Followers

192. Healthman 2014_ तस्बिरहरु Update_ By Dr Surya Parajuli

191. World TB Day 2014 Celebration By Healthman Saptari Group 2014 _ Update By Dr Surya Parajuli

राजविराज (डाक्टर साथी, २४ मार्च, २०१४)
यहाँ स्थित राजविराज गजेन्द्र चौकमा वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका आठौ सेमेस्टरका बिधार्थीहरुले हेल्थम्यान फिल्ड कार्यक्रमको शिलशिलामा आएको अवसरमा विश्व क्षयरोग दिवस मनाएका छन्/ यस कार्यक्रममा मैनबत्ती प्रज्ज्वलन गरिनुको साथै बिधार्थीहरुले क्षयरोग बारेमा सहजीकरण गरेका थिए/ प्रशिक्षक डा. सूर्य पराजुलीले सो अवसरमा यस बर्सको नारा छुटेका सबै क्षयरोगका बिरामीलाई खोजौ, उपचार गरि निको पारौ भन्ने नाराको बारेमा सान्दर्भिकता प्रस्तुत गरेका थिए/ यस कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख बिजय कुमार झा लगायत जनस्वास्थ्य निरीक्षक रामदेव यादव, सुरक्षा निकायका व्यक्तिहरुको पनि उपस्थिति थियो/ यस कार्यक्रममा सहभागीलाई प्रशिक्षक सबिता यादववाट धन्यबाद ज्ञापन गरिएको थियो /




News Coverage


190. Condom article By Dr Surya Parajuli_2014.March.23_Blast

189. Wish You Nepal Cricket Team _Dr Surya n Team डाक्टर साथी





नेपाललाई सलाम !!! यो सुरुवात मात्र हो तर निरन्तरताको लागि 

नेपाल सरकारले धेरै गर्नुपर्छ , सरकार चेतना भया !!!!

Niraj Bartaula नेपालको T20 विश्वकपमा शानदार सुरुवात। हङकङ ८० रनले पराजित। बधाई छ नेपाली समर्थकलाई। धन्यवाद खेलाडीहरु, सारा नेपालीलाई खुशी दिएकोमा


     -------------------------------------------------------------

को डाक्टर ? को इन्जिनियर ? को कलाकार ? को पत्रकार ? को खेलाडी

 ?? को लेखक ?? को किसान, को को...अनि को ??? न त क्षत्री , न त 

बाहुन , न त कामि, न त दमाई , आखिर हामी सबै नेपाली, हो हामीले 

खोजेको नयाँ बन्ने संबिधान यस्तै होस्, जय नेपाल !!!!

Dipendra Bista सबैभन्दा पहिले व्यक्तिगत स्वार्थ त्यसपछि नातावाद, कृपावाद अनि पार्टीगत स्वार्थ, गुटगत स्वार्थ आदी-आदी पूर्ती गर्न नपाएर डिप्रेशनका बिमारी नेता, तिनका कार्यकर्ता तथा आउरे बाउरेहरु भएको यो देशको बिडम्बना छ । आशा गरौ, सकारात्मक सोचौ, आफ्नो तर्फबाट गर्न सक्ने केही छ भने गरौ नत्र नीरिह भएर बसौ । सबैको साझा संविधान बनोस्, हिलोमा कमल फूलेझै ।

178. BPKIHS WEEKLY HEALTH AWARENESS PROGRAM 2014.FEB.1_ DENGUE AND BIRD FLU _धरानमा डेंगी र बर्ड फ्लु सचेतना कार्यक्रम सम्पन्न_DR SURYA PARAJULI अपडेट





धरान ( २०७० माघ १८) वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको आयोजनामा र सुनसरी उध्योग बाणिज्य संघ धरानको सहकार्यमा एक दिने डेंगी र बर्ड फ्लु सम्बन्धि स्वास्थ्य जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो / सो कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्याक्ष प्रा. डा. बिक्रम श्रेष्ठको उपस्थिति थियो / कार्यक्रमलाई डा. अनुप घिमिरे र डेंगी जनचेतना अभियानकर्ता डा. सुर्य पराजुलीले सहजीकरण गर्नु भएको थियो / सो कार्यक्रमलाई कृति टेलिभिजनले छायांकन समेत गरेको थियो / यो प्रतिष्ठानले गर्दै आएको साप्ताहिक नियमित स्वास्थ्य जनचेतना अभियान हो / सहभागीहरुले यस्ता कार्यक्रमलाई नियमितता र विस्तार गर्दै लैजानु पर्ने बताउनु भयो/


तस्बिर सौजन्य:उपेन्द्र चाम्लिङ , ब्लास्ट , धरान 










177. LIFE LINE HOSPITAL SMARIKA 2070_ DENGUE_BY DR SURYA PARAJULI(लाईफ लाईन अस्पतालको स्मारिका २०७०मा प्रकाशित डेंगी लेख _डा. सुर्य पराजुली

लाईफ लाईन अस्पताल प्रा. लि. ले स्थापनाको १६ बर्षमा पुगेको उपलक्ष्यमा स्मारिका प्रकाशन गरेकोमा मेरो हार्दिक  शुभकामना !! मेरो लेख डेंगीलाई प्रकाशन गरेकोमा हार्दिक धन्यवाद !!!


175. NEPAL MARTYRS' DAY 2070_GAZAL BY DR SURYA PARAJULI_सहिद दिवस २०७०


सहिदका रगत मिसाई यो देशमा भोज नहोस् ,
देशको अस्मितामाथि दिनदहाडै मोज नहोस् !!

रित्तिएका आमाका कोखलाई कति पिडा,
अपनाएका उसले बाटाहरु बोझ नहोस् !!

आलो उसको रगत सुक्न नपाउदै,
उसको भावना बिरोधमा रोज नहोस् !!

आगोको झिल्को सनपाट मा  छ परिसकेको,
यति जान्दा -जान्दै कुविचारको ओज नहोस् !!

खण्ड-खण्ड हिजो जस्तो भोलि नहोस् त्यस्तो,
नागरिक बन्दै छौ रैतीको खोज नहोस् !!