Followers

17.NMVS बिद्यालय स्वास्थ्य कार्यक्रम

NMVS बिद्यालय स्वास्थ्य कार्यक्रमको क्रममा स्कुलका बिद्यार्थी माझ....(Tuberculosis Health Education )


क्षयरोग ( टि.बी. )
पृष्ठभूमि
रोवर्ट कच तपाईलाइ सलाम ,मार्च २४  तारिक हामी विश्व क्षयरोग दिवस मनाउछौ आज पनि यो रोग हाम्रो जस्तो राष्ट्रको लागि एउटा प्रमुख स्वास्थ्य समस्या रहेकोमा दुईमत  छैन ।तपाई, हामी सवै जानेर नजानेर यस्को शिकार बनिरहेका छौ यस लेखमा आज हामी फोक्सोमा हुने क्षयरोगको बारेमा मात्र चर्चा गरौं
परिचय
क्षयरोग एउटा संक्रामक सरुवा रोग हो ,यो माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुको संक्रमणबाट देखा पर्ने गर्दछ साधारण भाषामा यसलाई टि.वी लागेको भनी चिनिने गरिन्छ ।मुख्यतया फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क, छालामा समेत यसले आक्रमण गर्दछ । सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षयरोगलाई ग्लोबल इमरजेन्सीको रुपममा घोषणा गर्‍यो ।
इतिहास
आजभन्दा पाँच लाख वर्ष पहिले टर्कीमा रहेका चिहानमा क्षयरोगका चिन्हहरु भेटिएका थिए ट्युबरक्लोसिस भन्ने शब्द चाही सन् १८३९ बाट प्रयोगमा आएको पाइन्छ सन् १८८२ मा जर्मनका डाक्टर रर्बट कच ले क्षयरोगका किटाणु पत्ता लगाएपछि एउटा नयाँ आबिष्कार भयो  भ्याक्सीनको आविष्कार पश्चात भने चिकित्सा इतिहासमा नयाँ युगको थालनी भयो 
नेपालको अवस्था
करिब ८०,००० नेपाली क्षयरोगबाट ग्रसित छन् प्रत्येक वर्ष ५०,००० जना नयाँ रोगी, जसमा २२,००० जनामा खकारमा टि.वी को किटाणु देखिएको प्रत्येक वर्ष करिब १०,००० जना यसैको कारण मरिरहेको भयावह अवस्था ।.................................

16.रेडियो कार्यक्रम डाक्टर साथीको ८५औ संस्करण

रेडियो कार्यक्रम डाक्टर साथीको ८५औ संस्करण..

               

14. एन्टी रेप कण्डम यो महिलाले प्रयोग गर्ने कण्डम हो । महिलालाई कसैले बलात्कार गर्ने प्रयाश गरेमा यसले बलात्कारीको लिङ्गमा अत्याधिक दुखाई गरिदिन्छ जसले गर्दा उ भाग्दछ ।.......कण्डमको नालीबेली: कलिला युवाहरु जसले पहिलो चोटी कण्डम प्रयोग गर्दैछन् !!! BY DR. SURYA B. PARAJULI, NEPAL

कण्डमको इतिहास
कण्डम परिवार नियोजनको एक प्रचलित तथा सरल उपाय सबैलाई थाहा भएकै हो यसले यौन तथा एड्स रोग लाग्नबाट बचाउँदछ आज हामी कण्डम बारे केही कुरा गर्दछौ इसापूर्व १३५० मा इजिप्ट भन्ने देशमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे  सन १५६४ मा इटाली देशमा शरीर शैल्यबिज्ञ  फेलो पिग्सका अनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो १८ शताब्दीमा आएर कण्डमको अन्तराष्ट्रिय नामाकरण गरिएको, जुन कण्डम आन्द्रा मुख्यतय भेडाको आन्द्राबाट बनेको थियो   विभिन्न धार्मिक संघ, संगठनहरुको बिरोधको बाबजुद पनि कण्डम बजारले व्यापकता पाउँदै गयो १८ औं शताब्दीमा कण्डम विभिन्न गुणस्तर तथा आकारमा पाउन  थालियो कण्डम क्याफे, आौषधी पसल, रेष्टुरा, नाटकघरमा  रसिया तथा सम्पूर्ण युरोप भरमा पाउन थालियो विस्तारै कण्डमले अमेरिका प्रवेश गर्न थाल्यो तर त्यस समयमा कण्डम उच्च वर्गको समाजको लागि मात्र सहज थियो १९ औं शताब्दीको सुरुवात तिर पहिलो पटक गरीव समुदायहरुमा पनि परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न जनचेतनामूलक कार्यक्रमहरु थालियो विभिन्न राष्ट्रहरुले कानुन नै पारित गरेर कण्डम निर्माण तथा प्रयोग प्रर्वद्धनमा जोड दिन थाले विभिन्न बाधा÷ब्यबधानलाई तोड्दै १९ औं शताब्दीको अन्त्य तिर कण्डम पश्चिमी संसारभर एउटा प्रसिद्ध परिवार नियोजनको साधनको रुपमा विकास भयो १९ शताब्दीको अन्त्य तिर जर्मन सैनिकहरुले आफ्ना सैनिकहरुलाई कण्डम प्रयोग गर्न प्रोत्साहन गरे यता २०   शताब्दीको सुरु तिर अमेरिकन सैनिकमा कण्डम प्रयोगले यौन रोग संक्रमण दर ह्वात्तै घटाएर लगेको अनुसन्धानले पत्ता लगायो  सन १९२० मा आएर संसार  भर कण्डमको प्रयोग दोब्बर भएर गयो संसारको पहिलो रबर निर्मित कण्डम सन १८५५ मा बनेको पाइन्छ जुन साइकलको ट्यूब जत्तिकै बाक्लो थियो   यसको अलाबा पनि संयुक्त राज्य अमेरिका बेलायतमा रबरले बनेका लिङ्गमुन्ड मात्र छोपिने कण्डमको प्रयोग हुन्थ्यो दोश्रो विश्वयुद्धको समय भरी कण्डमलाई चलचित्र , पोस्टर तथा अध्यापनको माध्यमबाट झन् व्यापकता दिइयो दोस्रो विश्वयुद्ध पश्चात सन् १९५५१९६५ मा ४२% अमेरिकनहरुले कण्डमलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गरेको इतिहास भेटिन्छ यता वेलायतमा सन्  १९५०१९६० मा ६०% विवाहित जोडीले कण्डम प्रयोग गर्थे सन् १९९५ मा अमेरिकी वजारमा प्लाष्टिक कण्डम पाइन थाले यता १९८१ मा एड्स यौन सम्पर्कको माध्यमबाट सर्ने पत्ता लागे पछि झन् एच आइ भी किटाणु सर्न नदिने कण्डमको प्रयोगले ब्यापकता पाउँदै गयो कण्डमका विविध पक्षमा अनुसन्धान तीब्र गतिमा अघि बढी रहेको एउटा अध्ययनले के देखाउँछ भने सन् २०१५ सम्म १८. बिलियन कण्डम आवश्यक पर्ने
नेपालमा वि.. २०३५ सालमा कण्डम, ब्रान्ड नामढालराखेर विक्री वितरण गर्न थालियो त्यसपछि अनेकौ नाममा नेपाली वजारमा कण्डम आउन थाले कण्डमको गुण स्तरको आधारमा मूल्य पनि फरक फरक पाइन्छन्


कण्डमका प्रकारहरु
कण्डम लेटेक्स सिन्थेटिक रबरबाट निर्मित खोल हो जसलाई  पुरुष वा महिलालेयौन सम्पर्कको बेला परिवार नियोजनको अस्थायी साधनको रुपमा तथा एड्स तथा यौनजन्य रोगहरु बच्न प्रयोग गर्छन् प्रायः कण्डम १७७ एम एम ( इञ्च) लम्बाई, ४० एम एम ( इञ्च) गोलाई तथा .००१.००५ इञ्च वाक्लो हुन्छ

प्राकृतिक लेटेक्स कण्डम
यस तत्वको प्रयोग गरी बनाइएका कण्डममा अत्याधिक तन्कने  गुण विद्यमान रहन्छ तर यी कण्डमहरु तेलमा आधारित लुब्रिकेन्ट, कुकिङ्ग तेल, स्किन लोसन, कोल्ड क्रिम, बटरमा फुट्ने सम्भावना अत्यधिक रहन्छ   यस्ता प्रकारका कण्डम प्रयोग गर्दा एलर्जी गराउने पनि गर्दछन् 

सिन्थेटिक कण्डम 
पोलीयुरेथेन, पोलीआइसोप्रितबाट बनेको हुन्छ यी कण्डमहरु लेटेक्स कण्डम भन्दा राम्रा मानिन्छन् तेलमा आधारित लुब्रिकेन्टमा पनि यी प्रयोग गर्न सकिन्छन् यी कण्डमको प्रयोगले एलर्जी कम गराउँदछ यी कण्डम अलि महँगो हुन्छ
ल्यामस्किन कण्डम 
भेडाको आन्द्राबाट वनेका हुन्छन् तर यसले यौन तथा एड्स रोग सर्नबाट  बचाउदैन तर परिवार नियोजनको साधनको रुपमा भने काम गर्दछ यी कण्डमबाट एलर्जीको खतरा कम हुन्छन् तर यी महँगा सजिलैसँग उपलब्ध नहुने कण्डम हुन्


स्परमीसाइडल कण्डम 
लेटेक्स कण्डममा शुक्रकिट नष्ट पार्ने नोनोजाइनोल नामक रसायन प्रयोग गरिएको हुन्छ तर यी रसायन तत्वको असर लामो समय नरहने हुनाले यसको खासै फाइदा भने रहँदैन


टेक्सचर कण्डम
अन्तरगत स्टडेड रिब कण्डमहरु पर्दछन्, यी कण्डमको प्रयोगले दुवै यौन जोडीमा  अझ यौन आनन्द थप्ने काम गर्दछ रिब अर्थात घेराहरु कण्डमको भित्री बाहिरी दुवै सतहमा रहन्छन् यी सतहहरुको प्रत्यक्ष सम्पर्कजी स्पटफ्रेनुलमसँग रहेको हुन्छ यसले बढी नै यौन  आनन्द लिने प्रयोगकर्ताको दावी


बुस्टीङ्ग कण्डम
सन २०११ को जुन महिनाबाट यस कण्डमले औपचारिकता पाएको यसले पुरुषमा लिङ्ग उत्तेजना लामो समयसम्म राख्ने लिङ्गको आकार समेत बृद्धि गरिदिन्छ यसले महिलाहरुमा यौन आनन्द थपिदिने जानकारहरु बताउँछन् वास्तवमा यी कण्डमको टुप्पोमा एक प्रकारको जेली प्रयोग गरिएको हुन्छ जसले लिङ्गमा रहेका रक्तनशामा रक्तसंचार बढाई दिन्छ जसले लिङ्ग ठूलो तथा लामो समय उत्तेजित रहन्छ


एन्टी रेप कण्डम 
यो महिलाले प्रयोग गर्ने कण्डम हो महिलालाई कसैले बलात्कार गर्ने प्रयाश गरेमा यसले बलात्कारीको लिङ्गमा अत्याधिक दुखाई गरिदिन्छ जसले गर्दा भाग्दछ


मनोरन्जन कण्डम
यस प्रकारका कण्डमहरु मनोरञ्जनका लागि मात्र   बनाइएका हुन्छन् यसले गर्भधारण रोक्ने यौन एड्स रोगबाट सुरक्षा गर्न सक्दैनन्
महिला कण्डम
महिला कण्डममा  दुईतिर रिङ्ग हुन्छन् एउटा रिङ्ग पाठेघरको मुखमा टाँसिन्छ भने अर्को रिङ्ग बाहिर योनी मुखमा रहन्छ महिला कण्डमहरु प्रयोग गर्न अलि गाह्रो खर्चिलो हुन्छ तर पनि यसको प्रयोग बढ्दै गइरहेको पाइन्छ


कण्डम पाइने स्थानहरु
सरकारी प्राथमिक स्वास्थय केन्द्र, स्वास्थ्य चौकी तथा उपस्वास्थ चौकीहरु, अस्पतालहरु, औषधी पसलहरु, किराना पसल, पान पसल, परिवार नियोजन संघ, होटल (लज), विभिन्न क्लबहरु


कण्डमका प्रचलित नामहरु
ढाल, प्यान्थर, निरोध, काम सूत्र, मस्ती ,बादशाह, मिचाई, फेमिडोम,  फियस्ता,  रेनकोट, जोडी, फायर, नम्बर वन्



कण्डमको उचित भण्डार
घाम, ताप नपर्ने ठाउँ, ठण्डा ओस नपर्ने ठाउँ




कण्डम लगाउने तरिका 
                           
                           कण्डम प्रयोगका फाइदाहरु
) गर्भधारण रोक्न- साधारणतया कण्डम प्रयोग गर्दा १०१८ प्रतिशत प्रतिवर्ष गर्भवती हुने गरेको पाइन्छ भने एकदम सही प्रयोग गर्दा पनि प्रतिशत प्रतिवर्ष गर्भवती हुने गरेको तथ्याङ्क त्यसैले कण्डमले शतप्रतिशत गर्भधारण गर्भबाट नरोक्न पनि सक्दछ
) यौन तथा एचआइभी एड्स रोक्न- कण्डमको प्रयोग हुन थाले पछि पुरुष महिला दुवैमा योनजन्य रोगहरुको संक्रमण घटेर गयो तर कण्डमको प्रयोगले शत प्रतिशत यौन-एड्स रोक्छ भन्ने धारणा एकदम गलत हो यौनाङ्गमा यदि सक्रिय रोग भने त्यस भागलाई कण्डमले नढाकेको हुन सक्दछ जसवाट थुप्रै रोग सरेको भर्खरै गरेको अध्ययनबाट पत्ता लाग्दै
) सुरक्षित अनुभव गराई यौन उन्माद बढाउँछ
) सफा अनुभूति गराउँछ
) सामाजिक प्रतिष्ठा घट्न दिदैन
) क्यान्सर हुनबाट जोगाउँछ


कण्डम प्रयोगका वेफाइदाहरु
) यौन आनन्दमा कमी  ) गर्भधारण हुन नदिने  ) मूल्य तिर्नुपर्ने   ) खस्कने फुट्ने सम्भावना   ) कसै कसैलाई एलर्जी हुने


कण्डम फेल्यर हुनाका कारणहरु
बिर्य स्खलन भइसकेपछि कण्डम  चिप्लिने सम्भावना अत्याधिक रहन्छ राम्रो  तरीकाले प्रयोग गर्न नसक्नु, तेलमा आधारित लुब्रीकेन्ट प्रयोग गर्नु, आदि

कण्डम युवा
युवा उमेरमा बिबाह अघि या बिबाहपछि यौनसम्पर्क गर्ने क्रम ह्वात्तै  बढेको पाइन्छ कण्डमको प्रयोग नगरी बिबाहअघि कलिलै उमेरमा (+) पढ्दा पढ्दै गरिने यौन सम्पर्कले गर्भधारण भई असुरक्षित गर्भपतन गराउने प्रवृति बढेर गएको यसरी असुरक्षित गर्भधारणको कारण आत्महत्या सम्मको परिस्थिति तपाई हाम्रो समाजमा बढ्दो अर्को कुरा कलिला युवाहरु जसले पहिलो चोटी कण्डम प्रयोग गर्दैछन् त्यो प्रयोग बिधी सही नहुन सक्छ जसबाट गर्भधारण साथै यौन रोग सर्न पनि सक्दछन् त्यसैले विभिन्न क्लव, संस्था, युवा समूह जेसीज लगायत संस्थाले युवा युवतीलाई कण्डम सम्वन्धि जनचेतना दिने बेला भएको बिधालय तथा विश्व बिधालयले पनि आफ्नो शैक्षिक पठनपाठनमा कण्डम शिक्षालाई उठाउनै पर्दछ