विश्वको स्वास्थ्यसम्बन्धी सर्वाेच्च निकाय विश्व स्वास्थ्य संगठनले यो साता अंग्रेजी तारिख २० अप्रिलदेखि २७ अप्रिलसम्म विश्व खोप सप्ताह मनाइरहेको छ । यसै सन्दर्भमा नेपालले पनि खोप सप्ताहमा विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले यो वर्षको नारा ‘खोप लगाऔं, विश्वलाई सुरक्षित पारौं’ तय गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्याङ्कअनुसार खोपबाट संसारभर प्रत्येक वर्ष करिब २–३ मिलियन मृत्युलाई रोक्न सकिएको छ तर दु:खद् कुरा के छ भने सन् २०११ सम्मको तथ्याङ्कमा तिनै मात्रा डी.पी.टी. खोप लगाउनेको सङ्ख्या ८३ प्रतिशतमात्र हुनुले खोपप्रति अझै पूर्ण सचेतना नभएको प्रष्ट हुन्छ । एक वर्षभित्रमा करिब २२.४ मिलियन बालबच्चाले पूर्ण खोप प्राप्त गर्दैनन् । दक्षिण पूर्वी एसियाको कुरा गर्दा सन् २०११ को अन्त्यसम्ममा २८.६ मिलियन बच्चाहरुले लहरेखोकी, धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको डी.पी.टी. का पूर्ण खोप पाएका छन् । यता ९.५ मिलियनले अझै पूर्ण खोप प्राप्त गरिरहेका छैनन् । स्मरण रहोस्, डी.पी.टी. का तीनवटै खोप पूर्णता दिनुलाई खोपको प्रभावकारिताको मूल्याङ्कन गर्ने औजारका रुपमा लिइन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा राष्ट्रिय खोप कार्यक्रम सन् १९७९ मा सर्वप्रथम तीनवटा जिल्लाहरुमा डी.सी.जी. र डी.पी.टी. खोपबाट शुरु भएको थियो ।
सन् १९८८ सम्म आइपुग्दा नेपालका सबै ७५ वटै जिल्लामा डी.पी.टी., बी.सी.जी., ओ.पी.भी. र मिजल्स खोप पुगेको थियो । सन् २००३ मा आएर हेपाटाइटिस ‘बी’ को खोप पनि दिन शुरु गरिएको थियो । सन् २००९ बाट हेमोफिलस इन्फ्लुयन्जा टाइप बी भ्याक्सिन पनि शुरु गरियो । सन् २००९ बाट नै जापानिज इन्सेफ्लाइटिसको खोप पनि राष्ट्रिय खोप कार्यक्रममा समाहित गरियो । नेपाल सरकारले २०६८/०६९ मा दादुरा–रुवेला खोप पनि अभियानको रुपमा सम्पन्न गरिएको थियो । रुवेला खोप पनि दादुरा खोपजस्तै ९ महिनादेखि १ वर्षको उमेरभित्र लगाइन्छ तर अभियानको क्रममा ९ महिनादेखि १५ वर्ष उमेरभित्रकालाई यसको मात्रा दिइएको थियो । नेपालमा अहिले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ९ वटा खोपजन्य रोगविरुद्ध खोप कार्यक्रम सञ्चालनमा ल्याइएको छ । खोपबाट जोगाउन सकिने रोगहरुमा भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, मेनिन्जाइटिस, जापानिज इन्सेफ्लाइटिस, दादुरा, पोलियो, निमोनिया, क्षयरोग र हेपाटाइटिस बी पर्दछन् । बी.सी.जी. खोपले क्षयरोगबाट बाचाउाछ, जुन जन्मनेबित्तिकै एकपटक लगाइन्छ । सम्भव नभएमा पहिलो चोटी भेट्दा पनि लगाउने गरिन्छ । डी.पी.टी.–हेप.बी–हिबले भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी र निमोनियाबाट बचाउाछ । यो जन्मेको छ हप्ता वा डेढ महिना, जन्मेको १० हप्ता वा साढे २ महिना र जन्मेको १४ हप्ता वा साढे ३ महिना गरी तीन मात्रामा लिनुपर्दछ । दादुरा खोपले दादुरा लाग्नबाट बाचाउाछ र यो जन्मेको ९ महिना पूरा भएपछि १ वर्षको उमेरभित्र एकपटक लगाउनुपर्दछ ।
जे.ई.भ्याक्सिनले जापानिज इन्सेफ्लाइटिसबाट बाचाउाछ । यो भ्याक्सिन जन्मेको १२ महिनादेखि २३ महिनाभित्र एकपटक लगाउनुपर्दछ । राष्ट्रिय खोप कार्यक्रमबाहेक पनि गर्भवती महिलालाई नि:शुल्क टी.टी. खोप पनि लगाइन्छ । यसैगरी गर्भवती महिलाबाट विकृत शिशुहरु जन्मने अवस्था (कन्जेनाइटल रुवेला सिन्ड्रोम) बाट हरेक वर्ष विश्वमा करिब १ लाख १० हजार शिशु शिकार हुन्छन् । यसलाई रोक्न पनि नेपालले दादुरा–रुवेला खोप अभियानअन्तर्गत खोप लगाउन थालेको हो । अन्य रोगहरु जस्तो टाइफाइड, एमएमआरलगायतका खोपहरु पनि आवश्यकताअनुसार लगाउने गरेको पाइन्छ । पुनश्च: राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप नि:शुल्क प्राप्त गर्न सक्नु हुनेछ । खोप के हो त भन्ने प्रश्नमा यो त्यस्तो जैविक तत्व हो, जसले शरीरमा प्रवेश गरेपछि प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाई शरीरमा रोगविरुद्धको एन्टिबडी बनाउाछ । यसले गर्दा भविष्यमा सो रोगबाट बाचाउाछ । खोपहरु सुईको माध्यमबाट, मुखबाट वा अरु माध्यमबाट दिने गरिन्छ । तपाईं–हामीले सुनेको अनि कतिले भोगेको रोग बिफर अर्थात् स्मलपक्स अहिले संसारबाट निर्मूल भइसक्नु पनि सबैको सहकार्यमा खोपबाट नै सम्भव भएको थियो । यो मानव सभ्यताको एउटा ठूलो उपलब्धि पनि हो । सन् १९८८ बाट शुरु भएको पोलियो उन्मूलन कार्यक्रमबाट हालसम्ममा ९९ प्रतिशत पोलियो निवारण भइसकेको छ भने सन् २०१२ को अन्त्यसम्ममा संसारभर तीनवटा देशमा अझै पोलियो छ । सी.डी.सी. ले गरेको तथ्याङ्क विश्लेषणअनुसार यदि १ अमेरिकी डलर खोपमा खर्च गर्ने हो भने पछि हुने आर्थिक व्ययभार घटाउन सकिने देखिएको छ । १ डलर डी.पी.टी. खोपमा खर्च गर्ने हो भने पछि लाग्ने रोगबाट हुने करिब २७ डलर खर्च यसले रोक्न सक्दछ ।
विश्व स्वास्थ्य संगठन र युनिसेफले सन् २००६ देखि २०१५ सम्ममा एउटा १० वर्षे गिम्स रणनीतिअनुसार खोपको दायरा बढाउादै धेरै व्यक्तिमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ । नेपालले सहस्राब्दी विकास लक्ष्यलाई चुम्न बाल मृत्युदर घटाउनु पर्दछ र यसका लागि खोपको भूमिका सकारात्मक छ । नेपालमा सबै खोपको मात्रालाई पूर्णता दिन सकिएको छैन तथापि विगतका वर्षहरुमा भन्दा सकारात्मक उपलब्धिहरु भने हासिल हुादैछन् । बी.सी.डा.को प्रयोग ९७ प्रतिशत छ भने ओ.पी.भी. ३ र मिजल्सको प्रयोग ८८ प्रतिशत छ । विभिन्न खोपपश्चात् मृत्युका घटनाहरु पनि नसुनिएका होइनन् तथापि यो खोपको कारणभन्दा पनि खोप सम्बन्धमा आवश्यक ज्ञान र प्रयोगविधिको कमीले गर्दा भएको हो । हेपाटाइटिस बी खोप लगाउने बहानामा थुप्रै ठगीका घटना पनि नभएका होइनन्, यसबाट सचेत रहनैपर्छ । अन्त्यमा ‘रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम’ भन्ने मूल मन्त्रलाई चरितार्थ गर्न गाउा र शहर, पढेका र नपढेका, धनी र गरिब, सम्भ्रान्त र पिछडिएका सबैले हातेमालो गर्दै अघि बढ्नु समयको माग हो ।