Followers

32.सुस्त मनस्थिति (Mental Retardation)


©डा.सूर्य पराजुली                
परिचय
बालकको उमेर अनुसार गरिनु पर्ने शारीरिक, बौद्धिक एवं मानसिक क्रियाकलापहरु गर्न नसकेको बालकलाई सुस्त मनस्थिती भएको बालक भनिन्छ यो अवस्थामा मस्तिष्कको राम्ररी विकास नहुँदा, रोग वा चोटपटकवाट दिमागमा क्षति पुग्दा, बालक मन्द बुद्धिको हुनुको साथै उसको व्यवहारिकतामा पनि प्रतिकुल प्रभाव पार्दछ । सुस्त मनस्थिति (मानसिक अपाङ्गता) भएको बालकले समुदायका आफ्नै उमेर सरहका अरु बच्चाहरुको तुलनामा सीप तथा क्रियाकलापहरु  ढिलो सिक्छन् बालकको बोल्ने, हिड्ने, हाँस्ने, चल्ने, साथीहरुसँग खेल्ने खेलौनाप्रति देखाउने रुचि तथा अरुले भनेको बुझ्ने प्रक्रिया ढिलो हुन्छन्
कारणहरु
सुस्त मनस्थिति गराउने धेरै कारणहरु आजसम्म पूर्ण रुपमा पत्ता लागेको छैन केही अवस्थाहरुमा ) शिशु जन्मपूर्वका कारणहरु . गर्भवतीहुँदा आमाले पोषणयुक्त खाना खान नपाउनु वा कुपोषित गर्भवती महिलाबाट जन्मेको वच्चामा,. धेरै पटक गर्भवती हुनु, . टक्सिमिया अफ प्रिग्नेन्सी, .कष्टमय लामो प्रसब,. पाठेघरभित्र संक्रमण, . डाउन सिन्ड्रोम ,.जन्मजात टाउको ठुलो हुनु ,. टाउको सानो हुनु ,.खप्परको गम्भीर विरुपता ,१०.आमा तथा वच्चाको रगत भिन्नता हुनाले, ११. क्रेटिनिजम, १२. नातेदारसँगको विवाह ,१३. आमामा आयोडिनको कम भएमा,१४. आमाले बढी जाँड, रक्सी सेवन गर्नु ,१५. चुरोट सेवन गर्नु ) प्रसवको समयमा हुने कारणहरु . शिशु जन्मदा चोटपटक लाग्नु,. जन्मदाखेरी अक्सिजनको कमी हुनु,. विभिन्न प्रकारका संक्रमण हुनु ,. समय नपुगीकन वच्चा जन्मनु ,. लामो व्यथा लाग्नु ,. व्यथा छोटो पार्न सुइहरुको प्रयोग हुनु ) शिशु जन्मे पछिका कारणहरु . मस्तिष्कमा संक्रमण हुनु जस्तैः मेनिन्जाइटिस, सेप्टीसेमीया, इन्सेफ्लाइटिस ,. मस्तिष्कमा प्रसस्त अक्सिजन नपुग्नु ,. मस्तिष्क चोट ,. कडा जलबियोजन ,. कम तौलको शिशु ,. समयपूर्व शिशु जन्मनु ,. जन्मेको दुई मिनेटसम्म साधारण श्वास क्रिया नभएको शिशु ,. उच्च ज्वरो ,. खतरापूर्ण गर्भवती ,१०. मस्तिष्क ट्युमर ,११. मस्तिष्क रक्तचाप ,१२. जन्डिस विग्रिएको अवस्था ) सामाजिक कारणहर . धेरै पटक गर्भवती भईसकेकी आमाबाट जन्मने वच्चा ,. उमेर छिप्पिएपछि (३५४०वर्ष) विवाह भई जन्मेको वच्चा ,. आमा बुवाको उमेरमा दश वर्षभन्दा बढी फरक भएको ,. जन्मान्तरको कमी ,. पहाडी तथा हिमाली क्षेत्रमा आयोडिनयुक्त नुन खानाको अभावमा, . जन्मान्तर औषधीको व्यापक दुरुपयोग
प्रकारहरु
सुस्त मनस्थितिको प्रकार पत्ता लगाउन आई क्यू टेस्ट गर्ने गरिन्छ विश्व स्वास्थ्य संघ अनुसार यसरी वर्गीकरण गरिएको ,वोर्डरलाइन मेन्टल रिटारडेसन ६८८३ आई क्यू, माइल्स मेन्टल रिटारडेसन ५२६७ आई क्यू, मोडरेट मेन्टल रिटारडेसन ३६५१ आई क्यू, सिभियर मेन्टल रिटारडेसन २०३५ आई क्यू, प्रोफोन्ड मेन्टल रिटारडेसन  १९ आई क्यू पर्दछ
लक्षण तथा चिन्हहरु
यसका लक्षण तथा चिन्हहरु यसको प्रकार, कारण, अवरोध, सामाजिक सहजता तालीमको सुविधामा भर पर्दछ
) गम्भीर सुस्त मनस्थिती
. वालकको शारीरिक एवं मानसिक विकासमा ज्यादै ढिला भएको हुन्छ
. व्यक्तिगत सरसफाईमा ध्यान दिएको हुँदैन्
. वालक स्वयम् आफ्नु हेरबिचार गर्न सक्दैन
. समुदायका व्यक्तिहरुसंग समायोजन घुलमिल हुन सकेको हुँदैन
. जथाभावी चल्ने, कराउने, बोल्ने, तङ्ग गरिरहने, रयाल आइरहने हुन्छ
. बालकलाई पढाउन सकिएको हुँदैन तर समयमै राम्रो सहयोग पाएमा केही सिपहरु सिक्न सक्ने हुन्छ
. उमेर भएपनि व्यवहारमा केटाकेटी जस्तो देखिन्छ
. जिब्रो बाक्लो खस्रो भएको हुन्छ
. अरु व्यक्तिको सहारा चाहिएको हुन्छ
 १०. माथिका विभिन्न कारणहरुबाट बालकले आय आर्जन गर्न असमर्थ भएको हुन्छ त्यसैले परिवार समाजमा अपहेलित व्यक्तिको रुपमा रहन्छ
) मध्यम सुस्त मनस्थिति
. मानसिक विकासमा ढिलो भएको हुन्छ
. शारीरिक अपाङ्गता गम्भीर सुस्त मनस्थितिमा जति भएको हुँदैन
. केही खतराहरुबाट स्वयम् बचाउ गर्न  सक्छ
. राम्ररी मद्दत सहायता दिएको खण्डमा अक्सर आफ्नो हेरविचार आफैले गर्न सक्ने हुन्छ  समाजमा विभिन्न क्रियाकलापहरुमा सक्रिय सहभागी हुन सक्छ
. शिक्षण सिकाई ज्यादै कठिन हुन्छ, तर ज्यादै ढिला गरी मात्र सिक्ने हुन्छ
) साधारण सुस्त मनास्थिति
यस्ता वालक सामान्य वालक जस्तै देखिन्छन् कुनै लक्षण देखा नपर्न सक्छ तापनि अरु बालकको तुलनामा अलि ढिला सिक्ने हुन्छन्
उपचार
सुस्त मनस्थितिलाई कुनै पनि उपचारद्वारा निको पार्न सकिदैन तर सुस्त मनस्थिति भएको वालकलाई समयमै सहयोग तालिम दिएमा केही सीपहरु सिक्न सक्दछन् यसले अपाङ्ग वालकले आफुलाई एक योग्य व्यक्तिको रुपमा स्थापित गर्न सक्छ त्यसैले सुस्त मनस्थिति भएको वच्चालाई उसले गरेका कामलाई हौसला प्रेरणा दिई सहज जीवन वाँच्न तर्फ उन्मुख गराउनु पर्दछ अपाङ्ग बालकलाई घृणा होइन, तपाई हामी सवैको माया, सहयोग अवसर चाहिन्छ