Followers

229. HOW TO MINIMIZE RTA_सडक दुर्घटना कसरी घटाउने_ कान्तिपुर राष्ट्रिय दैनिकमा 2015 Feb 04 मा प्रकाशित BY DR. SURYA B. PARAJULI



तस्बिर : ekantipur.com
ट्राफिक ईन्जिनियर आशिष गजुरेलले उठाउनु भएको विषयवस्तु सडक दुर्घटना कसरी घटाउने? समय सान्दर्भिक छ / वास्तबमा यस्ता विषयवस्तुहरुलाई वारम्बार उठाउनु जरुरी भईसकेको छ/ उहाले सडक दुर्घटनाको वास्तविक अवस्थालाई सटिक दंगले विश्लेषण गर्नुका साथै यससँग सम्बन्धित नीति-नियमहरुको पनि जानकारी गराउनु भएको छ/ 

सडक सुरक्षामा सडकको स्थिति, चालकको भूमिका तथा सवारी साधनको अवस्थाले मुख्य भूमिका खेलेका हुन्छन्/ उंहाले उठाएका कुरामा केहि थप गर्दा, जनचेतना मुख्य पाटोको रुपमा रहन्छ भने कानुन कार्यन्वयन अर्को चुनौतिको रुपमा देखिन्छ / 

बिना बैज्ञानिक अनुसन्धान बन्ने गरेका ट्राफिक नियमहरु पनि सडक दुर्घटनाका कारणहरु हुन् / मानौ, तपाई मोटरसाईकलको पछाडी बसेर यात्रा गर्दै हुनुहुन्छ, वर्तमान ट्राफिक नियम अनुसार तपाईले हेल्मेट लगाउन पर्दैन, किन? 

विभिन्न अध्ययन-अनुसन्धान अनुसार मोटरसाईकल दुर्घटना हुँदा पछाडी बस्नेको मृत्यु भएको बढी देखाउछन्/ के पछाडी बस्नेको टाउको जन्मदै दुर्घटना प्रतिरोधी हुन्छ र ?  

अर्को कुरा सडकमा ट्राफिक चेक जांच गर्दा कुनै पूर्व संकेत बिनानै सवारी साधनहरु प्रायस: विच सडकमा रोकिन्छन्, के यसलाई ब्यवथित गर्न मिल्दैन र ? 

हामीले सडक दुर्घटना भन्ने वितिकै सवारी साधन, चालक वा ट्राफिक प्रहरीलाई मात्र सम्झन्छौ तर सडकको बेहाल अवस्था, धुवा फाल्दै हिड्ने थोत्रा सवारी साधन लगायतका धेरै कारण किन भुल्छौ ? 

किन सडक सुरक्षामा सरकारी निकायवाट बैज्ञानिक अध्ययन-अनुसन्धान पर्याप्त हुन् सकिरहेका छैनन्? 

नियमित जनचेतनामुलक कार्यक्रम र कानुन कार्यन्वयन किन सहज हुन सकिरहेका छैनन् ? 

मापसे गरी सवारी साधन चलाउने बिरुद्धको अभियान पश्चात केहि सकारात्मक परिवर्तन गरेकामा ट्राफिक प्रहरीलाई सलाम, तर खै त सडक छेउ-छेउमा भेटिने रक्सी पसलहरुको छ्याप-छ्याप्ती उपस्थिति, यो कसले हेर्ने हो ? 

अनि अन्त्यमा ट्राफिक प्रहरी आफै विभिन्न स्वास्थ्य समस्याका शिकार भइरहेको अवस्थामा, उनीहरुको स्वास्थ्य समयाहरुको वारेमा पनि सोच्न पर्छ कि ?

धन्यवाद /

No comments:

Post a Comment