© डा सुर्य पराजुली
पृष्ठभूमि
बिभिन्न समयमा बिभिन्न पत्र-पत्रीकाहरुमा
छापिएका तालु खुईलिने र यसको उपचार भन्दै फोटासहित प्रकाशित भएका बिज्ञापनहरु हामिले
प्रशस्तै देखेक छौ। पहिले तालु पुरै या आशिक खुईलेको फोटो र अहिले पुरै कपाल भएको फोटो
राखि तुलना गरिएका आकर्षक बिज्ञापनहरु भेटिन्छन् । यस्ता धेरै बिज्ञापन दाताहरुको परिचय
समेत स्पष्ट नहुनु नौलो हैन। यस्ता बिज्ञापनमा कति सत्यता छन अनि कति ठगि ? राम शर्मा
२२ बर्षमै यस्तो समस्याको शिकार भैसकेका छन । आज हामी यसै बिषयमा केही छलफल गर्दैछौ
।
कपाल रौं परिचय
मुख्यरुपमा रौ लाई ३ प्रकारमा
बिभाजन गर्न सकिन्छ । १. लानुगो रौं– बच्चा पाठेघरमा हुँदा हुने
पातला तथा
नरम
रौंहरु हुन्, जुन
पाठेघरमै खस्दछन
। २. भेलस रौं–शरीरको प्रायस
सबै भागमा
हुने नरम तथा
छोटा रौंहरु हुन । ३. टर्मिनल रौं–मुख्यरुपमा
टाउको, काखी तथा जनेन्द्रीय
बरिपरि हुने
कडा लामा
रौंहरु हुन ।
हाम्रो टाउकोमा करिब
एक लाख
जति रौंहरु
हुन्छन् र
एक सय
जति दैनिक
झर्दछन् ।
एउटा रौंको
आयु करिब
एक हजार
दिन हुन्छ,
त्यसपछि यो
खस्न थाल्दछ
। यो
सामान्य प्रक्रिया
हो ।
यो भन्दा
बढी रौं
झुर्न समस्या
हो ।
१)
सिकाट्राइसियल -
जन्मजात समस्या,
सुन्निएको अवस्था, कोठी, चोटपटक, क्यान्सर
२) नन–सिकाट्राइसियल
-
A) सानो
भाग-एलोपेसिया
एरेटा(खोइरे
रोग), अनुवांशिक
(एन्ड्रोजेनिक), ट्राइकोटिलोम्यानिया (मानसिक
रोग), ढुसी
संक्रमण (टिनिया)
B)पुरा भाग
– एलोपेसिया युनिभरसालिस
नोटः १) सिकाट्राइसियलमा
रौंका जराहरु
नष्ट हुन्छन्
,जसको कारण
कपाल पलाउन
सक्दैन ,
तालु चिल्लो
देखिन्छ ।२) नन सिकाट्राइसियलमा
रौंका जराहरु
हुनाले पुनः
पलाउन सक्छ
।
कारण तथा उपचार
१) एलोपेसिया एरेटा
थाइरोइडका रोगहरु, दुवी तथा मानसिक
तनावको कारणसँग
सम्बन्धित छन् । विस्तारै खाली
भएको ठाउँमा
कपाल उम्रन
थाल्दछ ।
स्टेरोइड, सोरालिन आदि उपचारमा प्रयोग
गरिन्छ ।
नक्कली कपाल
भएको टोपी
विग यदि पुरै
कपाल झरेमा
प्रभावकारी देखिन्छ ।
२) एन्ड्रोजिेनिक एलोपेसीया
जसलाई पुरुष
प्रकारको खुइले
भनिन्छ जुन
वंशानुगतरुपमा आएको पाइन्छ । तथापि
यो बुझ्न
पर्छ कि
पुरुष हर्मोन
बढी हुनेमा
यो देखिएको
छ ।
पुरुषमा कुनै
परीक्षण आवश्यक
नभए पनि महिलामा
भने
पुरुष हर्मोन
निकाल्ने ट्युमर
छ कि
छैन भनी
परीक्षण गर्नुपर्दछ
। पुरुषको
हकमा, मिनोजिडिल
(२–५ प्रतिशत) नामक
औषधिको प्रयोगले
कपाल झर्ने
प्रक्रिया ढिलो गराउने तथा नयाँ
कपाल पलाएको
पनि पाइएको
छ तर
यो दीर्घकालीन
भने देखिएको
छैन किनकि
औषधि बन्द
गर्ने वितिकै
फेरि कपाल
झर्न थाल्छ
त्यसैले प्रयोगकर्ताले
जीवनभर प्रयोग
गर्नुपर्ने देखिन्छ । फिनासटराइड नामक
औषधिको पनि
प्रयोग देखिन्छ
। विग
लगाउनु तथा
सर्जरी अरु
विकल्प हुनसक्छन्
।
३) टेलोजेन इफ्लुभीयम
नामक तालु
खुईले समस्या
मुख्यतम संक्रमण
(टाइफाइट, औलों, डेन्गु) तालुका अपरेशन,
चोटपटक, परीक्षाको
तनाव, तनावयुक्त
बैवाहिक सम्बन्ध,
प्रशव पीडा
आदिमा देखिएका
छन् ।
समस्याको निराकरण
पहिलो उपचार
हो ।
२-३
महिनापछि कपाल
झर्न बन्द
हुन्छ तर
पनि पहिलेकै
अवस्थामा आउँदैन्
।
४) ट्याक्सन एलोपेसिया
नामक कपाल
झर्ने समस्या
आजभोलि ह्वातै
बढेको पाइएको
छ ।
कपाल सिधा
पार्न गरिने
प्रविधि हट कम्बिङ यसको मुख्य
दोषी हो
। कपाल
कोर्ने स्टाइल
परिवर्तन नै
उपचार हो
।
५) ट्राइकोटिलोम्यानिया नामक कपाल झर्ने समस्या
युवा अवस्थाका
केटीहरुमा पाइएको छ । दुखाई
कम गर्न
कपाल उखाल्ने
यो एक
मानसिक समस्या
हो ।
विरामीलाई मानसिक सहयोग आवश्यक देखिन्छ
।
६) छालाका संक्रमण
जस्तो रौंका
जराहरुको संक्रमण,
ढुसीको संक्रमण,
सोरियासिस तथा कुष्ठरोगमा पनि यो
देखिएको छ
। कारणहरुको
उपचार पश्चात
स्वत कपाल
पलाएको पाइन्छ
।
७) कुनै औषधि
जस्तो केमोथेरापी,
विष सेवन
पश्चात पनि
यो समस्या
देखिन्छ ।
कारणहरुको उपचार पश्चात स्वत कपाल
पलाएको पाइन्छ
।
८) बच्चाहरुमा कुपोषणको
कारण पनि
कपाल झरेको
पाइएको छ
।
सझुाव-सल्लाह
१) कपाल झर्ने
समस्या कुन
प्रकारको हो
सर्वप्रथम बुझ्नको लागि चिकित्सककोमा जानुहोस्
।
२) चिकित्सकको सल्लाह
बमोजिम औषधि
उपचार तर्फ
लाग्नुहोस्
३) तपाईको निराशा
उपचारपछि आशामा
परिणत नहोला
भन्न पनि
सकिन्न ।
४) तपाईको सुन्दरताको
लागि तपाई
हामी सबै
मिलेर लाग्ने
बेला भएन
र !
शुभकामना
No comments:
Post a Comment