Followers

89. We @ BPKIHS 2013 May 10



88. 193rd International Nurses' Day (IND)

International Nurses Day is celebrated around the world every May 12, the anniversary of Florence Nightingale's birth. 

The IND theme for 2013 is: Closing The Gap: Millennium Development Goals 8,7,6,5,4,3,2,1.


ICN themes for International Nurses Day:
  • 1988 - Safe Motherhood
  • 1989 - School Health
  • 1990 - Nurses and Environment
  • 1991 - Mental Health - Nurses in Action
  • 1992 - Healthy Aging
  • 1993 - Quality, costs and Nursing
  • 1994 - Healthy Families for Healthy Nation
  • 1995 - Women's Health: Nurses Pave the Way
  • 1996 - Better Health through Nursing Research
  • 1997 - Healthy Young People = A Brighter Future
  • 1998 - Partnership for Community Health
  • 1999 - Celebrating Nursing's Past, claiming the future
  • 2000 - Nurses - Always there for you
  • 2001 - Nurses, Always There for You: United Against Violence
  • 2002 - Nurses Always There for You: Caring for Families
  • 2003 - Nurses: Fighting AIDS stigma, working for all
  • 2004 - Nurses: Working with the Poor; Against Poverty
  • 2005 - Nurses for Patients' Safety: Targeting counterfeit medicines and substandard medication
  • 2006 - Safe staffing saves lives
  • 2007 - Positive practice environments: Quality workplaces = quality patient care
  • 2008 - Delivering Quality, Serving Communities: Nurses Leading Primary Health Care
  • 2009 - Delivering Quality, Serving Communities: Nurses Leading Care Innovations
  • 2010 - Delivering Quality, Serving Communities: Nurses Leading Chronic Care
  • 2011 - Closing The Gap: Increasing Access and Equity
  • 2012 - Closing The Gap: From Evidence to Action
  • 2013 - Closing The Gap: Millennium Development Goals

The International Council of Nurses has been celebrating this day each year since 1965. The date was changed in 1974 to May 12 in honor of the anniversary of the birth of Florence Nightingale. An English nurse and hospital reformer from the 19th century, Nightingale is considered the founder of modern nursing.

87. Healthman 2013




85. मकालु टेलिभिजनका लागि गरिएको स्वास्थ्य सम्बन्धी बिशेष सम्बाद Dengue Interview २०७० साल बैशाख २२ गते आईतबार बेलुका ७ बजे, पुन प्रशारण सोमबार बिहान ११.३० बजे र मंगलवार दिउँसो २.३० बजे पनि @ www.makalutv.com










84. नेपाली समसामयिक साहित्य, साहित्यमा चिकित्सक र रचनागर्भ सन्दर्भमा २०७० साल बैशाख २२ गते आईतबार बिहान ८ देखि ९ बजेसम्म B FM 91.2 Radio मा गरिएको कुराकानी @ www.bfm912.com







83. अन्तर्बार्ता :- नेपालमा डेङुले महामारिको रुप लिनसक्ने अवस्था छ । न्यू श्रीस्टी दैनिक, २०७० साल बैशाख २२ गते आईतबार बिहान ६ बजे










82. न्यू श्रीस्टी दैनिकमा गत शनिबार छापिएको कबिता 'देश र क्रान्ति' । (२०७० साल बैशाख २१)




81. मानब जीवनमा तनाबका असरहरु र त्यसको सही व्यवस्थापन ( Effects of stress in human life and it's management) BY डा. अनुभा सिंह (अस्ट्रेलिया)


                                                          डा. अनुभा सिंह
                                                             अस्ट्रेलिया


परिचय
परिस्थिति वा प्रकृतिको माग र अपेक्षाले गर्दा हामीमा आउने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन भनेको नै तनाब हो। हाम्रा अपेक्षा पुरा नहुने ज्ञान वा पुर्वज्ञान तनाब पैदा गर्ने कारक हुन्।  तनाब हामी सबैले महसुस गरेकै कुरा हो।  यो प्रतिस्पर्धाको युगमा तनाब महसुस नगर्ने मानिस कम नै होला।  तर पनि त्यही अवस्थामा कोही बढी तनाब महसुस गर्छन भने कोही कम।  अथवा चिन्ता बढी लिनु बाध्यता मात्र नभई एउटा बानी पनि हो।  यसरी पैदा हुने चिन्ताले हामीमा के कस्ता परिवर्तन ल्याउँछन्, के यो हाम्रो लागि राम्रो हुन्छ वा नराम्रो, यस्को असर हाम्रो स्वास्थमा कस्तो हुन्छ र यसलाई कम गर्न के गर्न सकिन्छ ? 
आउनुहोस आज छलफल गरौँ। 

चिन्ता वा तनाबका केही कारणहरु

१ दीर्घकालिन रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुको रोग हाडजोर्नीको रोग आदि 
२ भावनात्मक समस्याहरु जस्तै – ब्यक्त गर्न नसकेको रीस, डाह, उदासिनता, अपराधबोध आदि जस्ता नकारात्मक भावनाहरु
३  मानबिय सम्बन्धहरू वा सम्बन्ध नहुनु अथवा एक्लोपन
४ जीबनका ठुला परिवर्तनहरू जस्तै नजीकको मान्छेको मृत्यु बा बिछोड, नोकरी बाट निस्कासन वा सेवा-निबृत्ति , बिवाह आदि
५ परिवार भित्रका तनाबहरू जस्तै बच्चा जन्मनु, घरमा जवान हुँदै गरेका बच्चाहरुको चिन्ता, घरका बिरामी सदस्यहरू, 
 घरको जिम्मेवारीहरू आदि
६ आफ्ना विश्वास र चिन्तनहरू सँग तालमेल गर्न नसक्नु, जस्तै चाहदै चाहदै परिवारलाई समय दिन नसक्नु
७ पर्यावरण जस्तै प्रद्युषण, हिंशा, ध्वनी प्रद्युषण आदिले अनि दिर्घकालिन तनाब दिन सक्छ.
८ कार्यस्थल – काममा असन्तुस्टी र कामको धेरै बोझ
९ सामाजिक कारणहरु जस्तै असमानता, द्वेष जस्ता तत्वहरू


तनाबका असरहरु
प्रकृतिमा तनाब हुनु भनेको भिड्ने वा  भाग्ने प्रतिक्रिया हो ( fight and flight response)
१ तनाबको कारण हाम्रो शरीरमा आउने केहि परिवर्तनहरु 
मुटुको धड्कन र रक्तचाप बढ्नु , सास प्रस्वास बढ्नु, उर्जा बढ्नु अर्थात् चिनीको मात्रा बढ्नु , stress hormone हरू बढ्नु
२ तुरुन्तै देखिने

  मुटुको धड्कन बढ्नु , सांस बढ्नु, टाउको गर्दन दुख्नु ( tension headaches), ढाड दुख्नु, पसिना आउनु  र पेट दुख्ने वा दिसा लाग्नु
३ दीर्घकालिन असरहरु 
क) रोग प्रतिरोधात्मक शक्ति घट्नु. येही कारण हो तनावकै बेला हामी ब्रिरामी पर्नु
ख) रक्तचाप बढी हुनु, अनियमित धड्कन (arrhythmia)
ग)  रगतमा बोशो को मात्र बढ्नु ( free fatty acid  ) जुन रगतको नलीमा जमेर सांघुरिन गयी coronary artery disease, heart attack ( हृदयघात )  र heart failure जस्ता मुटुका रोगहरू लाग्न सक्छ भने पक्ष्याघात (stroke) पनि त्यसैको असर हो
घ) रगतमा चिनीको मात्रा बढी भैरहदा त्यसलाई कम गर्न चाहिने हर्मोन अर्थात् इन्सुलिन निकाल्ने ग्रन्थी (pancreas)  थाक्दै जान्छ    र  मधुमेह हुनसक्ने सम्भावना हुन्छ
ङ) तनाबले मांसपेसीमा गर्ने असरले गर्दा गर्दन र ढाड दुख्ने समस्या आउन सक्छ
च) तनाबको बेला पेटमा अम्लको मात्र बढ्ने हुँदा तेस्ले ग्यास्ट्रिक र अल्सर जस्ता दिर्घकालिन समस्या दिन सक्छ
छ) त्यस्तै प्रजनन अंगमा त्यसको असरले गर्दा पुरुषमा erection problems  र अरु यौन सम्बन्धी समस्या र महिलामा अनियमित महिनावारी र बाँझोपन हुन सक्छ।
ज) तनाबले दिने मानसिक दबाब धेरै समय रही रहेमा मनासिक रोगहरू जस्तै depression, anxiety रोगहरू लाग्न सक्छ जुन आज भोलि बढ्दै गएको छ ।
तनाबले गर्ने असरहरू धेरै छन्  तर त्यो भन्दै चिन्ता गरेर बस्नु त्यसको समाधान होइन । बरु जीबनमा आइपरेका चिन्ता र तनाबहरूलाई  समयमै बुझेर त्यसलाई व्यवस्थापन गर्ने सही तरिका वा defense mechanism  हरूको प्रयोग गर्न सके केही भए पनि राहत मिल्न सक्छ।
चिन्ता र तनाबको व्यवस्थापन गर्ने केहि उपायहरू

तनाब कम गराउन सबै भन्दा महत्वपूर्ण भनेको मन र दिमाग शान्त पार्नु हो। त्यसका केहि सरल उपायहरू:

१ आफ्नो मनका कुराहरुलाई लेखेर ब्यक्त गर्ने । डायरी लेख्नु पनि एउटा राम्रो उपाय हो । र बिशेष चाख भएकाको लागी कविता वा तेस्तै केहि रचनात्मक कुरा लेख्नु पनि एउटा राम्रो defense mechanism  मानिन्छ, जसले नकारात्मक उर्जाहरुलाई एउटा  सिर्जनशील रुपमा अभिव्यक्त गराउन मद्दत पुरयाउछ ।
२ भावनाको अभिव्यक्ति – कोहि नजिकको मान्छे चाहे परिवारको होस् वा नजिकका मित्रसँग आफ्नो मनको कुरा पोखेर, तेस्तै रोएर, हासेर,  कुरा गरेर होस् वा रिस देखाएरै किन नहोस मनको कुरा सहि रुपमा अभिव्यक्त गर्न पाउँदा पनि तनाब धेरै हद सम्म कम भएको महसुस हुन्छ।
३ आफुलाई मनलाग्ने कुरा गर्ने – चाहे त्यो संगीत सुनेर होस् वा गितार बजाएर वा फिलिम हेरेर , वा आफुलाई इच्छा लाग्ने कुरा गरेर पनि मनलाई  शान्त गराउन सकिन्छ।  महिलाहरुको लागि सपिंग गर्नु पनि stress कम गर्ने राम्रो उपाय मानिन्छ।  तर यो सधै सम्भव नहुन सक्छ ।
४ बर्तमानमा  रहने- हाम्रो चिन्ताका कारणहरू कि त भुत को पश्चाताप हुन्छ कि त भबिस्यको चिन्ता, र त्यही चिन्तामा हामीले आफ्नो बर्तमानमा बाच्न बिर्सेका हुन्छौँ।  योग र ध्यान पनि मनलाई शान्त पार्ने राम्रो उपाय हो भने भगवान मन्नेको लागि पूजा र भजन पनि मन शान्त राख्ने राम्रो उपाय हो । 

त्यस्तै मन संगै तनाबमा रहेको हाम्रो शरीरलाई पनि हामीले आराम दिनु पर्छ।  शरीरलाई तनाबबाट उत्पन्न हुने नराम्रा तत्वबाट बचाउन अपनाउन सकिने उपायहरू
नियमित व्यायाम – ब्यायामले एक त हामीलाई बलियो र स्वस्थ बनाउछ भने अर्को तनाब मुक्त पनि पार्दछ र त्यसले गर्दा शरीरमा निस्कने नराम्रा तत्वहरुलाई पनि उर्जामा परिवर्तन गरी त्यसको खराब असरबाट शरीरलाई बचाउछ। त्यसैले कुनै कुराले अति चिन्ता वा तनाबमा हुनुहुन्छ भने केहि समय ब्यायाम गर्यो भने त्यसका नकारात्मक असरहरू हटेर जान्छन ।
योग वा त्यस्तै ब्यायामहरू जसले मांसपेसीहरूलाई खुकुलो पार्छ, र सास को व्यायाम जस्तो कि प्रणायाम जसले गर्दा पनि मन र शरीर दुवै शान्त हुनुको साथै सकारात्मक सोचहरू ल्याउछ। 
चिन्ता र तनाबलाई घटाउने उपायहरुको कुरा गर्यौं।  तर तनाब हुने नदिनु सबै भन्दा उत्तम उपाय हो। जुन सधै सम्भब नहुन सक्छ तर प्रयास गरे असम्भब पनि होइन। 
१ समयको व्यवस्थापन – हामीले आफ्ना कामहरु सही समयमा गर्ने गरेमा पनि तनाब धेरै कम हुन्छ।
सही जीबन शैली – स्वस्थ खाना खानु , ब्यायामहरू गर्ने र जीबनका बिभिन्न कुरा को सन्तुलन कायम गर्ने जस्तै परिवार, काम, साथीभाई सबैलाई मिलाएर समय दिने प्रयास गर्ने ।
जीबन बाँच्नुको उद्देस्य बुझ्ने ।
पुर्णता वा perfection न खोज्नु , किनकि हरेक कुरामा पुर्णता खोज्नु पनि तनाब को एक प्रमुख कारण हो। 
परिवार साथीहरु र आवस्यक परेमा चिकित्सक, मनोसामाजिक सल्लाहकारहरूको सहयोग लिनु पर्छ ।
सकारात्मक सोच राख्नु।  सकारात्मक सोंच राख्नाले शान्त भएर सानातिना समस्यालाई रोक्न रोक्न सक्छौं भने , ठुलै समस्या परे पनि धैर्य भई समाधान खोज्न सक्छौ।
समस्याहरू के के हुन् केलाई त्यसको समाधानको खोजी गर्नु पर्छ।  problem solving approach ले पनि तनावलाई धेरै घटाउछ


यस प्रकारले तनाबलाइ बुझ्नु र त्यसको समाधान गर्नु नै त्यसबाट बच्ने 

मुख्य उपाय हो। आशा गर्दछु यो लेखले तपाइहरुलाई तानाबबाट बच्न 

मद्दत गर्नेछ। 

80. देश र क्रान्ति



© डा. सुर्य पराजुली
२८ अप्रिल २०१३, बिराटनगर



रोईरहेछ देश
रुवाउने को  ?
एकै चोटि मारी देउ बरु,
तडपाउने छ जो ? ?

शान्ति भन्दै हत्या गर्छौ,

कलम होईन बन्दुक भर्छौ,
ए देशका क्रान्तिपुरुष हो !
आँफै-आँफैमा किन लड्छौ  ?

देशै  नभए तिम्रो क्रान्ति,
ईतिहास मात्र भएर रहला ।
बरु जितिदेउ सारा नेपाली मन ,
हामी एकसाथ भएर जिऔंला ।

79. Get vaccinated, Save Life ___खोप लगाऔं, जीवन बाचाऔं by Dr Surya Parajuli_ © डा. सूर्य पराजुली, Health writer from Nepal

    


विश्वको स्वास्थ्यसम्बन्धी सर्वाेच्च निकाय विश्व स्वास्थ्य संगठनले यो साता अंग्रेजी तारिख २० अप्रिलदेखि २७ अप्रिलसम्म विश्व खोप सप्ताह मनाइरहेको यसै सन्दर्भमा नेपालले पनि खोप सप्ताहमा विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको
विश्व स्वास्थ्य संगठनले यो वर्षको नाराखोप लगाऔं, विश्वलाई सुरक्षित पारौंतय गरेको विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्याङ्कअनुसार खोपबाट संसारभर प्रत्येक वर्ष करिब मिलियन मृत्युलाई रोक्न सकिएको तर दु:खद् कुरा के भने सन् २०११ सम्मको तथ्याङ्कमा तिनै मात्रा डी.पी.टी. खोप लगाउनेको सङ्ख्या ८३ प्रतिशतमात्र हुनुले खोपप्रति अझै पूर्ण सचेतना नभएको प्रष्ट हुन्छ एक वर्षभित्रमा करिब २२. मिलियन बालबच्चाले पूर्ण खोप प्राप्त गर्दैनन् दक्षिण पूर्वी एसियाको कुरा गर्दा सन् २०११ को अन्त्यसम्ममा २८. मिलियन बच्चाहरुले लहरेखोकी, धनुष्टङ्कार भ्यागुते रोगविरुद्धको डी.पी.टी. का पूर्ण खोप पाएका छन् यता . मिलियनले अझै पूर्ण खोप प्राप्त गरिरहेका छैनन् स्मरण रहोस्, डी.पी.टी. का तीनवटै खोप पूर्णता दिनुलाई खोपको प्रभावकारिताको मूल्याङ्कन गर्ने औजारका रुपमा लिइन्छ नेपालको सन्दर्भमा कुरा गर्दा राष्ट्रिय खोप कार्यक्रम सन् १९७९ मा सर्वप्रथम तीनवटा जिल्लाहरुमा डी.सी.जी. डी.पी.टी. खोपबाट शुरु भएको थियो
सन् १९८८ सम्म आइपुग्दा नेपालका सबै ७५ वटै जिल्लामा डी.पी.टी., बी.सी.जी., .पी.भी. मिजल्स खोप पुगेको थियो सन् २००३ मा आएर हेपाटाइटिसबीको खोप पनि दिन शुरु गरिएको थियो सन् २००९ बाट हेमोफिलस इन्फ्लुयन्जा टाइप बी भ्याक्सिन पनि शुरु गरियो सन् २००९ बाट नै जापानिज इन्सेफ्लाइटिसको खोप पनि राष्ट्रिय खोप कार्यक्रममा समाहित गरियो नेपाल सरकारले २०६८/०६९ मा दादुरारुवेला खोप पनि अभियानको रुपमा सम्पन्न गरिएको थियो रुवेला खोप पनि दादुरा खोपजस्तै महिनादेखि वर्षको उमेरभित्र लगाइन्छ तर अभियानको क्रममा महिनादेखि १५ वर्ष उमेरभित्रकालाई यसको मात्रा दिइएको थियो नेपालमा अहिले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत वटा खोपजन्य रोगविरुद्ध खोप कार्यक्रम सञ्चालनमा ल्याइएको खोपबाट जोगाउन सकिने रोगहरुमा भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, मेनिन्जाइटिस, जापानिज इन्सेफ्लाइटिस, दादुरा, पोलियो, निमोनिया, क्षयरोग हेपाटाइटिस बी पर्दछन् बी.सी.जी. खोपले क्षयरोगबाट बाचाउाछ, जुन जन्मनेबित्तिकै एकपटक लगाइन्छ सम्भव नभएमा पहिलो चोटी भेट्दा पनि लगाउने गरिन्छ डी.पी.टी.–हेप.बीहिबले भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी निमोनियाबाट बचाउाछ यो जन्मेको हप्ता वा डेढ महिना, जन्मेको १० हप्ता वा साढे महिना जन्मेको १४ हप्ता वा साढे महिना गरी तीन मात्रामा लिनुपर्दछ दादुरा खोपले दादुरा लाग्नबाट बाचाउाछ यो जन्मेको महिना पूरा भएपछि वर्षको उमेरभित्र एकपटक लगाउनुपर्दछ
जे..भ्याक्सिनले जापानिज इन्सेफ्लाइटिसबाट बाचाउाछ यो भ्याक्सिन जन्मेको १२ महिनादेखि २३ महिनाभित्र एकपटक लगाउनुपर्दछ राष्ट्रिय खोप कार्यक्रमबाहेक पनि गर्भवती महिलालाई नि:शुल्क टी.टी. खोप पनि लगाइन्छ यसैगरी गर्भवती महिलाबाट विकृत शिशुहरु जन्मने अवस्था (कन्जेनाइटल रुवेला सिन्ड्रोम) बाट हरेक वर्ष विश्वमा करिब लाख १० हजार शिशु शिकार हुन्छन् यसलाई रोक्न पनि नेपालले दादुरारुवेला खोप अभियानअन्तर्गत खोप लगाउन थालेको हो अन्य रोगहरु जस्तो टाइफाइड, एमएमआरलगायतका खोपहरु पनि आवश्यकताअनुसार लगाउने गरेको पाइन्छ पुनश्च: राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप नि:शुल्क प्राप्त गर्न सक्नु हुनेछ खोप के हो भन्ने प्रश्नमा यो त्यस्तो जैविक तत्व हो, जसले शरीरमा प्रवेश गरेपछि प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाई शरीरमा रोगविरुद्धको एन्टिबडी बनाउाछ यसले गर्दा भविष्यमा सो रोगबाट बाचाउाछ खोपहरु सुईको माध्यमबाट, मुखबाट वा अरु माध्यमबाट दिने गरिन्छ तपाईंहामीले सुनेको अनि कतिले भोगेको रोग बिफर अर्थात् स्मलपक्स अहिले संसारबाट निर्मूल भइसक्नु पनि सबैको सहकार्यमा खोपबाट नै सम्भव भएको थियो यो मानव सभ्यताको एउटा ठूलो उपलब्धि पनि हो सन् १९८८ बाट शुरु भएको पोलियो उन्मूलन कार्यक्रमबाट हालसम्ममा ९९ प्रतिशत पोलियो निवारण भइसकेको भने सन् २०१२ को अन्त्यसम्ममा संसारभर तीनवटा देशमा अझै पोलियो सी.डी.सी. ले गरेको तथ्याङ्क विश्लेषणअनुसार यदि अमेरिकी डलर खोपमा खर्च गर्ने हो भने पछि हुने आर्थिक व्ययभार घटाउन सकिने देखिएको डलर डी.पी.टी. खोपमा खर्च गर्ने हो भने पछि लाग्ने रोगबाट हुने करिब २७ डलर खर्च यसले रोक्न सक्दछ
विश्व स्वास्थ्य संगठन युनिसेफले सन् २००६ देखि २०१५ सम्ममा एउटा १० वर्षे गिम्स रणनीतिअनुसार खोपको दायरा बढाउादै धेरै व्यक्तिमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको नेपालले सहस्राब्दी विकास लक्ष्यलाई चुम्न बाल मृत्युदर घटाउनु पर्दछ यसका लागि खोपको भूमिका सकारात्मक नेपालमा सबै खोपको मात्रालाई पूर्णता दिन सकिएको छैन तथापि विगतका वर्षहरुमा भन्दा सकारात्मक उपलब्धिहरु भने हासिल हुादैछन् बी.सी.डा.को प्रयोग ९७ प्रतिशत भने .पी.भी. मिजल्सको प्रयोग ८८ प्रतिशत विभिन्न खोपपश्चात् मृत्युका घटनाहरु पनि नसुनिएका होइनन् तथापि यो खोपको कारणभन्दा पनि खोप सम्बन्धमा आवश्यक ज्ञान प्रयोगविधिको कमीले गर्दा भएको हो हेपाटाइटिस बी खोप लगाउने बहानामा थुप्रै ठगीका घटना पनि नभएका होइनन्, यसबाट सचेत रहनैपर्छ अन्त्यमारोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तमभन्ने मूल मन्त्रलाई चरितार्थ गर्न गाउा शहर, पढेका नपढेका, धनी गरिब, सम्भ्रान्त पिछडिएका सबैले हातेमालो गर्दै अघि बढ्नु समयको माग हो