Followers

5. यौन दुर्ब्यबहार र सम्बन्धित कानुनको बारेमा चर्चा BY © डा. सूर्य पराजुली


परिचय 
यौन मानवजीवनको आवश्यकता हो । यौनविनाको संसारको परिकल्पना गर्न सकिन्न ।          वंश निरन्तरता र आपसी प्रेमलाई गाढा बनाउने काम यौनले गर्दछ । इच्छाविपरीत गरिएको यौन सम्पर्क बलात्कार हो । आज हामी यौन दुर्ब्यबहार र सम्बन्धित कानुनको बारेमा चर्चा गर्दैछौं । 

यौन दुर्ब्यबहारका प्रकारहरु
क)  प्राकृतिक यौन दुर्ब्यबहार
यसअन्तर्गत जबर्जस्ती करणी (Rape), हाडनाता करणी (Incest) र अडल्ट्री आदि पर्दछन् । 
ख)    अप्राकृतिक यौन दुर्ब्यबहार
यसअन्तर्गत सोडोमी, बेस्टियालिटी, बकल कोइट,लेस्बियानिजम आदि पर्दछन् ।
ग)    चरम् अप्राकृतिक यौन दुर्ब्यबहार
यसअन्तर्गत फेटिसिजम ,ट्रान्सभेस्टिजम, सेक्सुअल स्याडिजम, एक्जीविसोनिजम, पेडोफिलिया आदि पर्दछन् ।
घ)  अन्य
नेक्रोफिलिया र नेक्रोफयाजिया आदि पर्दछन् ।

हामीले माथि सामान्यतः यौन दुर्ब्यबहारका प्रकारका बारेमा जानकारी प्रस्तुत गर्यौ

अब हामी केही यौन दुर्ब्यबहारलाई अझ प्रष्ट पार्ने कोशिस गर्छौ  

जबर्जस्ती करणी (Rape)
रेपलाई साधारण भाषामा भन्दा नियमकानुनबाहिर गएर पुरुष र महिलाबीचमा हुने यौन सम्बन्ध भन्न सकिन्छ । रेपका लागि निम्न अवस्था हुनुपर्दछ । 
क)महिलाको स्वीकृति (consent) विना,
ख)महिलाको इच्छा (will) विना,
ग) महिलाको स्वीकृति र इच्छा भए वा नभए पनि उमेर १६ वर्षभन्दा कम भएमा
घ) डर, धम्की देखाएर गरिने यौन सम्पर्क ,
ङ) झुक्याएर वा ललाइ फकाइ गरेर
नेपालको मुलुकी ऐनको जबर्जस्ती करणीको महल अनुसार निम्न कानुनी सजाय रहेको छ ।
नं १  १६ वर्षभन्दा कम उमेरकी महिला केटी, विधवा या विवाहित भई मन्जुरीनामा दिए पनि या नदिए पनि, १६ वर्षभन्दा माथि उमेर भएर मन्जुरीनामा नदिएमा या डर, धम्की र जबर्जस्ती मन्जुर गराएमा ।
नं ३   यदि पीडित महिला १० वर्षभन्दा कम भएमा पीडकलाई १०१५ वर्षसम्मको जेल सजाय हुनेछ ।पीडित महिला १०१६ वर्षभित्रको उमेर समूहमा भएमा पीडकलाई ७१० वर्षसम्मको जेल सजायको व्यवस्था छ ।१६ वर्षभन्दा माथि भएमा ५७ वर्षसम्म जेल सजायको व्यवस्था छ ।
नं ३ (क)   समूहगत रुपमा, गर्भवती महिला, अशक्त महिलालाई रेप गरिएमा थप ५ वर्ष जेल सजाय उमेरअनुसार नं ३ बमोजिम हुने व्यवस्था छ ।
नं ५  बलात्कारको प्रयास हुदा करणी नभए पनि माथि उल्लेखित धाराहरुअनुसार आधा सजाय हुने व्यवस्था छ ।

हाडनाता करणी (Incest)
पुरुष र महिलाबीच हुने प्राकृतिक यौन सम्बन्ध, जसमा कानुनी रुपमा वैवाहिक सम्बन्ध रहँदैन । हाडनाता करणी निम्न प्रकारका छन्
क) बाबु र छोरीबीचको यौनसम्बन्ध, जसलाई इलेक्ट्रा कम्प्लेक्स भनिन्छ ।
ख) आमा र छोराबीचको यौनसम्बन्ध, जसलाई ओइडिपस कम्प्लेक्स भनिन्छ ।
ग) दाजु र बहिनीबीचको यौनसम्बन्धलाई प्यारोनिक इनसेस्ट भनिन्छ ।
नेपालको मुलुकी ऐनको हाडनाता करणी गर्नेको महलअनुसार निम्न कानुनी सजाय छ ।
नं  आमासँग यौन सम्बन्ध राखेमा आजीवन जेल सजाय हुनेछ भने छोरी वा बहिनीसँग यौन सम्बन्ध राखेमा १० वर्ष जेल सजाय हुने व्यवस्था गरिएको पाइन्छ ।
नं सातौं पुस्तासम्म रगतको सम्बन्ध रहेमा २ देखि ६ वर्षसम्मको जेल सजाय रहने व्यवस्था गरिएको पाइन्छ ।
नं१० तर यस धारामा साँस्कृतिक तथा जातीय चालचलनअनुसार गरिएको विवाहमा सजाय नहुने व्यवस्था छ ।

अडल्ट्री (Adultery)
श्रीमान् र श्रीमतीबाहेक अरुसँग राखिने यौन सम्बन्ध अडल्ट्री हो । नेपालमा यसलाई अवैध मानिन्छ । कतिपय देशमा यसलाई सामान्य र सहज मानिन्छ । यसमा विवाहित पुरुषले अरुको श्रीमतीसँग यौन सम्बन्ध राख्ने गरेको पाइन्छ । हिजोआज हाम्रो देशमा पनि अडल्ट्रीको संख्या बढ्दै गएको पाइन्छ । यो एउटा बहसको विषय बनेको छ ।

 सोडोमी (Sodomy)
यो अप्राकृतिक यौन दुर्ब्यबहार हो । यसमा प्राकृतिक रुपमा गरिने लिङ्गयोनी मैथुनभन्दा बेग्लै लिङ्गगुदद्वार मैथुन पुरुषपुरुषबीचमा गरिन्छ ।पुरुष र महिलाबीचमा यस प्रकारको यौन सम्पर्क भएमा यसलाई बुगरी (Buggery) भनिन्छ । कहिले बालबालिकाको प्रयोग भएमा यसलाई पेडेट्यास्टी(Pediastry) भन्ने गरेको पाइन्छ ।

लेस्बियानिजम(Leishbianism)
यो एक अप्राकृतिक यौन सम्पर्क हो, जसमा महिलामहिलाबीचमा यौन दुर्ब्यबहार हुने गर्दछ । जस्तो, संयुक्त रुपमा हस्तमैथुन गरिनु, निस्क्रिय (Passive) र सक्रिय (Active) सदस्य भई यौन आनन्द प्राप्त गर्नु । भङ्गाकुरको घर्षण, औंलाको प्रयोग, जिब्रोको प्रयोग तथा सेक्स टोएजहरुको प्रयोग आदि ।

बेस्टियालिटी (Bestiality)
यो एक प्रकारको अप्राकृतिक यौन सम्पर्क हो । यसमा जनावरहरुसँग यौन सम्पर्क राखिन्छ । जस्तो बाख्रा, भेडा, गाई, कुकुर आदि ।नेपालको मुलुकी ऐन पशु करणीको महलअनुसार निम्नानुसार दण्ड सजायको व्यवस्था रहेको पाइन्छ ।
नं  कसैलाई पनि जनावरहरुसँग यौन सम्पर्क गर्न र गराउन पाउने अधिकार छैन ।
नं गाईसँग करणी गरेमा २ वर्ष जेल सजाय तथा अन्य जनावरणसँग करणी गरेमा १ वर्ष जेल सजाय वा ५०० रुपैयाँ असुलउपर गरिने व्यवस्था छ ।
नं कुनै महिलाले जनावरबाट यौन सम्पर्क गराएमा १ वर्ष जेल सजाय वा ५०० रुपैयाँ असुलउपर गरिने व्यवस्था छ ।

ट्रान्सभेस्टिजम (Transvestism)
यो एक प्रकारको यौन उत्साहित हुने तरिका हो, जसमा मानिसले आफुभन्दा भिन्न लिङ्गले लगाउने कपडाहरुको प्रयोग गर्दछन् । जस्तो महिलाका कपडा पुरुषले, पुरुषका कपडा महिलाले, तर यसमा अहिले आधुनिक रुपमा प्रयोग गरिने कपडा भने पर्दैनन् । यो एक मानसिक यौन विकृति हो ।

एक्जिबिसोनिजम(Exhibitionism)
यो एक मानसिक यौन विकृति हो, जसमा व्यक्तिले बारम्बार आनो यौन अङ्ग नचिनेका, नजानेका व्यक्तिहरुलाई देखाउने गर्दछन् । कहिलेकाहीँ बाटोमा हिँड्दा यस्ता मानिसहरुको अनुभव तपाईंले पनि गर्नुभएको हुन सक्दछ । 

 भोइरिजम(Voyeurism)  
यो पनि एक प्रकारको मानसिक यौन विकृति हो, जसमा व्यक्तिले बारम्बार अरुले नुहाएको, लुगा फेरेको, यौन सम्पर्क राखेको लुकेर हेर्ने गर्दछन् । पुरुष भएमा यसलाई पिपिङ टोम भनिन्छ भने महिला भएमा यसलाई पिपिङ डोरा भनिन्छ । 

नेक्रोफिलिया(Necrophilia)
यो अत्यन्तै कडा प्रकारको मानसिक यौन विकृति हो, जसमा बिरामीले मरेको मान्छेसँग यौन सम्पर्क राखी इच्छा पूरा गर्ने गरेको पाइन्छ । 

नेक्रोफयागिया (Necrophagia)
यो पनि अत्यन्तै कडा प्रकारको मानसिक यौन विकृति हो, जसमा बिरामीले मरेको मानिसको यौनाङ्ग निकालेर खाने गर्दछ, जसबाट यौन सन्तुष्टि प्राप्त गर्दछ ।

सारांश
माथिका विभिन्न मानसिक यौन विकृतिहरु, यौन दुर्ब्यबहारहरु हाम्रो सामाजमा पाइन्छ ।
तपाईं हामीले सुनेका, भोगेका यस्ता समस्यालाई मनोवैज्ञानिक, सामाजिक, शारीरिक रुपमा सबै मिलेर समाधान गर्न सक्दछौं ।
नयाँ नेपाल यी र यस्ता समस्याबाट मुक्त होस्, हाम्रो शुभकामना ।

4. Are we ready for Viral Fever? हात नमिलाऔ, नमस्कार गरौ !! भाईरल संक्रमणको आतंकबाट बचौ र बचाऊ !!!_BY DR. SURYA B. PARAJULI, NEPAL

असार ३०,२०६९ को ब्लास्ट दैनिकमा प्रकाशित 


पृष्ठभूमि 

एस.एल.सी. परीक्षा पास गरेर कम्प्युटर इन्स्टीच्यूटमा कम्प्युटर सिक्दै गरेकी १६ वर्षे बहिनी राधिका अधिकारी (नाम परिवर्तन) मेरो उपचार केन्द्रमा आउनुभयो । उहाँलाई ज्वरो, रुघा-मर्की लागिरहेको थियो । जीउ पूरै कटकट दुखिरहेको थियो भने आलस्यपना बढेको थियो । उहाँसँग कुरा गर्दा उहाँका केही साथीहरु पनि यस्तै समस्याबाट ग्रसित भएको पाइयो । 

हजुर, हिजोआज हामी धेरैले यस्तै समस्याबाट सताइनु परेको छ । 

यो समस्या भाइरल ज्वरोको हो ।

परिचय
भाइरल ज्वरो भन्नाले शरीरमा विभिन्न प्रकारका विषाणुको संक्रमण भएर शरीरको तापक्रम बढ्ने अवस्था हो । यस्तो संक्रमणमा लक्षण तथा चिह्नहरुका आधारमा केही विषाणुको पहिचान गर्न सकिए पनि धेरै विषाणुहरुको एकैसाथ संक्रमण भएको अवस्थामा पहिचान गर्न कठिन हुने गर्दछ । संसारैभर जुनसुकै उमेर समूहका मानिसलाई पनि भाइरल ज्वरोले आक्रमण गर्न सक्दछ । साधारण प्रकारका भाइरल ज्वरोहरु  ठीक हुन्छन् तर केही चाहिँ अति खतरनाक भई मानिसको मृत्यु पनि हुन सक्छ । शरीरको प्रतिरक्षा प्रणालीको आधारमा भाइरल ज्वरोले देखाउने लक्षण, चिह्न र जोखिमहरु फरकफरक हुन सक्दछन् । 
बुभ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने ज्वरो खास कुनै रोग होइन, यो अर्को विशेष रोगको लक्षणमात्र हो तर घातक पनि हुन् सक्छ, तसर्थ समयमै जाँच गराउने गर्नु पर्दछ ।

शरीरको तापक्रममा असर पार्ने तत्वहरु

तापक्रम लिने ठाउँ,मौसम, शारीरिक व्यायाम, समय, उमेर समूह आदिले तापक्रममा असर पार्दछन तसर्थ एक चोटी नापिएको शरीरको तापक्रम सहि नहुन पनि सक्दछ /

तापक्रमका प्रकारहरु
शरीरको तापक्रमलाई यसरि वर्गीकरण गर्न सकिन्छ/
लोग्रेड फिभर ३८३९ डिग्री सेल्सीयस
मोडरेट फिभर ३९४० डिग्री सेल्सीयस
हाईग्रेड फिभर ४०४१ डिग्री सेल्सीयस
हाइपर पाइरेक्सीया ४२ डिग्री सेल्सीयस वा सोभन्दा माथिको अवस्था

कारणहरु
प्रायसः भाइरल ज्वरोको संक्रमण हावा, पानी तथा खाना र प्रत्यक्ष सम्पर्कका कारणबाट हुने गरेको पाइन्छ । अब संक्रमण विस्तारै रगत तथा लसिका प्रणालीमा पुग्दछ । भाइरसको प्रकृतिअनुसार शरीरमा संक्रमण भएको केही दिनदेखि केही हप्तामा यसका लक्षण तथा चिह्नहरु देखिन्छन् । मानिसको प्रतिरक्षा प्रणाली उसको दैनिक स्वास्थ्य गतिविधि अनुसार फरकफरक लक्षण तथा चिह्नहरु देखिन्छ ।

लक्षण तथा चिह्नहरु
शरीरमा विषाणु प्रवेश पछि विस्तारै थकान र आलस्यपन बढेर जान्छ । विस्तारै पूरै जीउ दुख्न थाल्छ । मांशपेशीहरु कटकट खान्छ र ज्वरोको शुरुआत हुन्छ । ज्वरो साधारणदेखि उच्च तापमानसम्मको आउन सक्छ । केही दिनभित्रमा नाकबाट सिँगान बग्ने, रुघामर्गीले टाउको दुख्ने, आँखा रसिलो हुने, खोकी लाग्ने, खाना निल्न गाह्रो हुने, जोर्नी दुख्ने, खोक्दा छाती दुख्ने लक्षणहरु थपिएर जान्छन् । केहीकेही भाइरल ज्वरो असामान्य प्रकृतिका भेटिन्छन्, जसमा उल्टी हुने, झाडा हुने, जन्डिस हुने गर्दछन् ।

जाचहरु
रगत, दिसा, पिसाब, एक्सरे आदिका रिपोर्टहरु प्रायः राम्रा नै हुन्छन् । यसको पहिचान गर्ने तरिका मुख्य रुपमा बिरामीसँग गरिने छलफलहरु नै हुन् तर यसो भन्दैमा के रगत, दिसा पिसाब लगायतका जाँच नगराउने हो त भन्ने प्रश्न उब्जिनु पनि स्वाभाविक हो । पक्कै पनि चिकित्सकको सल्लाहमा त्यस्ता परीक्षणहरु आवश्यक हुन्छन् । हामीले के बुभ्नुपर्दछ भने भाइरल ज्वरोले संक्रमणका बेला टाइफाइड, मेनिन्जाइटिस, औलो आदि भएको रहेछ भने साधारण तया प्रतिजैविक औषधि (एन्टीबायोटिक) को प्रयोग नगर्दा बिरामीको मृत्यु पनि हुन सक्दछ ।

ज्वरोका किसिमहरु
कन्टीनियस फिभरः हाइग्रेड फिभर लगातार आइरहने, तापक्रम तलमाथि परिवर्तन नहुने अवस्था हो, निमोनियाहरुमा यस्तो प्रकारको ज्वरो हुन्छ ।

रेमिटेन्ट फिभरः शरीरको तापक्रम सामान्यभन्दा बढेको अवस्था, जसमा दुई डिग्री फरेनहाइट तापक्रम दिन र रातमा फरक हुने गर्दछ । तथापि शरीरको सामान्य तापक्रममा भने फर्कने अवस्था रहँदैन । टाइफाइड (म्यादे ज्वरो) मा यस्तो प्रकारको ज्वरो आउँछ ।

इन्टरमिटेन्ट फिभरः शरीरको तापक्रम कहिले एक्कासी बढ्ने त कहिले सामान्यभन्दा तल झर्ने हुन्छ तर शरीरको तापक्रम दिनमा वा रातमा जुनसुकै समयमा बढ्न सक्ने हुन्छ । औलोमा यस्तो प्रकारको ज्वरो आउँदछ ।

ज्वरोका अन्य कारणहरु
टाइफाइड, ग्यास्ट्रोइन्टेराइटिस, टन्सीलाइटिस, न्युमोनिया, मध्यकानको संक्रमण, दादुरा, औलो, क्षयरोग, मेनिन्जाइटिस, पिलो तथा छालाको संक्रमण, बाथ ज्वरो, युटीआई, मृगौलाको संक्रमण, क्यान्सर औषधि तथा लागूऔषध आदिको प्रयोगहरु हुन् ।

उपचार
ज्वरोलाई सामान्य तापक्रममा ल्याउनु अति आवश्यक हुन्छ नत्र यसले मस्तिष्काघात पनि गर्न सक्छ। बिरामीले ओढ्ने ओढेको छ भने हटाइदिने, लुगाफाटा खोल्न लगाउने, चिसो पानीपट्टीको प्रयोग गर्ने, पंखाहरु चलाइदिने र उसलाई शीतल पार्न प्रयास गर्ने, आइसप्याकहरु काखी, काछ र घाँटीको पछाडि राखेर तापक्रम घटाउन सकिन्छ । ज्वरो आउने मानिसको शरीरबाट धेरै पसिना निस्कन्छ, जसले गर्दा शरीरबाट धेरै तरल पदार्थ नष्ट हुन्छ । शरीरबाट धेरै तरल पदार्थ कम हुँदा प्रणालीगत समस्याहरु देखा पर्न सक्छन् । तसर्थ, व्यक्तिलाई प्रशस्त मात्रामा चिसो झोल पदार्थहरु खुवाउनुपर्दछ । बिरामीले खान नसके नशाको माध्यमबाट तरल पदार्थ दिइन्छ ।हाम्रो गाउँसमाजमा ज्वरो आएमा भ्यालढोका थुनेर गुम्स्याएर राख्ने गरेको पाइन्छ । यस्तो गर्नु हुदैन । बिरामी बसेको कोठाका भ्यालहरु खोली हावा आवतजावत गरेको हुनु पर्दछ। बिरामीलाई ज्वरो कम गर्ने  औषधिहरु जस्तैः पारासिटामोल आदिको  प्रयोग गर्नुपर्दछ । माथि उल्लेख ज्वरोका कारण भाइरल फिभर मात्र नभई अरु पनि हुने भएकाले स्वास्थ्यकर्मीको सल्लाहमा आवश्यक जाँच गर्ने, प्रतिजैविक औषधिको प्रयोग गर्ने गर्नुपर्दछ ।आवश्यकताअनुसार बिरामीलाई सुविधासम्पन्न अस्पतालमा पठाउनुपर्ने हुन सक्छ ।भाइरल फिभरको संक्रमण हूल, भेला, स्कुल, होस्टेल आदिमा व्यापक हुनाले सकेसम्म संक्रमितलाई बेग्लै राख्नु राम्रो हुन्छ ।

उपसंहार
हात नमिलाऔ, नमस्कार गरौ !! 
भाईरल संक्रमणको आतंकबाट बचौ र बचाऊ !!!

                                      


3. मानसिक यौन अवस्थाहरु यस्ता हुन्छन BY © DR. SURYA B. PARAJULI, NEPAL

पृष्ठभूमि

हिजोआज हामीले मानसिक यौन अवस्थाहरुका धेरै घटनाहरु सुन्ने र देख्ने गरेका छौं । मानसिक यौन अवस्थाहरुका यस्ता कतिपय घटनाहरु जानेर वा नजानेर ओझेलमा परिरहेको अवस्था विद्यमान् देखिन्छ। कतिपय मानसिक यौन अवस्थाहरुका स–साना घटनाहरु गम्भीर रुपमा लिइन्छन् भने कतिपय गम्भीर घटनाहरु हल्का रुपमा लिने गरेको पाइन्छ । यी र यस्तै परिदृश्यमा आज हामी तपाईंहरु समक्ष प्रस्तुत हुँदैछौं ।

परिचय
यौन प्राणी जगत्का लागि आवश्यक प्रक्रिया हो । सन्तानोत्पादन गरी वंश विस्तारको लागि यो झन् आवश्यक हुन्छ । अझ मानिसको हकमा यौनको परिभाषा झन् विशिष्ट हुने गर्दछ । यौनावस्था उमेरसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । यौवनावस्थामा विपरीत लिङ्गप्रति आकर्षण हुनु स्वाभाविक प्रक्रिया हो । केटा वा केटीमा स्वाभाविक यौन क्रियाकलापमा परिवर्तन वा असन्तुलन हुनु र यौन क्रियाकलापसम्बन्धी मनोवैज्ञानिक उथलपुथल हुनुलाई मानसिक यौन विकृति भनिन्छ । तपाईं–हाम्रावरपर मानसिक यौन विकृतिबाट सताइएका धेरै व्यक्तिहरु हुनुहुन्छ । हाम्रो समाज अझ पनि यौनका सम्बन्धमा त्यति खुलिनसकेका कारण यस्ता समस्याको समाधानतर्फ  लाग्नुभन्दा लुकाउने गरेको पाइन्छ ।

कारणहरु
तनावपूर्ण जीवन, ज्यादै डर एवम् चिन्ता, लामो समयको शारीरिक रोग, उदासीनता, यौन शिक्षाको अभाव, यौन क्रियाकलापसम्बन्धी अज्ञानता वा अनभिज्ञता, अधिक धुमपान र मद्यपानको प्रयोग, यौनसम्बन्धी बढी जागरुक हुनु वा यससम्बन्धी नराम्रो सोच वा बानी–व्यहोरा, साथीहरुको लहैलहैमा लाग्नु, अश्लील चलचित्र र गतिविधिमा संलग्न हुनु, वेश्यावृत्ति र परपुरुष वा परस्त्रीगमन, विभिन्न औषधिहरुको लामो प्रयोग, विभिन्न दीर्घरोग जस्तोः मधुमेह आदि ।

प्रकारहरु
मुख्य रुपमा रहेका केही मानसिक यौन अवस्थाहरुका बारेका यहाँ चर्चा गर्नेछौं ।

क) यौन क्षमता नहुने समस्या (Impotence)
 व्यक्तिमा यौन इच्छा र आकांक्षा भए पनि लिङ्गको उत्तेजना नहुने अवस्था इम्पोटेन्स हो । व्यक्तिले  यौन सम्पर्क गरे पनि यौन सन्तुष्टि भने प्राप्त गर्न सक्दैन । यो पुरुषहरुमा देखिने मानसिक यौन विकृति हो । यसका धेरै कारणहरु हुन सक्दछन् । जस्तोः लिङ्गको संरचना विकृत रहनु, अण्डकोषको राम्रो विकास नहुनु, केही कारणबाट लिङ्ग काटिएको अवस्था, हाइड्रोसिल, हर्निया, फाइलारियासिस क्यान्सर आदि पर्दछन् । अझ थप कारणहरुमा दुर्घटना भई लिङ्गवरपरका अङ्गग बिग्रिनु, रक्सी, कोकेन, अफिमजस्ता लागूऔषधको प्रयोग गर्नु, पक्षघात हुनु आदि पर्दछन् । थप विशिष्ट कारणहरुमा विवाहको पहिलो रात हुने इम्पोटेन्स, अत्यधिक यौन तनाव आदि पर्दछन् ।

ख) फ्रिजिडिटी (Frigidity)
यो महिलामा हुने मानसिक यौन विकृति हो, जसमा महिलाले आप्mनो यौनसम्पर्क शुरुआत गर्न सक्दिनन् । सकिन् भने पनि पूर्णता दिन नसक्ने हुन्छ । केही मुख्य कारणहरुमा महिलालाई सानोमा यौन दुव्र्यवहार हुनु, बलात्कार हुनु, दुर्घटनामा पर्नु आदि पर्दछन् । कसैलाई यौन सम्पर्कमा रहँदा योनीमा अत्यधिक दुखाइ, पूर्ण योनी संकुचन भ्याजिर्निस्मस पनि हुन सक्छ ।

नोटः क्वादो हेन भन्ने एउटा पुरुषमा देखिने मानसिक यौन विकृति हो, जसमा ऊ आप्mनी श्रीमतीप्रति इम्पोटेन्स हुन्छ भने अरु स्त्री वा केटी, महिलाप्रति यौन सम्पर्क मज्जाले राख्न सक्दछ ।

ग) निद्रामा वीर्य स्खलन हुनु (Night Fall)
नाइट फल एक प्राकृतिक प्रक्रिया हो र यसले स्वास्थ्यमा कुनै हानी–नोक्सानी गर्दैन । वयस्क व्यक्तिमा नाइट फल हुनु एक सामान्य प्राकृतिक प्रक्रिया हो तर जनमानसमा यो नराम्रो कुरा हो भन्ने जनधारणा रहेको पाइन्छ । यौन उद्वेगबाट हुने यस्ता प्राकृतिक प्रक्रियालाइ व्यक्तिले धेरै चिन्ता र पीर लिएमा समस्याहरु उत्पन्न गर्न सक्दछ । कतिलाई नाइट फल भइरहेमा आपूm नपुंसक होइएला भन्ने डर रहेको पाइन्छ । त्यसैले यसलाई सकारात्मक रुपमा लिने बानीको विकास व्यक्ति र समाजले गर्नुपर्ने देखिन्छ ।

घ) शीघ्र वीर्य स्खलन
यौन सम्पर्कका आफ्ना चरणहरु हुन्छन् । पूर्ण यौन सन्तुष्टि पाउनु र दिनुअगावै वीर्य स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । शीघ्र वीर्य स्खलनका केही कारणहरुमा पीर, तनाव, यौन प्रक्रियाबारे अनभिज्ञता, शारीरिक थकान, मानसिक थकान, यौन साथीप्रतिको नकारात्मक धारणा, पाको उमेर, दीर्घरोग, औषधिको प्रयोग असुरक्षित वातावरण आदि पर्दछन् ।

ङ) हस्तमैथुन (Masturbation)
पुरुष वा महिलाले आफ्ना यौन अङ्गहरुलाई आँफै उत्तेजनामा ल्याएर यौन सन्तुष्टि लिनुलाई हस्तमैथुन भनिन्छ । पुरुषले आफ्ना हातले लिङ्गलाई उत्तेजित बनाएर वीर्य स्खलन गराई यौन सन्तुष्टि लिने गरेको पाइन्छ । महिलाले भने आप्mनो भङ्गाकुर खेलाई औंला योनीमा पसाएर वा लिङ्गजस्ता वस्तुको प्रयोग गरी यौन सन्तुष्टि लिने गरेको पाइन्छ ।वास्तवमा उमेर पुगेपछि हस्तमैथुन यौन सन्तुष्टिको उपयुक्त माध्यम हो तर व्यक्तिले हस्तमैथुन गरी वीर्य स्खलन भएपछि नपुंसक होइन्छ । कमजोर होइन्छ भन्ने धारणाले ग्रसित भएको पाइन्छ । हस्तमैथुन गर्ने हुँदा यो सकारात्मक छ किनकि हस्तमैथुन नगरी यौन सन्तुष्टिको लागि वेश्यालय जाने, केटी साथीहरुसँग यौन सम्पर्क राख्ने आदि गर्दा एड्स, यौनरोग लाग्ने, गर्भधारण हुने, समाजमा बेइज्जत हुनुपर्ने हुन्छ । हस्तमैथुनले हाम्रो शरीरमा कुनै पनि नकारात्मक असर पार्दैन तर तपाईंले यसलाई बढी सोच्ने र डर, चिन्ता र पीर लिएमा र जति बेला पनि हस्तमैथुन गरिराखेमा गम्भीर नकारात्मक असरहरु पनि पर्न सक्दछन् । तसर्थ, सावधान ।


उपचार प्रक्रिया
यस्ता बिरामीहरु उपचारका लागि आउँदैनन् । आए पनि अन्य शारीरिक समस्या देखाएर आउने गरेको पाइन्छ । तसर्थ, बिरामीसँग उसको मानसिक र यौन अवस्थाको पूर्ण छलफल गरी यस्ता मानसिक यौन अवस्थाहरुहरुको निराकरण गर्न सकिन्छ ।

यस्ता मानसिक यौन अवस्थाहरुहरुबारे यौन शिक्षालाई व्यापकता दिनु पर्दछ ।

यौन क्रियाहरुका बारेमा जानकारी दिनुपर्दछ । कहिलेकाहिँ औषधिको प्रयोग पनि गर्नुपर्ने हुन सक्दछ। यसका लागि चिकित्सकको परामर्श अति आवश्यक हुन्छ । विद्यालयका पाठ्यपुस्तकमा यौनसम्बन्धी कुराहरुलाई खुलस्त पार्नु पर्दछ ।


2.निर्दोष आमाको हात ( I Love MOTHER)


  बाबुको मुख हेर्ने पर्बमा म भने लागे बृदाश्रम तिर,हेर्नुस् न यि निर्दोष आमाको हातले गरिरहेका पुकार

1. WATCH, How Snake BiteS? सर्पले कसरी डस्छ, यहाँ हेरौं !! BY DR. SURYA B. PARAJULI, Nepal







© डा.सूर्य पराजुली        

सर्प डसाई
पृष्ठभूमि
सर्प दंश नेपालको तराई क्षेत्रको एउटा रोक्न सकिने प्रमुख स्वास्थ्य समस्या हो  विश्वमा करिब ५५ लाख मानिसलाई प्रत्येक वर्ष सर्पले डस्ने गर्दछ  जसमध्ये  लाख जनाले डसेकोमा अंग गुमाउने अवस्था आउँदछ  २० हजारदेखि  लाख २५ हजार जनासम्मको मृत्युहुने गरेको तथ्यांक भेटिन्छ  ३४५ जनाको प्रत्येक दिन मृत्यु भएको तथ्यांक   खासगरी उष्ण प्रदेशीय देशमा अन्न उत्पादन गर्ने किसानहरुको समस्या बनेको यो रोगलाई विश्वस्वास्थ्य संगठन ले सन् २००९ मा आएर मात्रै न्यागलेक्टेड ट्रोपिकल डिजिजको रुपमा स्थान दिएको पाइन्छ  विश्व स्वास्थ्य संगठनका अनुसारनेपालमा प्रत्येक वर्ष करिब २०,००० व्यक्तिलाई सर्पले डसेकोमा १००० भन्दा बढी व्यक्तिको मृत्यु भएको   त्यस्तै गरी प्रा.डासन्जीब शर्मा तथाउहाँको टिमले पूर्वी तराईको १० वटा अस्पतालमा गरेको अध्ययनले करिब ४०७८ जनालाई सर्पले डसेकोमा ३७९ जनालाई कडा प्रकारको विष लागेकोदेखिएको थियो त्यसैगरी चितवन तथ नवलपरासीमा देवप्रसाद पाण्डे  डाछविलाल थापाको अध्ययनले पनि सर्पको अत्याधिक डसाई रहेकोदेखाएको  ।नेपालको तराईका २६ जिल्ला सर्पदंशमा अति प्रभावित जिल्ला हुन् ।सर्पदंशका घटना चैत्रदेखि कार्तिकसम्म बढी हुन्छन्  

सर्पको प्रकारहरु
नेपालमा पाइने करिब ७७ थरीका सर्पमध्ये गोमनकरेतहरेउगनगुबालीबाधे(भाइपरलगायत २१ थरीका सर्प विषालु देखिन्छन्  तराई क्षेत्रमागोमन  करेतको विगविगी पाइन्छ भने चुरे पहाड तथा त्यसको फेदीमा हरेउ सर्प बढी देखिन्छ  पहेलो  कालो पाटा भएको गनगुबाली असाध्यै विषालुसर्प हो तर हतपत नटोक्ने हुँदा यो विष रहित भन्ने जनधारणा एकदमै गलत   धामन,ढोडिया,हरहरे बर्षायाममा देखिने सर्पहरु अविषालु हुन।

सर्पको डसाईबाट बच्ने उपायहरु
ज्यूँदो सर्प देखेमा त्यसलाई बिना औजार नचलाउने वा नाङ्गो हातले नसमाउने,
 यदि समात्नै परेमा पूर्ण सावधानीका साथ सर्प समाउने सामाग्रीको प्रयोग गर्ने 
विषालु सर्पका बच्चामा पनि मानिसलाई मार्न सक्ने पर्याप्त विषको मात्रा हुन्छ    
   त्यसैले बच्चा सर्प  हो नि भनेर हेलचेक्रयाईँ नगर्ने 
कुनैकुनै सर्पहरुले मरेको जस्तो नक्कल गर्ने हुँदा त्यसलाई पहिले लठ्ठीले चलाएर मरेको या बाँचेको
   यकिन गरी   मरेको भएमा मात्र हातमा लिई अध्ययन गर्ने 
सर्पहरु धेरै हुने वा सर्पले टोक्ने घटना बढी हुने स्थान तथा समयमा हिडडुल गर्दा घुँडासम्म आउने छाला वा
   रबरको बुट तथा बाक्लो पाइन्ट लगाउने 
रुख वा जमिनमा भएका प्वालहरुमा जथाभावी हाटखुट्टा नपसाउने 
आफ्नो घर  खेल्ने चौरको वरिपरी रहेका झाडीढुंगाफोहोर हटाउने 
राम्रोसँग हेरेर मात्र जुत्ता लगाउने 
ढुंगामुढा तथा काठहरु उचाल्दा सावधान रहने किनकी सर्पले डस्न सक्छ 
अध्यारोमा हिडडुल गर्दाघार वा गोठमा चाङ पारेर राखेका दाउरा घरभित्र लैजादा जहिलेपनि उज्यालो हुने
   गरी  टर्चलाइटबत्तीलालटीन आदिको प्रयोग गर्नेसधैं हिडिरहेको ठाउँ  हो नि भनेर हेलचेक्रयाइँ नगर्ने 
   एक अध्ययन अनुसार ७२७६ प्रतिशत विषालु सर्पका डसाईका घटनाहरु रातको समयमा पाइएको  
सर्पको आहार भ्यागुतामुसाछेपारा  चरा आदि भएकोले तिनीहरुलाई घरभित्र पस्न  बस्न नदिने 
सकेसम्म जमिनमा नसुत्ने  काठको चाङ्गगुफा तथा सिमसार नजिक जमिनमा नसुत्नेहिँडडुल
   गर्नुपरे सावधानी अपनाउने किनभने यस्ता ठाउँमा सर्प बस्न मन पराउँदछन् 
तराई वा गर्मी ठाउँतिर खाटमाथि सुतेको बखतमा पनि सर्पले डसेका घटनाहरु छन्त्यसकारण खाटलाई भित्ता
   वा झ्यालमा नछुवाईँ राख्नेराम्रो सँग झुल लगाएर सुत्न सकिन्छ   सर्पहरुसजिलैसँग पस्न नसक्ने खालका
  घर बनाउने 
कहीँ जाँदा टेन्टमा बस्नु परेमा टेन्टको ढोका राम्रोसँग बन्द गर्ने  सुत्नु अगाडि टेन्ट भित्र सर्प
   पसेनपसेको राम्रोसँग हेर्ने 
सर्पको डसाईमा गरिने प्राथमिक उपचार  प्रतिविष ९ब्क्ख्० पाइने नजिकको स्वास्थ्य संस्था बारे जानकारी राख्ने
रुखमा वा एकान्त बाटोमा सर्पहरु आराम गरिरहेका हुनसक्ने भएकोले रुख चढ्दा वा त्यस्ता खाले
  बाटोमा हिडँदा होसियार रहने 
एक्लै हिँड्दा सर्पले डस्योे भने प्राथमिक उपचार गर्न समेत असजिलो हुने भएकोले सर्पहरु धेरै पाइने स्थानहरुमा सकभर एक्लै नहिड्ने  सर्पलेडसिहाल्यो भने छिटो सर्पलाई होसियारी साथ शरीरबाट अलग पार्नेकिनकी यसक्रममा सर्पले पुन डस्न सक्छफलस्वरुप शरीरमा विषको मात्रा  असरबढी हुन्छ 
गोमनकरेत लगायतका विषालु सर्पहरु पनि कुनै बेला पानीमा बस्दछन्  त्यसैले पौड्दामाछा मार्दा वा अन्य काम गर्दा सावधान हुने  माछा मार्दाजालमा या बल्छीमा परेका सर्पहरुलाई हातले नसमात्ने 
आफ्नो क्षेत्रमा पाइने अविषालु  विषालु सर्पहरुका बारेमा पूर्ण जानकारी लिई राख्ने  सो सम्बन्धी गाइड बुक वा चेकलिष्टको अध्ययन गर्ने 
नेपालमा विषालु  अविषालु सर्पहरु तराईदेखि उच्च हिमाली भेग(करिब ४८०० मिटर उचाईसम्म पाइने हुँदा ती क्षेत्रहरुमा सर्पको डसाईबाट बच्नेउपायहरु अवलम्बन गर्न विर्सनु हुँदैन 
झुल लगाएर सुत्ने गर्नाले सुतेको बेला हुने सर्पदंश विशेष गरी करेतको डसाईबाट बच्न सकिन्छ 

सर्पको डसाईका लक्षण तथा चिन्हहरु
)सुख्खा डसाई (विष प्रवेश नगर्दा)वा अविषालु सर्पको डसाइका लक्षण तथा चिन्हहरु
सर्पको टोकाईमा अत्यन्तै डराउँदा हृदयघात भई मर्न सक्ने,
श्वासप्रश्वासको गति बढ्ने ,
हातखुट्टा झम्झाउने ,
मुटुको धड्कन कम हुँदै जाने,
रिङ्गटा लाग्ने,
छटपटी बढ्ने,
अचेत हुने 
डसेको भाग तथा त्यस बरपरका लक्षण तथा चिन्हहरु
डसेको भाग सुन्निने,
डसेको ठाउँमा विषदन्तको चिन्ह देखिने(भाइपरको डसाईमा प्रष्ट हुन्छ भने गोमन  करेतको डसाईमा देखिन वा नदेखिन सक्छ),
डसेको भाग दुख्ने,घाउ तथा रगत बग्ने ,
नीलडाम हुने वा फोका उठ्ने ,
लिम्फ ग्रन्थी सुन्निने ,
डसेको घाउमा संक्रमण हुने तथा घाउ पाक्ने ,
अंग नै कुहिने मुख्यतया भाइपर  गोमनमा देखिन्छ 
प्रारम्भिक अवस्थाका लक्षण तथा चिन्हहरु
असाध्य डराउने तथा चिन्तित हुने,
घाँटी दुख्ने,
स्वर बदलिने,
पेट पोल्ने  धमिलो देखिने ,
वाकवाकी लाग्ने,
बान्ता हुने,
सिथिल तथा कमजोर हुने,
पेट दुख्ने,
सम्पूर्ण शरीर दुख्ने,
रिंगटा लाग्ने,
न्यून रक्तचाप तथा बेहोस् हुने,
विशेष गरी भाइपर डसाईमा,
अत्याधिक रुपमा घाउबाट रगत बग्ने तथ पुराना घाउबाट समेत रगत बग्न थाल्छ ,
गोमन  करेतको डसाईमा स्नायू प्रणाली सम्बन्धी लक्षण बढी देखिन्छन् ,जसमा विरामीको स्वाद लिने  सुँध्ने शक्तिमा ह्रास आउनेबान्ता हुने,आँखाको ढकनी भारी हुने तथा चलाउन नसक्ने,स्वरमा परिवर्तन आउने अनुहारको पक्षाघात हुनेनिल्न गाह्रो हुने हुन्छ 
गम्भीर अवस्थामा देखिने लक्षण तथा चिन्हहरु 
वाकवाकबान्ता बढ्दै जाने,
रक्तचाप ज्यादै न्यून हुने,
अचेत हुने  फोक्सोमा पानी जम्ने ,
गोमन  करेतको डसाईमा स्नायू प्रणाली सम्बन्धी लक्षणहरु बढी देखिन्छन् ,
¥याल धेरै पैदा हुने ,
आँखाको ढकनी तलझर्ने,
घाँटीका मांशपेशीको पक्षाघातले गर्दा,
घाँटी भाँचिएको जस्तो हुने  मुटुको धड्कन बढ्ने हुन्छ ,
श्वासप्रश्वास प्रणाली तथा अन्य प्रणालीको मांशपेशीमा पक्षाघात हुने,
रक्तचाप ज्यादै न्यून भई विरामी अचेत भई मर्ने 

भाइपरको टोकाईमा देखिने लक्षण तथा चिन्हहरु 
गिजाआँखानाकबाट निरन्तर रक्तश्राव हुन्छ ,
खकारदिसापिसाबमा रगत देखिने ,छालामा रक्तश्राव भई निलडाम देखिने ,
मस्तिष्कका विभिन्न भागमा रक्तश्राव देखिने 

सर्पको डसाइपछि के नगर्ने
घाउलाई ब्लेडले चिर्ने  धेरै रगत बगाउने गर्दा घाउ संक्रमित हुने मात्र नभई अत्याधिक रक्तश्रावले विरामीको मृत्यु हुन सक्छ ,
घाउबाट मुखले विष चुस्ने काम कहिल्यै नगर्ने ,
धामी झाँक्रीको झारफुक तर्फ नलाग्ने ,
घाउ बरपर डोरीले कस्सिने गरी बाँधे अंग नै मर्न सक्छ ,
डाक्टरले नभनेसम्म केही खानु वा पिउनुहुँदैन ,
कुनै शारीरिक हलचल हुने काम नगर्ने ,
रक्सी सेवन नगर्ने,
प्रतिविष औषधि सुरु नगरेसम्म ब्याण्डेज नखोल्ने,
विद्युतीय झड्का दिने,
बरफको प्रयोग गर्ने काम गरी ढिलाई नगर्ने ,
घाउलाई अनावश्यकरुपमा नचलाउने 

सर्पको डसाईको प्राथमिक उपचार
तपाई हाम्रो वरपर प्रशस्त मात्रामा सर्पले डसेका घटनाहरु छन्  कति घटनाहरु तपाइ आफैले भोगेका छन् भने कतिको तपाई स्वयम् प्रत्यक्षदर्शीहुनुहुन्छ  सर्प डसाईका कारण धेरै मानिसहरुको अकालमा मृत्यु भइरहेको तथ्याङ्क हामी सँग   अविषालु सर्पले टोक्दा टोक्दै पनि  अति आत्तिएरसमेत मानिसको मृत्यु हुने गरेको पाइन्छ  कतिपय चाही सर्पको डसाई पश्चात अध्याधिक मात्रामा डोरीले लामो समयसम्म बाँध्दा हात वा खुट्टा नैकाटेर फ्याल्नु पर्ने हुन्छ  यहाँ यी दुई प्रसंगको एउटै उद्देश्य के हो भने सर्प डसाइको गलत प्राथमिक उपचार पद्धतिको कारण धेरै मानिसको अकालमामृत्यु हुने  अङ्ग नै काटेर फ्याल्नु पर्ने अवस्था  
अब हामी एक २० वर्षै महिलालाई साँझ  बजे सर्पले टोकेको कल्पना गरौं  अब के गर्ने  ? यसो गर्नुहोस् सर्वप्रथम पीडितलाई हामीले सान्त्वना दिनुपर्दछ  कहिल्यै पनि तँ मर्छेस भन्ने जस्ता कुरा पोहर पल्लो गाउँको  ठहरै भएकोरुनेकराउने आत्तिने अत्याउने गर्नु  हुँदैन  जति सक्दो चाँडोमोटरसाइकलको प्रयोग गरी नजिकैको सर्पदंश उपचार केन्द्र लान सवै तयार हुनुपर्दछ  त्यसैले सर्पदंश उपचार केन्द्रको ठेगाना  फोन आजैराख्नुहोस्  सम्भव भएसम्म अस्पताल वा सर्पदंश उपचार केन्द्रमा फोन सम्पर्क गरी विरामी ल्याउँदै गरेको जानकारी दिनु बुद्धिमानी हुन्छ  वास्तवमायसो गर्दा उपचार प्रकृयामा एकदमै सजिलो हुन्छ 
विरामीलाई कुनै खानेकुरा खान नदिईजस्तो कपडा लगाएको  त्यस्तैमा उपचारकेन्द्र तर्फ दौडाउनु पर्दछ  विरामीले लगाएको गरगहना औठीबाला,घडी आदि फुकालिदिनेकस्सिएको लुगा लगाएको  भने पनि फुकालेर खुकुलो पारी दिनु पर्दछ  बिरामी जति हलचल गर्दछ त्यति नै मांशपेशीखुम्चिँदा विषको फैलाबट बढ्ने हुनाले सकेसम्म नहल्लाई  उपचार केन्द्रमा ल्याउनु पर्दछ  विरामी कुदेर या हिडेर आउनु कदापी हुँदैन  विश्व स्वास्थ्यसंगठनले प्रमाणित गरे अनुसार प्रेसर इमोविलाईजेसन पद्धति उपयुक्त मानिन्छ  प्रेसर इमोविलाईजेसन भनेको टोकेको ठाउँ वरपर सामान्य चाप दिने टोकेको अङ्ग नहल्लाउने प्राथमिक उपचार विधि हो 

हात  खुट्टामा टोकेमा
स्लिंग  स्पिलिन्टको मद्दतले टोकेको भागलाई अचल बनाउनु पर्दछ जसले गर्दा विषको प्रसार घटाउन सकिन्छ  यस पद्धतिमा तन्किने खाले कपडा वाक्रेप बेण्डेजको प्रयोग उपयुक्त भए पनि सो नभएमा पटुकासलसाडीका टुक्रा आदिको प्रयोग गर्न सकिन्छ हात  खुट्टा मर्कदा लगाउने ब्याण्डेज जस्तैगरी कान्छी औला छिराउन मिल्ने गरी ब्याण्डेज लगाउनु पर्दछ  हात खुट्टामा ब्याण्डेज लगाउँदा औलाबाट माथितिर लगाउनु पर्छ  हातमा स्लिंग  खुट्टामा स्प्लिन्टको प्रयोग गर्नु पर्दछ                                                                                                

शरीरमा टोकेको खण्डमा
लोकल कम्प्रेसन प्याडको प्रयोग गर्नु पर्दछ  प्याडलाई सर्पले टोकेको ठाउँ माथि राख्ने  कटनको व्याण्डेजले हल्का चाप दिने गरी बाँध्ने गरिन्छ टोकेको भाग तथा शरीरलाई भरसक हल्लाउनु हुँदैन 
नोटः कृपया यी प्राथमिक उपचार पद्धति अपनाएमा धेरै हदसम्म सर्प डसाइका असरहरु तथा मृत्युहरुलाई कम गराउन सकिन्छ  धामी झाक्री लगायतविष झार्ने मन्त्र आदिको भर परेर आफू  आफ्नो परिवारलाई टुहुरो नबनाउनुहोस्  विभिन्न ठाउँमा विष झारेर मान्छे बाँच्यो भन्ने पनि सुनिन्छ तरसत्य के हो भने उसलाई विषालु सर्पले टोके पनि शरीरमा विष प्रवेश नगरेकाले  बाँचेको हो 

प्रतिबिष प्रयोग
प्रतिविष सुईको प्रयोग एकमात्र अन्तिम उपचार पद्धति हो  तर सुई कहिले  कति मात्रामाकसरी दिने कुरामा एकदम सचेत हुनुपर्दछ  नेपालमाभारतमा बनेको प्रतिविष सुई प्रयोग गरिन्छ जसले चार प्रकारका सर्प डसाईमा काम गर्दछ  ती हुन्ः
गोमन
सामान्य करेत
रसेल्स भाइपर
स्केल्ड भाइपर
विशेष लक्षणहरु रहेसम्म प्रतिविष ब्क्ख् दिइन्छ  पूर्ण लक्षण हटेपछि २४ घण्टासम्म अस्पतालमा राखिन्छ 

सर्प डसाई खानपानमा रहेको गलत धारणाहरु
पवित्राकुमारी घिमिरे (नाम परिवर्तनवर्ष २९ महिलालाई उहाँ रहनु भएको स्थान इलामको सिद्धिथुम्कामा गत असार ३१२०६८ मा रातको  बजेशौचालय जाने क्रममा कालो छिर्के सर्पले टोक्न पुग्यो  इलाममा खासै विषालु सर्प पाइदैन भन्ने सोचेर उहाँ त्यतिकै बस्नुभयो तर  रातको  बजेउहाँलाई पेट पोल्न थाल्योआँखा धमिलो हुन थाल्योआँखाको  माथिल्लो ढकनी झर्नथाले पछि आफन्तहरु विषालु सर्पको टोकाई रहेछ भनेर आत्तिदैकरिब  घण्टा पैदल बोकेर मोटरबाटो सम्म ल्याउने काम भयो  करिब  घण्टा मोटर यात्राबाट उहाँलाई चारआली को  सर्पदंश उपचार केन्द्र ल्याइयो बिहानको नौ बजिसकेको थियो उहाँलाई सर्पले डसेको पनि १२ घण्टा कटिसकेको थियो  चिकित्सक तथा प्राविधिकको टोलीले आकस्मिक रुपमा जाँचेरऔषधि सूरु गरे  उपचारको क्रममा उहाँलाई माउन्टेन करेटले टोकेको पत्ता लाग्यो जसको उपचार अत्यन्त कठिन   करिब   दिन सम्मको अथकप्रयासबाट उहाँले नयाँ जीवन प्राप्त गर्नुभयो  उपचार केन्द्रमा गरिने आवश्यक प्रकृया पूरा गरिसकेपछि उहाँलाई कहिले  आउने लगायतउहाँ साहाकारी तथा दुब्लो पातलो भएकोले घर गएर दुध लगायत फलफूल प्रशस्त सेवन गर्न सल्लाह दिइयो  उहाँले सवै कुरा पालन गर्ने भन्दै घर जानुभयो करिब  हप्ता पछि उहाँ पुनः केन्द्रमा आउँदा अत्यन्त कमजोर देखिनु हुन्थ्योनिराश देखिनु हुन्थ्यो तथा रक्तचाप कम थियो  वास्तवमा यो सर्पकोडसाई पश्चातको असर थिएन यो  केवल उहाँले दुध लगायत दालफलफूल खान नपाउनुको उपज थियो  घर पुगेपछि हामीले दिएको सल्लाहलाईस्वीकार नगरी घरका सदस्य तथा छिमेकीको कुरा सुनेर उहाँले झन्डै आफूलाई मृत्युको मुखमा पु¥याउनु भयो  टिमाई भूटानी शरणार्थी शिविरकी ७५वर्षीया धनमाया तामाङ्ग (नाम परिवर्तनलाई गत साउन २७ गते शुक्रवार सर्पले डस्यो  तत्कालै उहाँलाई चारआली सर्पदंश उपचार केनद्रमा लगियो एक रातको उपचारपछि उहाँलाई सर्पले डस्नु अगाडि जे खाना खानुहुन्थ्यो त्यही खान चिकित्सकले सल्लाह दिनुभयो तर  दिनपछि उहाँलाई भेट्दा उहाँकमजोर हुनुहुन्थ्यो  आफन्तले यी बृद्ध आमालाई दुधफलफूलदाल लगायत खानेकुरा खान बन्देज लगाए छन् त्यसैले उहाँ  थकित देखिनुहुन्थ्यो समाजमा रहेको अन्धविश्वास  के रहेछ भने सर्पले दुध खाने हुनाले सर्पले डसेको मानिसलाई दुध खुवाउनु हुँदैन रे ? चिकित्सकले दिइएको सल्लाह ठाडैअस्वीकार गरियोकिन ? किनकी समाजमा रहेको कुरीति  अन्धविश्वास एकैचोटी हटाउनु त्यति सजिलो छैन  यी  केही प्रतिनिधि उदाहरणमात्र हुन्

खानपान सम्वन्धका केही जिज्ञासाहरुको समाधान

.सर्पले दुध पिउँछ  चुस्दछ ?
धेरै मानिस सर्पले दुध पिउने विश्वास राखीसर्पलाई चिडियाखाना हेर्न जाँदा या नागपञ्चमीको दिन भाँडोमा दुध राखी दिन्छन् यता धामनसर्पले गाई,भैसी  सुत्केरीको दुध चुसेर खाने विश्वास गरिन्छ  धेरै तिर्खाएको सर्पले भाँडोमा राखिएको दुध चाट्न सक्छ तर यो सर्पको प्राकृतिक आहार होइन जहाँसम्म गाई,भैसीको खुट्टामा बेरिएर फाँचोको दुध चुस्ने कुरा कुनै पनि सर्पमा चुस्ने गुण नभएको  मुखमा लामा तिखा दाँत भएको हुनाले योसम्भव छैन  त्यसैले यो एकदम गलत जनधारणा हो  सर्पले डसेकोमा उपचार पश्चात विरामीले दुध पिउन सक्दछन्  दुध पिउँदा अझ विरामीको घाउझन् छिटो निको हुन्छ किनकी यसमा प्रशस्त पौष्टिक पदार्थ रहन्छ 

 .रक्सी खाएको वा खाने गरेको मानिसलाई सर्पले टोकेको  भने विष लाग्दैनके यो सत्य हो ?
यो असत्य होकिनकी सर्पको विषलाई रक्सीसँग तुलना गर्न मिल्दैन   रक्सीले केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ  तर यसले हाम्रो इन्द्रियहरुलाईकाम गर्नै नसक्ने गरी शिथिल बनाउँदैन तर सर्पको विषले सिधै स्नायु प्रणालीमा असर पारेर हाम्रा इन्द्रियहरुलाई शिथिल पार्दै काम गर्न नसक्ने पारेरमान्छेको मृत्यु हुन्छ  त्यसैले रक्सी खाएको वा लागेको वेलामा विषालु सर्पले टोक्यो भने विषको लक्षणसँग झुक्किन सक्ने सम्भावना हुन्छ  विषनलाग्ने भन्ने  प्रश्न नै हुदैन 

.सर्पले टोकेको व्यक्तिलाई खुर्सानी खुवाइन्छ  किन ?
के यसको कुनै उपयोगिता  ? त्यसको कुनै उपयोगिता छैन  खुर्सानी खुवाउनुको कारण त्यो मान्छेले पिरो भएको थाहा पाउँछ कि पाउँदैन भनेर हो किनभने एक खाले विषालु करेतसर्पले हाम्रो स्नायु प्रणालीमा असर गरेपछि स्वाद थाह  नपाउने बेहोसीको अवस्था श्रृजना गर्दछ  स्वाद थाह नपाउनेभनेको एकदम अन्तिम अवस्थामा मात्र हुन्छ  त्यसैले खोर्सानी खुवाउने जस्ता कार्य गरी एकछिन पनि समयलाई खेर फाल्नु हुँदैन 

.सर्पले डसेपछि बिरामीले पानी पिउन मागेमा दिन हुन्छ कि हुँदैन ?
सर्पले डसेपछि श्वासप्रश्वास प्रणालीमा पक्षघात गर्दै लैजान्छ  यदि पानी या खाना खाइयो भने उल्टी हुँदा उक्त खाना वा पानी विरामीको फोक्सोमाछिर्न सक्दछ  जसले गर्दा विरामीको तत्काल मृत्युभएको ताजा एउटा उदाहरण हामी सँग  

.सर्पले डसेको मान्छेको जुठो खायो भने अर्को व्यक्तिलाई सर्छ कि सर्दैन ?
सर्दैन 

.यदि बिहान दिनदिनै  वटा निमको पत्ता चपायो भने  महिना पछि त्यो व्यक्तिमा यस्तो प्रतिरक्षा शक्ति विकास हुन्छ कि जसलाई कुनैसर्पले डस्यो भने  आफै मर्छ   के यो सही हो ?
यो प्रमाणित भएको छैनयसमा कुनै सत्यता छैन 

.गड्यौला पिसेर खुवाउनाले सर्पले डसेको विरामी सन्चो हुन्छ भन्ने धारणा एकदम गलत हुन् 

.मह खुवाउनेडसेको ठाउँमा लगाउनेबालुवा  सस्र्यू मन्तरेर हान्ने कुराहरु पुर्णत अन्धविश्वास हुन् 

उपचारपछिका खानपानका गलत धारणा
सर्पदंश उपचार केन्द्रमा पूर्ण उपचार गरिसकेपछि जव डिस्चार्ज गरी घर पठाइन्छ तब बिरामीले आफूलाई सर्पले डस्नु अगाडि जस्तो खाना खानुहुन्थ्योत्यस्तै खाना निसन्देह खान सक्नुहुनेछ  तर धेरै बिरामीहरु दुधआलुदाल लगायतका खाना खाइदिनु हुन्न  किन भन्ने प्रश्नमा उहाँको जवाफ यस्तोभेटिन्छ  सर्पले दुध खाने हुनालेसर्पको डसेपछि  महिनासम्म दुध खानु हुँदैनआलु दाल खाँदा घाउ पाक्दछ आदियस्ता अवधारणाहरुसोचाईहरुएकदमै गलत हुन्  यिनीहरुमा कुनै सत्यता छैन  तपाई मज्जाले खान सक्नुहुनेछ 

सारांश
समग्रमा कुरा गर्दा हाम्रो समाज धेरै विकसित भइसकेको  तर समाजका शिक्षितप्रतिष्ठित व्यक्तिहरुमा यस्ता गलत धारणाहरुले जरो गाडेको दुःखदअवस्था बिद्यमान   समाज हाँक्ने अगुवाहरु समेत गलत धारणाहरुबाट ग्रसित भेटिन्छन् अनि कसरी हाम्रो समाज  हामी विकसित हुन सक्दछौ तराईमा बढ्दो गर्मी तथा बर्षादसँगै अब सर्पको विगविगी बढ्दो   तसर्थसम्पूर्ण कुराहरु अध्ययन गरेर,आजैबाट तपाई हामी सवै मिलेर अकालमृत्युबाट आफूपनि बच्नुहोस्  अरुलाई पनि बचाउनु होस् भन्दै हार्दिक अनुरोध गर्दछु 
धन्यवाद