ने कुरा के  भने महिलाको योनीरस पुरुषको कण्डम लगाएको लिङ्ग बाहिरको घाउ खटिरामा लागी एड्स सर्न सक्दछ अर्को कुरा यौन सम्पर्क गर्दा यौनरोगीका गुप्ताङ्गमा हुने घाउखटिराबाट रोग सर्ने सम्भावना अझ प्रवल देखिन्छ ।पुरुष पुरुष, महिला पुरुष हुने अप्राकृतिक यौन सम्पर्क जस्तो गुद मैथुन, मुख मैथुन हुँदा शरीरका तन्तुमा बढी क्षति पुगी अझ सजिलै यौनरोग सरेको अध्ययनहरुको माध्यमबाट पत्ता लागीसकेको

यौनरोग एड्स भीसीटी, यी के हुन् ?
भीसीटी अर्थात् स्वेच्छिक परामर्श तथा  परीक्षण, यौन तथा एड्स रोग पत्ता लगाउन गरिने पद्धति हो यस पद्धतिमा तपाईको गोपनियता भङ्ग नगरी तपाईलाई जाँच गरिन्छ जाँच गर्नु अघि तपाइलाई परामर्श दिइन्छ तपाइको आत्मविश्वास वृद्धि गरिन्छ परीक्षण पश्चात आएको नतिजा अनुसार तपाईलाई सहयोग सल्लाह उपचार प्रदान गर्ने काम गरिन्छ तपाईको नजिकै भीसीटी केन्द्रमा गएर यी कामहरु गर्न सक्नुहुन्छ


वैदेशिक रोजगारी यौनरोग एड्सको सम्बन्ध कस्तो हुन सक्छ ?
वर्तमान अवस्थामा कैयौ नेपालीहरु काम, अध्ययन तथा पर्यटकीय हिसाबले विदेश जाने प्रचलन ह्वात्तै बढेको ।विदेशिएका  साथीबाट राम्रै रुपमा पैसा घरपरिवारलाई पठाउने  गरेको पाइन्छ जसले परिवारको आर्थिक अवस्था सुध्रिएको देशले रेमिटेन्स प्रशस्त संकलन गरेको तर अर्को  पक्षलाई नियाल्दा परिवारबाट टाढा रहँदा आफ्नो यौन प्यासलाई मेट्ने असुरक्षित यौन सम्पर्क राख्ने गरेको कुरा तपाईहरुले सुन्नु भोग्नु भएकै जब घर फर्किनुहुन्छ तब तपाइले आफ्नो परिवारलाई यौन एड्स रोग उपहार दिएको हामीले प्रशस्तै देखेका छौं यो त्यति व्यापकता नपाएको राष्ट्रको गम्भीर स्वास्थ्य समस्या हो अब विदेशबाट फर्किएपछि एकचोटी भीसीटी छिरेर मात्र यौन सम्पर्क राखी परिवारलाई बचाउने बेला भएन देशको स्वास्थ मन्त्रालय सम्हालेर बसेका आदरणीय विद्वत वर्गले यो विषय वस्तुलाई व्यापक गरी दिए साँच्चै भविष्यको त्यो  विकराल  स्वास्थ्य  समस्यालाई रोक्न सकिन्थ्यो कि ढिला भइसकेन र ?


११ अगष्ट २०१२ मा ब्लास्ट राष्ट्रिय दैनाकमा प्रकाशित लेख