Followers

178. BPKIHS WEEKLY HEALTH AWARENESS PROGRAM 2014.FEB.1_ DENGUE AND BIRD FLU _धरानमा डेंगी र बर्ड फ्लु सचेतना कार्यक्रम सम्पन्न_DR SURYA PARAJULI अपडेट





धरान ( २०७० माघ १८) वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको आयोजनामा र सुनसरी उध्योग बाणिज्य संघ धरानको सहकार्यमा एक दिने डेंगी र बर्ड फ्लु सम्बन्धि स्वास्थ्य जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो / सो कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्याक्ष प्रा. डा. बिक्रम श्रेष्ठको उपस्थिति थियो / कार्यक्रमलाई डा. अनुप घिमिरे र डेंगी जनचेतना अभियानकर्ता डा. सुर्य पराजुलीले सहजीकरण गर्नु भएको थियो / सो कार्यक्रमलाई कृति टेलिभिजनले छायांकन समेत गरेको थियो / यो प्रतिष्ठानले गर्दै आएको साप्ताहिक नियमित स्वास्थ्य जनचेतना अभियान हो / सहभागीहरुले यस्ता कार्यक्रमलाई नियमितता र विस्तार गर्दै लैजानु पर्ने बताउनु भयो/


तस्बिर सौजन्य:उपेन्द्र चाम्लिङ , ब्लास्ट , धरान 










177. LIFE LINE HOSPITAL SMARIKA 2070_ DENGUE_BY DR SURYA PARAJULI(लाईफ लाईन अस्पतालको स्मारिका २०७०मा प्रकाशित डेंगी लेख _डा. सुर्य पराजुली

लाईफ लाईन अस्पताल प्रा. लि. ले स्थापनाको १६ बर्षमा पुगेको उपलक्ष्यमा स्मारिका प्रकाशन गरेकोमा मेरो हार्दिक  शुभकामना !! मेरो लेख डेंगीलाई प्रकाशन गरेकोमा हार्दिक धन्यवाद !!!


175. NEPAL MARTYRS' DAY 2070_GAZAL BY DR SURYA PARAJULI_सहिद दिवस २०७०


सहिदका रगत मिसाई यो देशमा भोज नहोस् ,
देशको अस्मितामाथि दिनदहाडै मोज नहोस् !!

रित्तिएका आमाका कोखलाई कति पिडा,
अपनाएका उसले बाटाहरु बोझ नहोस् !!

आलो उसको रगत सुक्न नपाउदै,
उसको भावना बिरोधमा रोज नहोस् !!

आगोको झिल्को सनपाट मा  छ परिसकेको,
यति जान्दा -जान्दै कुविचारको ओज नहोस् !!

खण्ड-खण्ड हिजो जस्तो भोलि नहोस् त्यस्तो,
नागरिक बन्दै छौ रैतीको खोज नहोस् !!